संसद बैठकमा प्रधानमन्त्रीले सूचना आयोगको प्रतिवेदन पेस गर्ने

-


     सुचनाको हक     
     फागुन १८ गते २०७८ मा प्रकाशित


 प्रतिनिधिसभाको बैठक बस्दैछ । गत आइतबार सदनबाट एमसीसी पारित भएपछि पहिलो पटक बसिने

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची मार्फत सार्वजनिक गरेका छन् ।