लोकतन्त्र र संविधान

-


     सुचनाको हक     
     फागुन १० गते २०८० मा प्रकाशित


लोकतन्त्र (Democracy)
लोकतन्त्र देशको शासन ब्यवस्थामा जनता आफै वा आफ्नो प्रतिनिधि मार्फत सहभागी
हुने र निर्णय गर्न पाउने अधिकार सहितको शासन ब्यवस्था हो । लोकतन्त्रमा जनताले
लेख्ने, बोल्ने, छाप्ने, सभा संगठन गर्न पाउने, पार्टी खोल्ने र त्यसमा सहभागी हुन पाउने,
प्रतिनिधि चयन गर्न र सरकार बनाउन पाउने जस्ता नागरिक तथा राजनीतिक अधिकार
हुन्छन् । जनतालाई यति धेरै अधिकार प्राप्त हुने भएकोले सबैले लोकतन्त्रलाई राम्रो
शासन प्रणाली मान्दछन्। त्यसैले नेपालमा पनि नेपाली जनताले आफ्नो लोकतान्त्रिक
अधिकारलाई सुनिश्चित गर्न आन्दोलन मार्फत आफ्नो अभिमत प्रकट गर्दै लोकतन्त्रको
संस्थागत बिकास र सम्बर्दनमा प्रत्यक्ष भूमिका खेल्दै आएका छन्।
अर्को शब्दमा, लोकतन्त्र जनताद्वारा जनताकै निमित्त जनताले शासन गर्ने व्यवस्था हो ।
लोकतन्त्र मानव स्वतन्त्रताको संरक्षण गर्ने सिद्धान्त पनि होर यसले स्वतन्त्रतालाई
संस्थागत गर्न सहयोग गर्दछ । लोकतन्त्रमा बहुमतका सम्मान गर्दै अल्पसंख्यकहरूको
मौलिक अधिकारको संरक्षण समेत हुन्छ ।


लोकतन्त्र बहुलतामा आधारित एवम् विविधतायुक्त
हुन्छ । लोकतन्त्रले आवधिक रूपमा स्वतन्त्र तथा
निष्पक्ष निर्वाचनको माध्यमबाट सबै नागरिकलाई
शासन व्यवस्थामा सहभागी हुने मौका प्रदान गर्दछ ।
सबै जनता एकै पटक सरकारमा सहभागी भई शासन
आफै चलाउन संभव हुँदैन । त्यसैले जनताले
निर्वाचन (चुनाव) को माध्यमबाट आफ्ना प्रतिनिधिहरू
छनौट गरी लोकतान्त्रिक सरकार स्थापित गरी
मुलुकको शासन सञ्चालनमा सहभागी हुन्छन् ।
लोकतन्त्रमा विभिन्न राजनीतिक दल तथा
उम्मेदवारबीच स्वच्छ र स्वतन्त्र प्रतिस्पर्धा हुन्छ साथै
जनताको फरक/फरक अभिमत र फरक/फरक राजनीतिक दलको छनौट र संगठन
को सुनिश्चितता पनि हुन्छ ।
लोकतन्त्रमा केही सिद्धान्तहरु अपरिहार्य मानिन्छन् । सबै जनता समान हुन्छन् र
उनीहरुको स्वतन्त्रताको अधिकार सुनिश्चित हुनुपर्छ । सरकारलाई जनताप्रति
उत्तरदायी बनाउन आवधिक निर्वाचन हुनु अनिवार्य छ । आवधिक निर्वाचनले सरकार एवं
राजनीतिक दललाई समय समयमा जनमतको कसीमा आफूलाई योग्य प्रमाणित
गराउनु पर्ने अवस्था सृजना गर्छ ।


१.१.१ लोकतन्त्रका मूलभूत मूल्य मान्यताहरु
लोकतन्त्रलाई परिभाषाले मात्र अर्थ्याउन सकिन्न । लोकतन्त्रले अंगाल्ने
मूल्यमान्यताले लोकतन्त्रको चरित्रलाई दर्शाउँछ ।
सर्वहिताय (साझा हित) : सबै नागरिकहरुले समुदायको हितका लागि काम
गर्छन्।
सत्यता: सरकारले नागरिकलाई ढाँट्दैन र सही सूचना सम्प्रेषण गर्छ भन्ने
विश्वास सबैलाई हुन्छ ।
समानता : सबैलाई समान अधिकार, भूमिका, अवसर र उन्मुक्तिको अवस्था
हुन्छ ।
कानुनको शासन: लोकतन्त्रमा व्यक्तिबाट होइन कानुन बमोजिम शासन
व्यवस्था सञ्चालन हुन्छ ।
न्याय : कानुनले सबैलाई समान र निष्पक्ष अधिकार प्रदान गरेको हुन्छ ।
विविधता : विविधतालाई सवैले आत्मादेखि स्वीकार्दछन् । संस्कृति, भेषभुषा,
भाषा, धर्म आदिलाई शक्तिको रुपमा ग्रहण गरिन्छ ।
बाच्न पाउने अवस्था : सरकार वा अन्य कसैबाट कुनै प्रकारको भय, हिंसा वा
मृत्युको त्रास नभएको जीवन बाँच्न पाउने अवस्था हुन्छ ।
स्वतन्त्रता : सरकारबाट कुनै प्रकारको दवाव नहुने, नागरिकले स्वतन्त्रपूर्वक
सोच्न, काम गर्न र व्यवहार गर्न पाउने अवस्था हुन्छ ।
खुशीको खोजी गर्न पाउने : अरुको अधिकार हनन नगरी आफ्नै तरिकाले
आफ्नो खुशी खोज्न पाउने अधिकार हुन्छ ।
लोकप्रिय सार्वभौमसत्ता : सबै सरकारी शक्तिको स्रोत जनता हुन् भन्ने मान्यता
स्थापित भएको हुन्छ ।
देशभक्ति : जनताले देश र देशले अंगालेका मूल्य र मान्यताप्रति समर्पण र श्रद्धा
व्यक्त गर्दछन्।
यस्ता मूल्यमान्यताहरु देश, राजनीतिक दल तथा राजनीतिक दलले अंगाल्ने
राजनीतिक दर्शनले पनि फरक पर्न सक्छन्।


१.१.२ लोकतन्त्रका किसिम
(क) प्रत्यक्ष लोकतन्त्र
(ख) अप्रत्यक्ष लोकतन्त्र
(क) प्रत्यक्ष लोकतन्त्र
प्रत्यक्ष लोकतन्त्र शासनको त्यस्तो
स्वरूप हो जहाँ प्रतिनिधि मार्फत्
निर्णय गराउँनु भन्दा पनि जनताले
आफ्ना लागि वा आफ्ना चासोका
विषयमा आफैं निर्णय गर्दछन् ।
प्रत्यक्ष लोकतन्त्रलाई अर्काे शब्दमा
स्वच्छ लोकतन्त्र वा वास्तविक
लोकतन्त्र भनिन्छ । कहिलेकाहिँ
राष्ट्रिय महत्वका मुद्दा (विषय) मा
छिनोफानो गर्नका लागि जनमत
सङग्रह पनि गर्ने
गरिन्छ। तर यसको प्रयोग सँधै गरिँदैन । उदाहरणका लागि बि सं २०३७ सालमा
नेपालमा बहुदलीय व्यवस्था कि निर्दलीय व्यवस्थाको माध्यमबाट शासन गर्ने भन्ने
विषयमा जनमत सङग्रह गरिएको थियो ।
प्रत्यक्ष लोकतन्त्रका केही फाइदा तथा वेफाइदाहरु निम्नानुसार छन्ः–
फाइदाहरू :
सबै खाले जनमत प्रत्यक्ष रुपमा उजागर हुन्छन्।
जनतामा अधिकार निहित गर्दछ र निर्णयमा व्यक्तिलाई जिम्मेवार
तुल्याउँछ ।
शक्ति सन्तुलनलाई कायम गर्दछ ।
समुदायलाई शासन व्यवस्थामा सहभागी हुन प्रेरित गर्छ ।


लोकतन्त्रका किसिम
(क) प्रत्यक्ष लोकतन्त्र
(ख) अप्रत्यक्ष लोकतन्त्र
सामाजिक शिक्षकका लागि निर्वाचन शिक्षा स्रोत पुस्तिका ड
अझ राम्रा कानुन बनाउनका लागि सहयोग गर्दछ ।
राजतनीतिकर्मीहरूलाई जनताका इच्छा र चाहनाको कदर गर्दै सो
अनुरूप काम गर्नुपर्ने वाध्यता सिर्जना गर्दछ ।
बेफाइदाहरू :
बढी खर्चिलो हुन्छ ।
हरेक मुद्दामा जनमत सङग्रह गर्नुपर्ने माग उठ्दै जान सक्छ ।
केही व्यक्तिहरुले अन्य व्यक्तिभन्दा राजनीतिक रूपमा बढी
क्रियाशील भई प्रभाव पार्न सक्छन्।
(ख) अप्रत्यक्ष लोकतन्त्र
साधारणतया सबै जनता सरकारमा सहभागी भई शासन आफै चलाउन संभव
हुँदैन । यस्तो अवस्थामा जनताले निर्वाचनको माध्यमबाट आफ्ना प्रतिनिधि छनौट
गरी शासन व्यवस्थामा सहभागिता जनाउँछन् । अप्रत्यक्ष लोकतन्त्रलाई
प्रतिनिधिमूलक लोकतन्त्र पनि भनिन्छ ।
अप्रत्यक्ष लोकतन्त्र अन्तर्गत निर्वाचित भएका जनप्रतिनिधिहरूलाई सामान्यतया
स्वतन्त्र रूपमा निर्णय गर्न पाउने अधिकार हुन्छ । उनीहरूले गरेको निर्णयप्रति
जनतालाई चित्त नबुझेको अवस्थामा जनताले आगामी निर्वाचनबाट उनीहरूलाई
विस्थापित गर्न गराउन वा हटाउन सक्दछन्। प्रत्याह्वान को व्यवस्था
गरिएकोमा भने बिचमा पनि त्यस्ता प्रतिनिधिहरुलाई फिर्ता बोलाउन सकिन्छ
।अप्रत्यक्ष लोकतन्त्रको उदाहरण भनेको विधायिका/संसद हो । संसदीय
व्यवस्थामा विधायिकाबाट सरकार निर्माण हुन्छ । संसदबाट भएका निर्णयहरूमा
सांसदहरू मार्फत्जनताको प्रतिनिधित्व भएको मानिन्छ । ती जनप्रतिनिधिले सबै
जनताको तर्फबाट निर्णय गर्ने मान्यता राखिएको हुन्छ ।
हाल विश्वका धेरै राष्ट्रहरूले अप्रत्यक्ष लोकतन्त्रलाई नै अंगालेको पाइन्छ ।
नेपालका प्रतिनिधिसभा, व्यवस्थापिका संसद, संविधानसभा तथा संयुक्त राज्य
अमेरिकाको सिनेटलाई यस्तो लोकतन्त्रको उदाहरणको रूपमा लिन सकिन्छ ।
फाइदाहरु :
कम खर्चिलो हुन्छ ।
मतदाताहरु र जनप्रतिनिधिहरुवीच सीधा सम्पर्क भई आ–आफ्नो
कुराको सुनुवाई गर्ने अवसर प्राप्त हुन्छ ।
क) स्वतन्त्र एवम् निष्पक्ष आवधिक निर्वाचनः– स्वतन्त्र, संवैधानिक निर्वाचन व्यवस्थापन गर्ने
निकायले स्वतन्त्र र निष्पक्ष रुपमा निर्धारित समयमा सञ्चालन हुने निर्वाचन पद्धति ।
ख) शान्तिपूर्ण तरिकाबाट सरकारको निर्माण तथा परिवर्तनः– आवधिक निर्वाचन मार्फत
जनमतका आधारमा सरकार चयन हुने व्यवस्था ।
ग) आधारभूत मानव अधिकारको संरक्षण र सम्बद्र्धनः– विश्वव्यापी मानव अधिकारका
आधारभूत सिद्धान्त बमोजिमका अधिकारको संरक्षण र सम्बद्र्धन जोड दिइएको ।
घ) शक्ति पृथकीकरण र सन्तुलनको समूचित व्यवस्थाः– सरकारका तीन अङ्गहरुको अधिकार र
कर्तव्य स्पष्ट पारिएको तथा आपसी शक्ति सन्तुलनको उचित व्यवस्था भएको ।
ङ) बालिग मताधिकारः– संविधानले तोकेको उमेर पुगेका नेपाली नागरिक लाई मताधिकारको
व्यवस्था ।
च) कानुनी शासनः– कानूनको दृष्टीमा सबै समान, कानून भन्दा माथि कोही नहुने व्यवस्था ।
छ) सूचनाको अधिकारः– सार्वजनिक महत्व र चासोका विषयमा व्यक्तिलाई सूचना माग्ने र पाउने
अधिकार तोकिएको ।
ज) दलीय पद्धति/बहुदलीयताः– दलीय आधारमा राजनीतिक क्रियाकलाप सञ्चालन हुने, निर्वाचन
हुने र सरकार गठन हुने संसदीय शासन प्रणाली ।
जनप्रतिनिधिले निर्वाचनको समयमा मतदाताहरुसँग गरेको वाचाको
आधारमा निर्णय लिन्छन्।
प्रतिनिधि सहितको संसदीय सरकारको निर्माण हुन्छ ।


बेफाइदाहरु :
जन प्रतिनिधिहरु व्यक्तिगत र दलगत स्वार्थमा फस्न सक्दछन्।
जनप्रतिनिधिहरुले जनताको ईच्छा अनुसार काम नगरेमा पनि
जनताबाट उनीहरुलाई नियन्त्रण गर्न कठिन हुन्छ ।
१.१.३ लोकतन्त्रका आधारभूत विशेषताहरू
लोकतन्त्र जनतामा आधारित शासन प्रणाली हो । जनताको इच्छाको सर्वोपरिता
लोकतन्त्रको मूलभूत विशेषता हो । लोकतन्त्रको प्रयोग देश अनुसार फरक फरक हुन
सक्छ ।

मूलभूत रूपमा लोकतन्त्रका आधारभूत विशेषताहरुलाई देहायवमोजिम उल्लेख
गर्न सकिन्छ :

क) स्वतन्त्र एवम् निष्पक्ष आवधिक निर्वाचनः– स्वतन्त्र, संवैधानिक निर्वाचन व्यवस्थापन गर्ने
निकायले स्वतन्त्र र निष्पक्ष रुपमा निर्धारित समयमा सञ्चालन हुने निर्वाचन पद्धति ।
ख) शान्तिपूर्ण तरिकाबाट सरकारको निर्माण तथा परिवर्तनः– आवधिक निर्वाचन मार्फत
जनमतका आधारमा सरकार चयन हुने व्यवस्था ।
ग) आधारभूत मानव अधिकारको संरक्षण र सम्बद्र्धनः– विश्वव्यापी मानव अधिकारका
आधारभूत सिद्धान्त बमोजिमका अधिकारको संरक्षण र सम्बद्र्धन जोड दिइएको ।
घ) शक्ति पृथकीकरण र सन्तुलनको समूचित व्यवस्थाः– सरकारका तीन अङ्गहरुको अधिकार र
कर्तव्य स्पष्ट पारिएको तथा आपसी शक्ति सन्तुलनको उचित व्यवस्था भएको ।
ङ) बालिग मताधिकारः– संविधानले तोकेको उमेर पुगेका नेपाली नागरिक लाई मताधिकारको
व्यवस्था ।
च) कानुनी शासनः– कानूनको दृष्टीमा सबै समान, कानून भन्दा माथि कोही नहुने व्यवस्था ।
छ) सूचनाको अधिकारः– सार्वजनिक महत्व र चासोका विषयमा व्यक्तिलाई सूचना माग्ने र पाउने
अधिकार तोकिएको ।
ज) दलीय पद्धति/बहुदलीयताः– दलीय आधारमा राजनीतिक क्रियाकलाप सञ्चालन हुने, निर्वाचन
हुने र सरकार गठन हुने संसदीय शासन प्रणाली ।