नापी कार्यालय भद्रपुरमा घुसबिना कामै हुंदैन

-


     सुचनाको हक     
     असार ६ गते २०८१ मा प्रकाशित


भद्रपुर स्थित नापी कार्यालय घुसबिना कामै नहुने अड्डाको रूपमा बद्नाम रहँदै आएको छ ।  कार्यालय प्रमुख सुनिल आनन्दले पनि सेवागा्रहीसंग रकम असुल्ने कर्मचारीको संरक्षण गर्दै आएका छन् ।  कार्यालयमा घुसबिना कामै नहुने कुरा ओपन सेक्रेट जस्तै छ । 

नापी कार्यालयमा  लेखापढी व्यवसायी संघमा आवद्ध व्यवसायीहरुले बिचौलियाको भूमिका खेलेपछि सेवाग्राहीले अनावश्यक खर्च र हैरानी भोग्नु परेको छ । एउटै कामकालागि सेवाग्राहीले पटक पटक कार्यालय धाउनु पर्ने बाध्यता छ । 

सेवाग्राहीसँग बिचौलियाहरुले कर्मचारीको मिलेमत्तोमा न्यूनतम एक हजार देखि १० हजार सम्म रकम असूल्ने गरेको स्रोतको भनाई छ । एउटै कामकोलागि पटक पटक कार्यालय धाउनु पर्ने सेवा ग्राहीको छ । 

vlcsnap-2024-06-14-22h57m49s513

                                               कार्यालयका कर्मचारी नापी अधिकृत सुवोध शाह

कार्यालयका कर्मचारी नापी अधिकृत सुवोध शाह, सर्वेक्षक  सुरेश शाह लगायतले लेखापढी बिचौलीया मार्फत रकम असुल्दै आएका छन् । कार्यालयका अधिकृत शाह खासगरी आफैं सेटिङ मिलाउन माहिर छन् । उनी आफैं लेखापढी व्यवसायीसंग मिलेर रकम असुल्ने गर्छन । उनको रबैया यती बढेको छ कि भन्या साध्य छैन अन्य स्रोत भन्छ, पैसा बिना कुनै काम गर्ने वाला छैनन । त्यस्तै सर्वेक्षक शाहको पनि दैनिक जसो समस्या आउने गरेको छ । उनी मेचिनगरपालिका क्षेत्र हेर्छन । उनले गरेको अधिकांश कामको विवाद कार्यालयमा दैनिक जसो आउने गरेको छ । 

यस विषयमा सरोकारवाला निकायका जिम्मेवार भनिएका कार्यालय प्रमुख सुनिल आनन्दको गैरजिम्मेवार रबैया र जवाफले उनको  भूमिकामाथि शंका गर्ने ठाउँ दिएको छ ।

तर कार्यालय प्रमुख हाम्रो सम्पर्कमा आउन चाहेनन । उनी बिदामा भएको भन्दै बोल्न इन्कार गरे । उनलाई भेट्न धेरै पटक कार्यालयमा जाँदा समेत भेटिएनन । यता कार्यालयका सुचना अधिकारी रुपेश श्रेष्ठले भने बिचौलीयासंग पैसा नलिएको र सेवाग्राहीलाई दुःख नदिएको दाबी गरे । उनले कार्यालयको केहि कमजोरी भेटिए सुधार गर्दै लैजाने बताए । 

नापी कार्यालयले बाटो प्रमाणित र कित्ताकाँटमा घुसबिना काम गर्दैन। जनतालाई विभिन्न जालोमा पारेर कर्मचारीहरूले जसरी पनि घुस लिइरहेका हुन्छन् । 

 यो विषयमा जिल्लाका प्रशासकदेखि जग्गा कारोबारीहरूसम्म सबैलाई जानकारी छ । 

जग्गाधनीलाई पत्तै नदिई सँधियार, दलाल र भू–माफियाहरूले मालपोत र नापी कर्मचारीसँगको मिलोमतोमा जग्गाको क्षेत्रफल र नक्शा बदल्ने तथा बेचबिखन गरेका घटना समेत बाहिर आउने गरेका छन् । 

नापीमा हालसाविक, कित्ताकाट, नहरबढी कायम, नक्सा सुधार, कित्ता एकिकृत लगायतका कामले कार्यालय पुग्ने सेवाग्राहीसंग कर्मचारीले रकम असुल्ने गरेका हुन् । साभार यो समाचार साझाअनलाइनन्युजले प्रकाशन गरेको छ हामिले साभार गरेका हौ