नेपालको राजनीति पैसामुखी हुँदै गएपछि चुनाब मा इमान्दार कार्यकर्ता भन्दा पनि पैसा वाला र पैसा खर्च गर्न सक्नेहरुको पहुँचमा राजनैतिक पद पुगेको छ । अझ बिशेस गरि ठेक्का पट्टामा लागेकाहरु र गुण्डागर्दी गरेर अकुत सम्पति कमाएकाहरु अहिले एकाएक जनप्रतिनिधिको रुपमा उदाएका छन् । राजनीतिमा प्रवेश गरेर सुरक्षित भइन्छ भन्नेहरुलाई अख्तियारले झट्का दिन शुरु गरेको छ । स्थानीय जनप्रतिनिधिहरुलाइ भ्रस्टाचार मुद्दामा प्रक्रिया अगाडी बढाएर अख्तियारले नागरिकको मन जितेको छ ।
जिल्ला महोत्तरी सहोडवा गा.वि.स. वडा नं. ६ को हाल पिपरा गाउँपालिका वडा नं. ५ मा पर्ने सुब्बा पोखरीको तत्कालीन सहोडवा गा.वि.स.को कार्यालयले मिति २०७१ साल भाद्र १ गतेदेखि २०७६ साल भाद्र मसान्तसम्मको लागि ठेक्का बन्दोबस्त हुँदा तत्कालीन सहोडवा गा.वि.स. वडा नं. १ मा बस्ने हाल पिपरा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष शम्भु प्रसाद यादवको नाममा ठेक्का स्वीकृत भएको र निजले उक्त सुब्बा पोखरी हकभोग गरेवापत गा.वि.स.को कार्यालयलाई ठेक्कावापतको बुझाउनुपर्ने रकम नबुझाएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला महोत्तरी साविक सहोडवा गा.वि.स. वडा नं. ६ हाल पिपरा गाउँपालिका वडा नं. ५ स्थित रहेको ठुलो सुब्बा पोखरी ठेक्का (२०७१ साल भाद्र १ गतेदेखि मिति २०७६ साल आषाढ मसान्तसम्मको लागि रु.५४,६४,००६।-) सकार गर्ने शम्भु प्रसाद यादवले मिति २०७३।१०।०४ सम्ममा जम्मा रु.१९,४२,८०१।२० मात्र साविक सहोडवा गा.वि.स.लाई बुझाएकोमा आफू वडाध्यक्ष निर्वाचित भएपछि पदको प्रभाव पारेर कुनै पनि किस्ता रकम नबुझाई आफूलाई गैरकानुनी लाभ पुर्याई ठुलो सुब्बा पोखरीको ठेक्कावापतको बाँकी रकम रु.३५,२१,२०४।८० (पैतीस लाख एक्काइस हजार दुई सय चार रुपैयाँ असी पैसा) साविक सहोडवा गा.वि.स. हाल पिपरा गाउँपालिका, महोत्तरीलाई बदनियतपूर्वक सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी गराई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएको देखिँदा निज वडाध्यक्ष शम्भु प्रसाद यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम दफा ३(१) र दफा ३(१) को खण्ड (छ) बमोजिम सजाय हुन तथा हानिनोक्सानी भएको सम्पत्ति रु.३५,२१,२०४।८० सोही ऐनको दफा १७ बमोजिम असुलउपर हुन समेतको मागदाबी लिई अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर भएको छ ।