“सूचना माँग्नेलाई शिष्ट व्यवहार गराैं, सूचना माँग्न आउनेलाई धाक, धम्की हाेईन, सहयाेग गराैं ।” भन्ने भाव नै उन्नत लोकतन्त्रको भाव हो तर नेपालमा यो वा त्यो बहानामा सूचना मागकर्ताहरु असुरक्षित रहेको महशुस सूचना अभियन्ताहरुले गर्दछन l
नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी समक्ष सूचना माँग गर्न जाँदा गरिएकाे अभद्र व्यवहारकाे लागि कार्वाहीकाे माँग गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य-माेहम्मद आरिफ अन्सारी, सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष-अधिवक्ता विश्वजीत तिवारी, सूचना अभियन्ता अरुणकुमार तिवारी हेमन्त कर्माचार्य र शैलेन्द्र कुमार वैश्यद्वारा सूचना अधिकारीलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारीले सूचना नदिई सूचना अभियन्तालाई दुर्ब्यबहार गरेको आरोप अभियन्ता हरुको रहेको छ । भन्सार कार्यालयका सूचना अधिकारी पुर्ण प्रसाद लम्सालले सूचना अभियन्ता नेपालगन्जका शैलेन्द्रकुमार बैश्यले बुधबार सूचना माग गर्न गएको बेला सूचना नदिई अभद्र व्यवहार गरेको घटनाप्रति बाँकेका सूचना अभियन्ताहरुले निन्दा गर्दै कारवाहीको माग गरेका छन ।
नेपालको संविधान २०७२को धारा २७ र सूचनाको हक सम्वन्धी ऐन २०६४ अनुसार सबैले थाहा पाउने मौलिक हक अन्तर्गत सार्बजनिक निकायले सूचना उपलब्ध गराउनुपर्ने कानूनी प्रावधानलाई बेवास्ता गरि सूचना मागको निवेदन दर्ता नगरी सूचना माग्ने व्यक्तीमाथी गरिएको अभद्र व्यवहारले सूचनामाथी अकुंश लगाइएको ठहर अभियन्ताहरुले गरेका छन ।
कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकका बारेमा जानकारी गराउदा पनि आफुमाथी अमानवियपुर्ण रुपमा दुर्ब्यबहार गरिएको अभियन्ता बैश्यले बताउनुभयो । उक्त घटनाप्रति सरोकारवाला निकायको ध्यानाकर्षण गराउदै त्यस्ता कर्मचारीलाई तत्काल कारवाही गर्न माग गरिएको छ ।
सूचनाको हकको क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीको पहलमा आज बसेको बैठकले घटनाका दोषीलाई कारवाहीको माग गर्ने निर्णय गर्दै जिल्लाका सबै सार्वजनिक निकायले सहज रुपमा सूचना उपलब्ध गराउने बाताबरण मिलाउन टोलीले बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाईलाई ज्ञापन पत्र बुझाइएको छ ।
सूचना अभियन्ता बैश्यले भन्सार कार्यालयमा सार्वजनिक सरोकारको विषयमा सूचना माग गर्न क्रममा सूचना अधिकारीले दुर्ब्यबहार गरेका थिए ।