रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु घले भनिने नुर्बु स्याङबो घले मानव बेचबिखन अनुसन्धान ब्यूरोको हिरासतमा लामो समय बसे पछी प्रमाण नपुग्ने भनि उनीलाई रिहा गरेको भएपनि उक्त केश अझै पूर्ण रुपमा टुंगिएको छैन
काठमाडौंको बबरमहलबाट घलेलाई तत्कालिन अबस्थामा पक्राउ गरी ब्यूरोले जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरि अनुसन्धान समेत अघि बढाएको थियो प्रमाण नपुगेको भनि छुटेका उनि हाल उच्चको निगरानीमा छन् ।
मानव बेचबिखन तथा ओसार पसारको कसुरमा अहिले पक्राउ परेका गाउँपालिका अध्यक्ष घलेविरुद्ध भने करिब ८ वर्षअघि नै उजुरी परेको थियो ।
घलेविरुद्ध एक महिलाले आफूलाई श्रीलंका पुर्याएर मानव बेचबिखन गरको आरोप लगाउँदै ८ वर्ष पहिले साविक महानगरीय प्रहरी परिसर (हाल जिल्ला प्रहरी परिसर) काठमाडौंमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीको आधारमा ८ वर्षपछि ब्यूरोको टोलीले पक्राउ गरेको थियो ।
‘ब्यूरो गठन हुनुभन्दा पहिला नै पीडित महिलाले काठमाडौं परिसरमा जाहेरी दिएकी थिइन् । ब्यूरो गठन भएपछि उक्त जाहेरी ब्युरोमा आएको कारण पुराना फाइल सल्टाउने क्रममा खोजी गर्दा उनि पक्राउ परेका थिए l
गाउँपालिका अध्यक्ष नुर्वुविरुद्ध के थियो आरोप ?
२०७३ सालमा एक महिलालाई नुर्वुले श्रीलंकासम्म पुर्याएर बन्धक बनाएको आरोप लागेको छ। मासिक २८ हजार कमाई हुने भन्दै एक महिलालाई नुर्वुले कतार पठाउने भन्दै श्रीलंका पठाएर बन्धक बनाएको आरोपमा उनि २०८० सालमा पक्राउ परेका थिए ।
कतार जानका लागि भन्दै नुर्वुले आफ्नै खर्चमा ती महिलाको राहदानी समेत आफैले बनाइदिएका थिए । आर्थिक अवस्था कमजोर भएकी महिलालाई नेपालबाट स्थलमार्ग हुँदै भारतको नयाँ दिल्ली पुर्याइएको थियो । दिल्लीबाट भिजिट भिसामा श्रीलंकाको कोलम्बो पुर्याइएको थियो । कोलम्बोमा बुद्ध दर्शनका लागि जान लागेको भन्नु भनेर ती महिलालाई सिकाइएको थियो ।
कोलम्बो पुर्याएपछि श्रीलंकन मुलका एजेन्टले राहदानी लगायतका कागजात नियन्त्रणमा लिएर ती महिलालाई बन्धक बनाएको आरोप नुर्वुमाथि लागेको थियो । राम्रोसँग खान बस्न समेत नदिई कुटपिट गर्दै यातना दिएको अवस्थामा नेपाल प्रहरी र विभिन्न संघ–संस्थाको सहयोगमा ती महिला केही नेपाल फर्किएकी थिइन् ।
नेपाल फर्किएपछि उनले २०७३ सालमै काठमाडौं प्रहरीमा जाहेरी दिएकी थिइन् । तर हालै उनि सहित १० जना जुवा खालबाट पक्राउ परेका छन् ।
कपन प्रहरी प्रभागले बुढानीलकण्ठ-१० बाट घलेसहितका व्यक्तिहरुलाई शनिबार बेलुका जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।
उनीहरूको साथबाट ६ बुक तास र एक लाख ३५ हजार नगद समेत बरामद भएको प्रहरीले जनाएको छ ।
उनलाई जुवामा म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।