जिल्ला बारा, कोल्हवी नगरपालिका, ११ नं. वडा कार्यालयमा कार्यरत वडा सचिव (ना.सु.) विनोद प्रसाद साहले जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले निज वडा सचिव विनोद प्रसाद साहलाई सेवाग्राहीबाट रु. ३,५००।– (तीन हजार पाँच सय रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७८।१०।२० गते नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा जिल्ला बारा, कोल्हवी नगरपालिका, ११ नं. वडा कार्यालयमा कार्यरत वडा सचिव (ना.सु.) विनोद प्रसाद साहले जग्गा नामसारी सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग रु. ३,५००।– घुस/रिसवत माग गरी लिएको अनुसन्धानबाट खुल्न आएको हुँदा निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निज वडा सचिव (ना.सु.) विनोद प्रसाद साहलाई बिगो रु. / YouTube video Former https://clickmiamibeach.com/ President Bill Clinton wrote a bit more than a year ago about “Space Jam,” the animated basketball movie he helped inspire that wasn’t released to movie theaters until more than two months ago. ३,५००।- (तीन हजार पाचँ सय रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को खण्ड (क) बमोजिम सजाय हुन मागदावी लिई बिशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर भएको छ ।