सूचनाको हकको अभियानमा लागेकी झापाकी हल्दिबारी इस्वरा तिवारी कंडेल माथि पटक पटक जनप्रतिनिधिहरुले दुख दिने धम्काउने तर्साउने गरिरहेका छन् l स्थानीय स्तरका नागरिकलाई उनीहरुको हक बुझाएको कारण कति ठाउमा सेटिंग भत्केकोले वडा अध्यक्ष र जनप्रतिनिधि चिन्तित छन् कागज मा मात्र काम हुने हल्दिबारिमा इस्वराको निरन्तर खबरदारी रहिरहेको छ l यहि खबरदारी मार्फत पछिल्लो चरण हल्दिवारी गाउँपालिका वडा नम्वर ३ का वडाध्यक्ष विष्णुप्रसाद ओलीको निद हराम भएको छ, तसर्थ स्थानीय सोझा साझा नागरिकलाई उचालेर क्षेत्राधिकार भन्दा बाहिर गएर निबेदन लेख्न लगाउने र क्षेत्राधिकार भन्दा बाहिर गएर सूचना अभियन्तालाइ मानसिक तनाव दिने कार्यमा वडा अध्यक्ष लागेका छन् आफ्नो पदीय मान मर्यादा समेत बिर्सेर नांगै वडा अध्यक्ष नाच्नुको कारण इस्वराले आम नागरिक लाइ सचेत गराउनु नै हो भन्ने आम नागरिकले बुझेका छन् भन्दै स्थानीय समेत वडा अध्यक्षको हर्कतले अचम्मित छन् l उहाले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर सूचनाको हकका लागि राष्ट्रिय महासंघ कोशी प्रदेशकी उपाध्यक्ष इश्वरा तिवारीका नाममा पत्रचार गरेको निष्कर्ष सहित महासंघले आपत्ति जनाएको छ । सामाजिक अभियन्ता समेत रहेकी इश्वरा र उनका श्रीमान् खड्गवहादुर तिवारीको नाम नै तोकेर वडा कार्यालयले छलफलका लागि पत्रचार गर्नु कानूनको ठाडो उल्लङ्घन भएको महासंघका महासचिव सुरेन्द्र भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हल्दिवारी गाउँपालिका – ३ निवासी तिवारीले स्थानीय एक महिलाको चरित्रहत्या हुनेगरी सामाजिक सञ्चालमा फोटो राखेको र छलफलका लागि भन्दै वडा कार्यालयमा २८ गते उपस्थित हुन भनेको थियो । वडाध्यक्ष ओलीद्वारा जारी सूचनामा सावित्रा खत्रीको माग निवेदन अनुसार खेतबाट पानी कटाउने क्रममा बाटो खन्दा फोटो खिची सामाजिक सञ्जालमा प्रयोग गरी चरित्रहत्या गरेको भन्दै तिवारीलाई छलफलका लागि बोलाएको थियो । वडाध्यक्षले कानूनको उल्लङ्घन गर्दै पत्रचार गरेको विषयलाई लिएर महासंघले ध्यानाकर्षण सहितको विज्ञप्ति जारी गरेको हो । अन्य सामाजिक अभियन्ताले कानुन भन्दा बाहिर गएर आफ्नो क्षेत्राधिकारमै नभएको बिषयलाई आफु राजा झैँ ठानी हजुरको बिरुद्द मुद्धा परेको छ भन्दै आफुले आफैलाई राजा न्यायधिस र श्री ३ झैँ व्याख्या गरेकोमा आपत्ति जनाएका छन् l नागरिकको सेवकले श्री ३ को झैँ ब्यबहार गर्नुले लोकतन्त्र नै खतरामा रहेको आम नागरिकले महशुस गरेका छन्
महासंघको जारी विज्ञप्तिमा भनिएको छ – हरेक नागरिकको अधिकारको संरक्षण र सम्बर्धन गर्नु राज्यको मुख्य दायित्व हो । राज्यले संविधान तथा अन्य विभिन्न कानूनका माध्यमबाट नागरिकहरुका लागि विभिन्न हक तथा अधिकारको प्रत्याभूति गर्दछ । लोकतान्त्रिक शासन प्रणालीमा नागरिकमा नै सार्वभौमसत्ता र राजकीयसत्ताको साँचो हुन्छ । सार्वभौम जनताले राज्यबाट भए गरेका काम कारवाहीका बारेमा जानकारी पाउने अधिकार प्राप्त गरेका हुन्छन् भने राज्य सञ्चालनमा सम्लग्न संस्था र पदाधिकारीहरुले गरेका गतिविधिका बारेमा निगरानी राख्ने दायित्वसमेत उनीहरुमा रहन्छ । तर, सार्वजनिक बाटो खनेको विषयमा खिचिएको श्रब्यदृष्य सामग्री सामाजिक सञ्जालमा राखेको र ति महिलाको चरित्रहत्या भएको भन्दै छलफलका लागि पत्रचार नै गरेर बोलाउनु आफैंमा निन्दनीय छ ।
नागरिकको मौलिक हक अधिकारलाई सुनिश्चित गर्नुपर्ने र लोकतन्त्रमा सुशासन र सुव्यवस्था कायम गरी राज्यका संयन्त्रहरुले, सार्वजनिक निकायहरुले गर्ने कामकाज, सेवा, सुविधा आदिको बारेमा सरल र पारदर्शी रुपमा आम नागरिकहरुको घरदैलोसम्म पुगेर सुसूचित गर्नुपर्ने, स्वतःस्फूर्त रुपमा सेवा सुविधा पु¥याउनुका साथै सो बारे स्पष्ट सूचना उपलब्ध गराउनुपर्नेमा सार्बजनिक बाटो खनेको विषयलाई उपाध्यक्ष तिवारीले उठान गर्दा कुनै एक महिलाको चरित्र हत्या भएको जस्तो गम्भीर लान्छना लगाएर वडाध्यक्षले हुकुमीशैलीमा नागरिकको अधिकार कुण्ठित गर्न खोजेको प्रष्ट देखिन्छ – विज्ञप्तिमा भनिएको छ ।
महिलाको चरित्रहत्या भएको भए न्यायका लागि जाने अन्य निकाय रहेको र वडा कार्यालयमा छलफल गराउने भन्दै बोलाइएको घटना प्रति महासंघले आपत्ति जनाउदै सम्वन्धित सवैको ध्यानाकर्षण गराएको हो ।
हो आम नागरिकलाई कानुनि उपचार हुन्छ तर स्वास्थ्य को हाकिमकोमा मोटरसाइकल चोरीको घटना दर्ता गर्न कोहि आयो भन्दैमा दर्ता गरिदिने र छिमेकीलाई उहाको मोटरसाइकल चोरी भएछ ट्राफिक कार्यालय टाढा भएको कारण यहि स्वास्थ्य चौकीमा निबेदन हामीले दर्ता गरेउ भन्नु कत्तिको जायज हुन्छ ??? वडा अध्यक्षको अधिकार अनुसार उहा न्यायधिस होइन र उहालाई न्यायालयको झैँ मुद्धा दर्ता गर्ने पत्राचार गर्ने पक्ष विपक्षको बहस सुन्ने र फैसला गर्ने अधिकार हुदैन तर बिष्णु जीले हिजोका श्री ३ महाराजको झैँ आफै कानुन हो आफ्नो बोलि नै कानुन हो भन्ने संकेत दिन समेत पदीय मर्यादाको दुरुपयोग गरेको हुँदा उहालाई श्री ३ बन्न नखोज्न हल्दिबारिका बासिन्दाले भनेका छन्
यो बिषयमा सत्य तथ्य बुझनको लागि हामीले वडा अध्यक्षलाई सम्पर्क गरेर बुझ्दा उहाले कहिले काँही जनप्रतिनिधिले कानुन भन्दा माथि उठेर काम गर्नु पर्ने हुन्छ तसर्थ आफुले कानुनि अधिकार नभए पनि कानुन भन्दा बाहिर गएर निबेदन लिएको र इस्वारालाई सम्पर्क गर्दा मलाइ पत्र चाहिन्छ भनेपछि पत्राचार गरेको कुरा सुनाउनुभयो l उहा नआएमा हजुरको पत्रको रेस्पोन्स उहाले नगरेमा प्रहरी बोलाएर पक्राउ गरेर ल्याउनुहुन्छ भनेर सोध्दा त्यो चाहि आफुले नगर्ने उहाले बताउनुभयो श्री ३ वडा अध्यक्षको होडमा वडा नम्बर ३ का वडा अध्यक्ष मात्र हुन् कि अरु पनि छन् भनेर गाउँपालिका अध्यक्ष रबिन्द्र प्रसाद लिंग्देनलाइ सोध्न को लागि ९८०६०५११८८ मा सम्पर्क गर्दा उहाले कानुन भन्दा माथि वडा अध्यक्ष पालिका प्रमुख कोहि पनि नरहने र सबैले कानुनको पालना गर्नुपर्दछ यो बिषयमा हजुर बाट बल्ल सुने के रहेछ मा बुझ्छु भन्दै कानुन पहिलो कुरा रहेको बताउनुभयो l