शक्ति केन्द्रमा भएमा सरकारी ढुकुटीबाट व्यक्तिगत रुपमा लाखौ रुपैयाँ खर्च गर्दा पनि सो बारे अनुसन्धान र कारबाही गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बस्ने गरेको प्रमाण फेला परेको छ । बालुवाटारमा स्रोत नखुलेको सम्पत्ति लगाई १२ करोड रुपैयाँमा घर किनेर विवादमा परेका सचिव महेश्वर न्यौपाने र उपाध्यक्ष चन्द्र रिजालले अहिले बोर्डको पैसा आफुखुशी खर्च गर्दै आएको बिषय बाहिरिएको छ ।
रिजाल बोर्डका उपाध्यक्ष समेत भएकाले र शक्तिकेन्द्रमै रहेकाले गैरकानुनी रुपमा बोर्डको पैसाबाट व्यक्तिले विदेश भ्रमण गरेको अनुभबलाई किताव छाप्न निकासा गरेसंगै विवाद उत्पन्न हुन पुगेको छ । तत्कालीन संस्कृति, पर्यटन तथा उडड्यनमन्त्री भानुभक्त ढकालको पालामा एमालेको कोटामा उपाध्यक्ष बनेका रिजालले बोर्डको रकम दुरुपयोग गरेर आफ्नै ससुरालाई किताब छपाई गर्न लाखौ रुपैयाँ दिएको बिषयले अहिले बजार तातेको छ ।
बोर्डका उपाध्यक्ष रिजालले ससुरा त्रिलोचन ढकाललाई ‘युरोपमा नेपाली’ शीर्षकको यात्रा अनुभूति लेख्न लगाई सो किताव छपाईको खर्च भने बोर्डबाट व्यहोरिएपनि उनीमाथी कारबाही भने केही हुन सकेको छैन । यो बिषय कानुन संग मात्र सम्बन्धित नरहेर नैतिकता संग पनि सम्बन्धित रहेको बिषय जानकार बताउछन । कितावको प्रकाशक नेपाल पर्यटन बोर्ड रहेको छ । तत्कालिन समयमा रिजालका ससुराको किताबको पैसा नदिएपछि उपाध्यक्ष रिजाल र कार्यकारी अधिकृत रेग्मीबीच विवाद समेत भएको थियो । पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपाने पनि विवादित व्यक्ति हुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव रहेका बेला २२ रोपनी जग्गा आफ्नो भाञ्जाको नाममा किनेको भन्दै शक्ति र पदको दुरुपयोग गरेको भनि समाचार हरु सार्वजनिक भएको थियो । भृकुटीमण्डपस्थित पर्यटन बोर्डको भबनलाई समेत उपाध्यक्ष रिजालले दलको सम्पर्क कार्यालय झै प्रयोग गर्दै आएका छन् । एमालेको केन्द्रीय सदस्य बन्न निकै दौडधुप गरेका रिजाल पछिल्लो समयमा केन्द्रीय सदस्य बन्न भने सकेनन ।
टान र हानमा रहेका बेला भ्रष्टाचार, अनियमितता र मानव तस्करी गरेको भनेर गम्भीर आरोप लागेपछि रिजाललाई एमालेको केन्द्रीय सदस्य बनाउन नहुने भन्दै विरोध भएपछि उनलाई पछिल्लो समयमा हटाइएको थियो । २०७२ देखि २०७४ सम्म रिजाल टानको अध्यक्ष रहेका थिए । सोही कार्यकालमा निमा न्वाङ शेर्पा सदस्य थिए ।
शेर्पा अहिले बोर्डको सदस्य रहेका छन् । शेर्पा छानविन समितिको सदस्य छन् । रिजालसँगै शेर्पा पनि भ्रष्टाचार र मानव तस्करीमा लागेको आरोप बोर्डकै सदस्यहरुले लगाएका छन । उनीहरूका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति र सार्वजनिक लेखा समिति, महालेखा परीक्षकलगायतमा उजुरी परे पनि सो बारे अनुसन्धान भने भएको छैन ।
टानको अध्यक्ष रहेका बेला रिजालले पर्यटन बोर्डको रकमको बेरुजु फरफारक नगरेपछि कारोबार नगर्न भनेर निर्देशन नै भएको थियो । पर्यटन बोर्डबाट टानले रिजाल टानको अध्यक्ष र शेर्पा सदस्य रहेका बेला सबैभन्दा धेरै रकम लगेको आन्तरिक लेखा परीक्षणमा उल्लेख गरिएको छ । रिजाल र शेर्पाले १ करोड ५०लाखभन्दा बढी रकम बेरुजु गरेको पर्यटन बोर्डमा उल्लेख छ भनि उनीहरुमाथि गम्भिर आरोप लागेको छ ।
लेखा परीक्षणका क्रममा रिजालले विल बिनानै लाखौ रुपैयाँ अपचलन गरेको समेत खुलेको छ। एमालेका नेता समेत रहेका रिजाल हानमा बसेका बेला राजनीतिक हिसावले संस्थालाई विवादित बनाएको आरोप लागेको छ । टानमा आर्थिक अनियमितता गरेको आरोप खेप्दै आएका रिजाल अन्य बिभिन्न बिषयमा समेत बिबादित रहदै आएका पात्र हुन्