सूचना अधिकारी तोक्न सिरहा इकाईको निर्देशन

-


     सुचनाको हक     
     माघ १२ गते २०८० मा प्रकाशित


 बिद्यालयमा सूचना अधिकारी तोकी तोकिएका सूचना अधिकारीको फ्लेक्स बोर्ड सार्वजनिक गर्न शिक्षा बिकास तथा समन्वय इकाई सिरहाले निर्देशन जारी गरेको छ।                     इकाई प्रमुख शसिकुमार यादवले , सवै प्रकारका बिद्यालय ( सामुदायिक , संस्थागत  तथा नीजि ) को नांउमा परिपत्र जारी गर्दै,  प्रधानाध्यापक मुनिका दोस्रो वा तेस्रो बरियताका शिक्षकलाई  मात्र सूचना अधिकारी तोक्न , फ्लेक्सबोर्डमा  सूचना अधिकारीको नीजि  इमेल ठेगाना र मोबाइल नम्बर नराख्न  र सूचना मांगकर्तालाई बीना शर्त सूचना उपलब्ध गराउन निर्देशन जारी गरेको हो ।      सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ६ मा सार्वजनिक निकायले आफ्नो कार्यालयमा रहेको सूचना प्रवाह गर्ने प्रयोजनका लागी सूचना अधिकारीको ब्यवस्था गर्नुपर्ने  कानूनी ब्यवस्थालाई प्रचलन गराउन इकाई प्रमुखबाट यस्तो निर्देशन जारी भएको इकाईका सूचना अधिकारी जयराम यादवले बताउनुभयो।

सामुदायिक ,नीजि तथा धार्मिक बिद्यालयहरु सवै

बिषय :– सूचना अधिकारी तोकी जानकारी गराउने सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा , हरेक सार्वजनिक निकायले सूचना अधिकारी तोकी तोकिएका सूचना अधिकारीको फ्लेक्स बोर्ड राख्नुपर्ने सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा भएको कानूनी ब्यवस्था बमोजिम सिरहा जिल्लाका सम्पूर्ण सामुदायिक ,नीजि तथा धार्मिक बिद्यालयहरुले निम्न बमोजिमको ब्यवस्था गरी सूचना अधिकारीको फ्लेक्स बोर्डको फोटो प्रमाणित सहित ७ दिनभित्र जानकारी गराउनुहुन अनुरोध छ । अनुगमनको क्रममा सूचना अधिकारी तोकिएको र फ्लेक्स बोर्ड राखिएको नपाइएमा कानून बमोजिम कार्वाही भइ जाने ब्यहोरा अनुरोध छ । तपसिल ( १) प्रधानाध्यापक मुनिका दोस्रो अथवा तेस्रो बरियताका शिक्षकलाई सूचना अधिकारी तोक्ने। (२) तोकिएका सूचना अधिकारीको फ्लेक्स बोर्ड राख्ने । फ्लेक्स बोर्डमा बिद्यालयको नाउमा बनाइएको इमेल र सम्पर्क न . राख्ने । (३) प्रत्येक बिद्यालयले सामाजिक संजाल मार्फत हरेक गतिविधि सार्वजनिक गर्ने। (४) सूचना मांगकर्ताले सूचना मांग गरेपछि बीना शर्त सूचना उपलब्ध गराउने ।