प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले नगर प्रहरी भर्ना गर्न लागेको छ । त्यसका लागि एक सूचना जारी गरेको हो ।
उक्त सूचना अनुसार नगरपालिकाले २७ जना नगर प्रहरी करारमा भर्ना गर्न लागेको हो ।
सूचना अनुसार एक जना प्रहरी निरीक्षक, १ नगर प्रहरी नायव निरीक्षक, दुई जना (एक महिला, एक पुरुष) नगर प्रहरी सहायक निरीक्षक, तीन जना नगर प्रहरी हवलदार, दुई जना नगर प्रहरी जवान (हेभी सवारी चालक) र १८ जना नगर प्रहरी जवान समेटिने छ ।
नगर प्रहरी सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धी व्यवस्था गर्न बनेको ऐन, ०७९ अनुसार नगर प्रहरी भर्ना गर्न लागिएको हो ।