घुस का मास्टर माइन्ड वडा अध्यक्ष बचे, पक्राउ परे बिचौलिया

-


     सुचनाको हक     
     जेठ १० गते २०८१ मा प्रकाशित


जिल्ला काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं. २ बस्ने ध्रुव बहादुर कडायतले व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनका लागि चन्द्रगिरी नगरपालिका वडा नं. २ का वडाध्यक्ष भाई कृष्ण तामाङको निर्देशन बमोजिम घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले घुस/ रिसवतमा संलग्न विचौलिया ध्रुव बहादुर कडायतलाई सेवाग्राहीबाट नगद रु.२,००,०००/- (दुई लाख रुपैयाँ) र निजको नाममा काटिएको रु.दुई लाखको चेक थान एक गरी जम्मा रु. चार लाख घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम सहित जिल्ला काठमाडौं चन्द्रागिरी न.पा. वडा नं. १२ बलम्वुस्थित चन्द्रागिरी नगरपालिका कार्यालयको गेट अगाडि सडकबाट मिति २०८१।०२।०९ गते नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । तर यता उक्त घुसको मास्टरमाइन्ड वडा अध्यक्ष भने बचेका छन् l वडा अध्यक्ष ज्युलाई हजुरको निर्देशनमा उहाले घुस रकम लिनुभएको रे हो र भन्ने प्रश्न मा आफु बिरामी भएर अस्पतालमा रहेको र यो बिषयमा केहि थाहा नभएको बताउनुभयो l अध्यक्ष तामांग नेकपा माओबादी को नेता र माओबादी बाट निर्बाचित जनप्रतिनिधि हुनुहुन्छ l उहा मात्र होइन वडामा निर्बाचित सबै जनप्रतिनिधि माओबादी रहेका छन् l

वडा अध्यक्ष भाई कृष्ण तामाङ 9841330907