राज्यलाई नै चुनौती दिँदै चौधरी ग्रुपले कर छली गरेको समाचार हरु आर टि आइ साप्ताहिक र तिब्र खबर हरुले प्रकाशन प्रसारण गरिरहेका छन जुन सबैलाई सर्बबिदितै छ । येस्तै हुण्डाईको नेपालकालागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्ट प्रालिले आफुखुशी मुल्य निर्धारण गरेर उपभोक्तामाथी लुटधन्दा चलाउदै आएको छ । भने अर्कोतर्फ सरकारी ढुकुटीमा जम्मा गर्नुपर्ने कर राजश्व समेत छली गर्दै राज्यबाट लिने अनुदान भने लिदै आएको पाइएको छ ।
गत वर्षको बजेट सार्वजनिक हुनुभन्दा अधि नै नेपाल भित्राएका २ सयभन्दा बढी विद्युतिय गाडीलाई भन्सार दर बृद्धि भएको भन्दै प्रति गाडी २० लाख रुपैयाँ सम्म मुल्य बढाएर बिक्री गरि ग्राहक ठगी गर्दै आएको समेत उनी निकट व्यवसायीले बताएका छन् । उनले पुरानै हुण्डाईको क्रेटा गाडी नयाँ भनेर ग्राहकलाई झुक्याउदै १५ लाख रुपैयाँभन्दा बढी मुल्य निर्धारण गरेर समेत बिक्री गरेको भेटिएको छ ।
यस बारेमा यातायात विभागमा उजुरी समेत परेको भएपनि विभागबाट हालसम्म कुनै कारबाही नभएको दुःखेशो पीडित उपभोक्ताले गरेका छन् । विद्यमान ऐन अनुसार उपत्यका बाहिर दुर्गम जिल्लाको हकमा २० प्रतिशत र सुगम जिल्लाको हकमा २० प्रतिशतभन्दा कममा बिक्री गर्न पाउने व्यवस्था गरिएको भएपनि सो कम्पनीले भने सो ऐनलाई लत्याउदै एउटै गाडीमा ५० प्रतिशतभन्दा बढी नाफा लिएर गाडी बेच्दै आएको आरोप समेत लागेको छ । एस्तो कारोबार कालोबजारी ऐन अन्तर्गत पर्ने कानुन बिज्ञ हरु बताउछन
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले स्टाफ खर्च, अफिसको भाडादेखि उनले होटलमा गर्ने व्यक्तिगत खर्च समेत सबै गाडीमै जोडेर चर्को मुल्यमा गाडी बिक्री गरिदै आएको सो कम्पनीका एक कर्मचारीले पत्रकारको भेटमा नाम गोप्य राख्ने सर्तमा बताए । नेपालमा विगत लामो समयदेखि हुण्डाई गाडी बिक्री वितरण गर्दै आएको लक्ष्मी इन्टरकन्टिनेन्ट प्रालिले हुण्डाई अटो मोबाइल नेपालले आफ्ना ग्राहकहरुलाई गाडी बिक्री गरेपछि दिइने सेवा र सुविधामा समेत ठगी गर्दै आएको आरोप लागेको छ ।
पोखराका व्यवसायी आजाद श्रेष्ठका भतिजद्वय अञ्जन श्रेष्ठ र निराकर श्रेष्ठले समाल्दै आएको लक्ष्मी इन्टरकन्टिनेन्टलले गाडी बिक्री गदै आएका गाडी समेत मापदण्ड विपरितको रहेको चर्चा अहिले चलिरहेको छ । नयाँ गाडी खरिद गरेको ५ महिना पछि गाडीमा चर्को आवाज आउने इन्जिनबाट कालो धुवा आउनेलगायत् विभिन्न असुविधा हुने गरेका हुण्डाई गाडी खरिदकर्ताले बताएका छन् ।
नयाँ गाडीमै समस्या देखिएपछि ग्यारेन्टी र वारेन्टी भएपनि समयमै सेवा नदिने फोन नउठाउने र ग्राहकलाई उल्टै धम्की दिने काम कम्पनीका प्रमुख अञ्जन श्रेष्ठले भाडामा केही कर्मचारी समेत भर्ति गरी अबैध धन्दा चलाउदै आएको आरोप समेत लागेको छ । नाडाका पुर्वअध्यक्ष अञ्जन श्रेष्ठले सोही संस्थाको आँडमा सो अबैध हर्कतहरु गर्दै आएको आरोप लागेको छ ।
सो सम्बन्धमा पटकपटक श्रेष्ठलाई सम्र्पक गर्दा उनले फोन रिसिभ नगर्ने गरेको आरोप समेत पत्रकार हरुले लगाउने गरेका छन् । उनले यसरी मापदण्ड विपरितको गाडीको अत्याधिक मात्रामा नेपालीहरुको चार्डपर्व दशैं तिहार र नयाँ वर्षमा ‘अफर’ को नाममा बेच्ने गरेको समेत सो कम्पनीका कर्मचारीको भनाई रहेको छ । मंहगोमा गाडी बिक्री गरि केही छुट दिएको देखाउदै आएको लक्ष्मी इन्टरकन्टिनेन्टल माथी कर छली गरेको उजुरी समेत कर कार्यालयमा पुगेपनि सो उजुरीमाथी कुनै कारबाही अगाडी नबढेको एक उजुरी कर्ताले बताए ।
विद्युतिय गाडीमा चर्को कर लगाएको भन्दै सरकारको चर्को विरोध गर्दै आएका नाडाका पूर्व अध्यक्ष श्रेष्ठ माथी राज्यले कर छलीमा भने छानवीन गर्ने आँट गरेको छैन । गाडीको पुरस्कार राख्ने अनि आफ्नै नजिकको ग्राहकलाई पुरस्कार दिएर भ्रामक प्रचार समेत गर्दै ठगीधन्दा चलाउदै आएको समेत आरोप उनीमाथि लागेको छ ।
यसरी शक्ति केन्द्रकै आँडमा श्रेष्ठले अबैधधन्दा चलाउदै आएपनि सरकारी निकायबाट अनुसन्धान र अनुगमन नगरिदाँ उनको सो कृयाकलापले उग्ररुप लिएको छ भने अर्कोतर्फ सरकारी ढुकुटीमा बुझाउनु पर्ने राजश्व, कर, आयकर र मुल्यअभिबृद्धि कर (भ्याट) समेत करोडौ रुपैयाँ छली गर्दै आएको भन्दै परेको उजुरीमाथी समेत छानविन नहुनुले सरकारी कर्मचारीमाथी पनि शंका उत्पन्न भएको पीडित पक्षको भनाई रहेको छ । येसरी नै उनि अगाडी बढ्दै गए भने नेपालमा अब फेर अर्को अरबपति उदाउने निश्चित छ । चौधरी ग्रुपलाइ समेत उछिन्ने गरि उनले कसरि अबैध धन्दाको सेटिंग मिलाउन सफल भए भन्ने कुरा अहिले पत्रकारको चिया गफ मा बहस हुने गरेको छ ।