महिला समानताका लागि संचार अभियानद्दारा संचालित रेडियो मुक्ति ९५.५ बुटवलको आयोजना तथा तिलोत्तमा नगरपालिका वडा नम्बर ३ को सहयोगमा स्थानीय युवा महिलाहरुको लागि कानुनी सचेतना तथा सूचनाको हक सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम समपन्न भएको छ । कार्यक्रम दुई दिन सम्म चलेको थियो ।
कार्यक्रमा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कल्याण प्रसाद पौडेलले कानुन बारे जान्ने बुझ्ने अधिकार सबैलाई भएकाले कानुन कै अनविज्ञताले पछाडी पर्न नहुने उहाँको भनाइ रहेको थियो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर ३ का जनप्रतिनिधी हरु लक्ष्मी घले , चुडा कुमारी थापा , नारायण बहादुर जिसी , बिष्णु बहादर क्षेत्री ले आफुहरु सधै जनता कै सेवामा लागेको बताउनुभएको छ ।
समुदायमा देखा परको कानूनी अड्चन तथा भोगेका समस्याहरू सँग सम्बन्धित मुद्दाहरू अंशबन्डा, सम्बन्ध विच्छेद, घरेलु हिंसा, बोक्सीको आरोपमा गरिने अमानवीय व्यवहार, विवाहको परिणाम, परिवारीक सम्बन्ध, जग्गा खिचोला, गाली बेइज्जतीका बिषयमा प्रशिक्षक अधिवक्ता गोमती सुनारले सहजिकरण गर्नुभएको छ ।
कार्यक्रम रेडियो मुक्तिका स्टेशन म्यानेजर कल्पना तिवारीको अध्यक्षता तथा समाचार प्रमुख अस्मिना पाण्डेको संचालनमा सम्पन्न भएको थियो । अभिमुखिकरण कार्यक्रममा ३५ जनाको सहभागिता रहेको थियो ।