राष्ट्रिय सूचना आयोगले समय समयमा पत्रकार सम्मेलन मार्फत प्रगति प्रतिबेदन सार्बजनिक गर्ने कार्य गरिरहेको छ सो कार्य अन्तर्गत आज मिति २०८१ साल साउन ०४ गते सूचना आयोगकी प्रबक्ता सूचना आयुक्त कमला ओलीले पत्रकार सम्मेलन मार्फत प्रेस बिज्ञप्ति सार्बजनिक गर्नुभएको छ l
राष्ट्रिय सूचना आयोगबाट २०८१ बैशाख, जेठ र असार महिनामा सम्पादन भएका मुख्य मुख्य कार्यहरु सम्वन्धी प्रेस विज्ञप्ती
राज्यका कामकारबाही लोकतान्त्रिक पद्धति अनुरूप खुला र पारदर्शी बनाई नागरिक प्रति जवाफदेही र जिम्मेवार बनाउन, सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्वका सूचनामा आमनागरिकको पहुँचलाई सरल र सहज बनाउन, राज्य र नागरिकको हितमा प्रतिकूल असर पार्ने संवेदनशील सूचनाको संरक्षण गर्न र नागरिकको सुसूचित हुने हकलाई संरक्षण र प्रचलन गराउने उद्देश्यले स्थापित यस राष्ट्रिय सूचना आयोगले नेपालको संविधानको धारा २७ मा व्यवस्था भएको नागरिकको सूचना माग गर्ने र प्राप्त गर्ने अधिकारको संरक्षण, सम्बर्द्धन र प्रचलनमा मुख्य भूमिका निर्वाह गर्दै आएको छ ।
सार्वजनिक निकायले गरेका काम कारबाही जनतालाई स्वतः जानकारी दिनु पर्ने दायित्व कानूनले प्रदान गरेको छ । सो अन्तर्गत राष्ट्रिय सूचना आयोगले गरेका काम कारबाही निम्न बमोजिम सार्वजनिक गरेको छ । राष्ट्रिय सूचना आयोगले २०८१ बैशाख, जेठ र असार महिनामा गरेको मुख्य मुख्य कार्यहरुको विवरणः
क प्रमुख सूचना आयुक्त श्री महेन्द्रमान गुरुङको नेतृत्वमा ४ सदस्यीय टोली अल्वानीयाको तिरानामा सन् २०२४ जुन ३ देखि ५ हुने सूचना आयुक्तहरुको १५औं राष्ट्रिय सम्मेलनमा सहभागि हुनुभयो ।
सम्माननीय राष्ट्रपतिज्यूको प्रमुख आतित्थयतामा बैशाख २२ गते आयोगको वार्षिक उत्सव कार्यकम राष्ट्रपति भवन शीतलनिवासमा सम्पन्न भयो ।
ग. मिति २०८१ जेठ ३१ गते राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा सूचनाको हक कार्यान्वयनमा सूचना आयोगको भूमिका बारेमा छलफल ।
घ. आयोगबाट मेलम्ची नगरपालिकामा विद्यालयस्तरीय सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न । हेटौडा उपमहानगरपालिका स्थित श्री भुटन देवी मा. वि., श्रमिक मा. वि. र आधुनिक मा. वि. मा तीनवटा विद्यालयका विद्यार्थीहरुलाइ समेटेर हेटौंडा क्याम्पसमा विद्यालय स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
ङ. आयोगले आफ्नो वार्षिक प्रतिवेदन सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष पेश गरेको छ ।
च असार १६ गते सिन्धुली जिल्लास्थित सरकारी कार्यालयका कार्यालय प्रमुख र सूचना अधिकारीहरु संग सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
ज. असार २० गत हेटौंडा उपमहानगरपालिकामा महिला सशक्तीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
झ. वैशाख, जेठ र असार महिनामा आयोगमा ५२६ वटा पुनरावेदन दर्ता भयो ३४१ वटा पुनरावेदन उपर लिखित जवाफ पेश गर्नु भन्ने आदेश भयो भने ५९९ वटा पुनरावेदन उपर सूचना उपलब्ध गराउनू भन्ने आदेश भयो ।
ञ. आयोगको बैठकबाट मनसुनको समयमा हुने जन-धनको क्षति न्यूनीकरण गर्न विपद्को तयारीको लागि प्रचार प्रसार गर्न गृह मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, भौतिक पूर्वार्वाधार तथा यातायात मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखका नाममा आदेश भयो ।
ट. सार्वजनिक निकायहरुमा सूचना मागकर्ताले इमेल, हुलाक आदिबाट सूचना माग गरेमा निवेदकलाई दर्ता नम्बर उपलब्ध गराउन मुख्यसचिव मार्फत केन्द्रीयस्तरका मन्त्रालय, प्रमुख सचिव मार्फत सबै प्रदेश सरकार र सबै स्थानीय तहको नाममा आदेश भएको ।
ठ. आयोगका प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरूङ्गले मिति २०८१ वैशाख ११ मा Accountability Lab, Nepal को आयोजनामा जनकपुरमा RTI Youth Camp मा राष्ट्रिय सूचना आयोगको भूमिका र व्यवहारिक पाटोहरुका विषयमा प्रशिक्षण गर्नु भएको, असल शासन मञ्चले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहयोगमा आयोजना गरेको सूचनाको हक कार्यान्वयनमा पत्रकारिता विषयक कार्यशालामा सहभागिता जनाउनु भएको, त्यस्तै २०८१ असार २३ सूदुरपश्चिम प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा सूचनाको हकसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा भाग लिनु भएको थियो ।
ड. आयोगका सूचना आयुक्त कमला ओली थापाले काठमाडौं महानगरपालिकाको आयोजनामा सूचनाको हकसम्बन्धी अन्तरकिया कार्यक्रममा प्रस्तुती गर्नु भएको थियो । कार्यक्रममा काठमाडौं महानगरका सबै वडाका वडा अध्यक्ष, सदस्य र विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।
ढ. आयोगका सूचना आयुक्त कमला ओली थापाले सप्तरीको सप्तकोशी नगरपालिकाको आर्थिक सहयोगमा सूचनाको हक मिडिया प्रा.लि.ले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा प्रस्तुती गर्नु भएको थियो । कार्यक्रममा सप्तकोशी नगरपालिकाका बिद्यालय लगायत बिभिन्न संघ संस्थाका सूचना अधिकारि र प्रतिनिधि साथै नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
कमला ओली थापा सूचना आयुक्त तथा प्रवक्ता
पत्रकारहरुको प्रश्न मा अन्य देशमा २ डलर ४ डलर को कुरामा समेत उजुरी पर्ने गरेको कुरा आयुक्तले बताउनुभयो
नागरिकले आफ्नो अधिकार कण कण मा खोज्ने गरेको उदाहरण उहाले बताउनुभयो
साथै सूचना अधिकारि सुदर्शन ढकाल का अनुसार आयोगको आदेश कार्यान्वयन नगर्ने हरुलाई आयोगले १० हजार जरिवाना गर्न सक्ने कानुनि ब्यबस्था बाहे पनि हाल सम्म राजनैतिक दलले आदेश नमानेको भनेर कुनै उजुरी नपरेको हुँदा जरिवाना हुन् नसकेको बताउनुभयो उहाको भनाइको भाब अनुसार कुनै राजनीतिक पाटीले सूचना अधिकारीको ब्यबस्था गरेका छैनन् भनेर उजिरी परेमा आयोग कारबाहीको प्रक्रियामा जाने भन्ने थियो