सूचनाको हक र पारदर्शिता विचको अन्तर सम्वन्ध

-


     पवन पोखरेल     
     असार २८ गते २०८१ मा प्रकाशित


प्रश्न  सूचनाको हक र पारदर्शिता भन्नाले के बुझ्नुहुन्छ ? सूचनाको हक प्रचलनका सिमितता उल्लेख गर्दै सूचनाको हक र पारदर्शिता विचको अन्तरसम्वन्ध प्रष्ट पार्नुहोस् ।

समाधान

सूचनाको हक

लोकतन्त्रको प्राणवायू :सूचनाको हक

कुनै पनि व्याक्तिलाई आफ्नो वा सार्वजनिक सरोकारका जुनसुकै विषयका सूचनामाथि सहज पहँचको सुनिचितता हुनु नै सूचनाको हक हो । सूचना प्राप्त गर्नु जनताको अधिकार हो भने सूचनाको सहज सम्प्रेषण गर्नु सार्वजनिक निकायको कर्तव्य हो । नेपालको संविधानको धारा २७ मा सूचनाको हक नागरिकको मौलिक हकको रुपमा व्यवस्था गरिएको छ ।

सूचनाको हक

§  पारदर्शिता कायम गर्ने साधन हो ।

§  शासन विकास र सेवा प्रवाहमा जनताको अपनत्व कायम गर्दछ ।

§  शक्तिको दुरुपयोगबाट हुने अनियमितता न्यूनिकरण गर्दछ ।

§  लोकतन्त्रलाई मजवुत बनाउँछ ।

पारदर्शिता

सार्वजनिक सरोकारको विषयलाई नागरिक समक्ष प्रस्तुत गर्नु, प्रस्ट देखाउनु वा खुलाउनु, कुनै सूचनालाई सञ्चार गर्नु, सम्प्रेषण वा प्रकाशन गर्नुलाई पारदर्शिता भनिन्छ ।

पारदर्शिताले

  •      कुनै कुरा जान्न पाउने अधिकार (right to know) र
  •        सूचनामा आमजनताको पहुँच (public access to information) लाई समेट्छ । 

सूचनाको हक प्रचलनमा सिमितता

सवै सूचना तत्काल उपलव्ध गराउन आवश्यक नहुन सक्छन् किनकी कतिपय सूचना संवेदनशिल हुन्छन् । त्यस्ता सूचना तत्काल प्रकाशन उपलव्ध गर्नुहुदैन वा निश्चित अवधिका लागि संरक्षण गरेर राख्नुपर्ने हुन्छ । सूचनाको हक सम्वन्धी ऐनको दफा ३ को उपदफा ३ अनुसार तल उल्लेख गरिएका पाँच प्रकारका सूचना तत्काल प्रवाह गरिने छैन भनि व्यस्था गरेको छ ।
(क) नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय सुरक्षा, सार्वजनिक शान्ति सुव्यवस्था वा अन्तर्राष्ट्रिय     सम्बन्धमा गम्भीर खलल पार्ने,
(ख) अपराधको अनुसन्धान, तहकिकात तथा अभियोजनमा प्रत्यक्ष असर पार्ने,
(ग) आर्थिक, व्यापारिक तथा मौद्रिक हित वा बौद्धिक सम्पत्तिको संरक्षण वा बैैङ्किङ्ग वा व्यापारिक गोपनीयतामा गम्भीर आघात पार्ने,
(घ) विभिन्न जातजाति वा सम्प्रदायबीचको सुसम्बन्धमा प्रत्यक्ष रुपमा खलल पार्ने,
(ङ) व्यक्तिगत गोपनीयता र व्यक्तिको जीउ, ज्यान, सम्पत्ति, स्वास्थ्य वा सुरक्षामा खतरा पुर्‍याउने । जस्ता सूचना उपलव्धतामा कानुनले वन्देज लगाएको छ । 

सूचनाको हक र पारदर्शिता विचको अन्तरसम्वन्ध :

सूचनाको हक र पारदर्शिताविच  Linear relationship  हुन्छ । एउटाको प्रभावकारिताले अर्को मा सकारात्मक प्रभाव पार्दछ । यि दुइ विचको अन्तरसम्वन्धलाई देहायवमोजिम प्रष्ट पार्न सकिन्छ ।

सूचनाको हकले पारदर्शितालाई

  •         सूचनामाथि नागरिकको पहुँच सुनिश्चित गरेर 
  •          सार्वजनिक अधिकारीलाई सूचना अधावधिक र सार्वजनिक गर्न वाध्य पारेर ।
  •          सूचना नदिने वा गलत दिनेलाई कारवाहीको दायरामा ल्याएर ।
  •    क्षतिपुर्ति तथा पुनरावेदजको व्यवस्था गरेर सार्वजनिक निकायको कामकारवाहिमा खुलापन र पारदर्शिता सुनिश्चित गर्दछ ।

पारदर्शिताले सूचनाको हकलाई

  •          सार्वजनिक निकायमा खुलापन प्रवर्धन गरेर ।
  •          नागरिकलाई सूचना प्राप्त गर्ने सहज वातावरण वनाएर ।
  •          निर्णय प्रक्रियामा नागरिकको पहुँच कायम गरेर ।
  •         प्रशासनिक प्रक्रियमा आफ्ना अधिकार र कर्तव्य प्रति नागरिकलाइ सचेत तुल्याएर ।
  •      नागरिक निगरानी तथा अनुगमन मार्फत सार्वजनिक कामकारवाहिमा नागरिक नियन्त्रण कायम गरेर ।

अत, सूचनाको हक Foundation of Democracy हो भने पारदर्शिता Master Key of Good Governance  हो । तसर्थ भ्रष्टाचार अनियमितता तथा गैरकानूनी कार्यलाई निरुत्साहित गरि जनभावना र जनचाहना अनुरुपको शासन सन्चालन मजबुती नै यि दुइको बलियो अन्तरसम्वन्धले नै देखिन्छ । 

@लेखक नेपाल सरकारका शाखा अधिकृत हुनुहुन्छ ।