मालपोत कार्यालय, चावहिल, काठमाडौंका खरिदार लक्ष्मण बस्नेतले जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी सामान्य प्रकृयाबाट हुने कामको लागि सेवाग्राहीसँग घुस रकम बापत रु १,३५,०००।- माग गरेपछी अभियन्ता हरुले अख्तियार दुरुपयोग अनुसन्धानमा खबर गरेपछि आयोगको कार्यालय टंगालबाट खटिई गएको टोलीले निज खरिदार लक्ष्मण बस्नेतसहित मुस्ताङ
हाम्रो थकाली भान्छाघर होटल व्यवसायी मिना मगर र लेखापढी व्यवसायी विनोद श्रेष्ठ समेतलाई सेवाग्राहीबाट रु १,३५,०००।– (एक लाख पैंतीस हजार रुपैयाँ) घुस लिइसकेको अवस्थामा काठमाडौं महानगरपालिका -७ चावहिल स्थित मुस्ताङ हाम्रो थकाली भान्छाघरबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।