जिल्ला कालीकोट, महावै गाउँपालिका स्थित सिमखेतदेखि ओदा जाने सडक अन्दाजी २५ मिटर मात्र डोजरले खनी मान्छेले काम गरेको बिल बनाउन लगाएको एवं बास्तविक कामभन्दा बढी परिमाणको काम भएको देखाई बढी रकम भुक्तानी लिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा महावै गाउँपालिका कालिकोटले आ.व. 2075/076 मा सिमखेतदेखि पादमघाटसम्म सडक निर्माण उपभोक्ता समितिमार्फत निर्माण गर्दा कार्य सम्पन्न प्रतिवेदनमा सडकको लम्वाई 820 मिटर, चौडाई 4 मिटर र कडा चट्टान काटिएको परीमाण २०४५ घनमिटर उल्लेख गरेको देखिएको तर फिल्डमा सडकको वास्तविक लम्वाई ५२० मिटर, चौडाई औषत ३.७ मिटर र कडा चट्टान काटिएको परिमाण 169.80 घनमिटर मात्र देखिएको हुँदा यसरी गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार पारी नभएको कामको रु.३८,७६,२७०।- (अठतीस लाख छयहत्तर हजार दुई सय सत्तरी रुपैयाँ) बढी भुक्तानी गरी आफूहरुलाई गैरकानूनी लाभ र गाउँपालिकालाई हानि पुर्याई भ्रष्टाचार गरेको पुष्टि हुन आएको हुँदा उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरुउपर देहाय बमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
देहाय:
सि.नं | नामथर, पद र कार्यालय | बिगो रु. | कसुर तथा सजायको मागदाबी |
महावै गाउँपालिका, कालिकोटका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह | रु.३८,७६,२७०।- | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) को खण्ड (ङ) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (1) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदाबी लिइएको छ। | |
महावै गाउँपालिका, कालिकोटका तत्कालीन इन्जिनियर रुद्र बहादुर वली, सव-इञ्जिनियर हरि प्रसाद पाण्डेय | रु.३८,७६,२७०।- | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) को खण्ड (ङ) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (1) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन तथा गलत प्रतिवेदन दिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 19 को उपदफा (2) बमोजिमको कसुरमा सोही ऐनको दफा 19 को उपदफा (2) बमोजिमको कैद र जरिवाना हुन मागदाबी लिइएको छ। | |
महावै गाउँपालिका, कालिकोटका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही | – | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 19 को उपदफा (2) बमोजिमको कसुरमा सोही ऐनको दफा 19 को उपदफा (2) बमोजिमको कैद र जरिवाना हुन मागदाबी लिइएको छ। | |
महावै गाउँपालिका कालिकोट वडा नं.2 का तत्कालीन वडाअध्यक्ष गौकला सिंह | – | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (३) बमोजिमको सजाय हुन मागदाबी लिइएको छ। | |
महावै गाउँपालिका सिमखेतदेखि पादमघाटसम्म सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अकल सुनार, कोषाध्यक्ष जर्मकला काफ्ले र सचिव ददी कामी भनिने दधि कामी | रु.३८,७६,२७०।- | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (4) बमोजिमको कसुरमा सोही ऐनको दफा 8 को उपदफा (4) बमोजिम सजाय गरी बिगोसमेत जफत हुन मागदाबी लिइएको छ। | |
महावै गाउँपालिका, कालिकोटका लेखापाल मलिम रावत | रु.३८,७६,२७०।- | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) को खण्ड (ङ) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (1) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदाबी लिइएको छ। |