प्रेमी-प्रेमिका कस्ता भएमा जीवन बिताउन सकिन्छ ?

-


     दुर्गा आचार्य     
     फागुन २१ गते २०७८ मा प्रकाशित


प्रेमको अन्तिम विन्दु भनेकै प्रेम हो । जुन कुरा महाभारातमा भगवान कृष्ण र राधा को प्रेमले बताउछ । जब प्रेम विवाहमा रुपान्तरण हुन्छ, तब मात्र प्रेम-सम्बन्ध सार्थक हुन्छ भनेर अचेल कलियुगमा व्याख्या हुन थालेको छ । प्रेम गर्नुको अर्थ बैंशालु सुखभोग मात्र होइन, त्यसैले जोसँग प्रेम गरिन्छ उसलाई भावी जीवनसाथीको रुपमा हेर्नुपर्छ भन्नेमा अहिलेको समाज दगुरी रहेको छ ।

कतिपयले क्षणिक मनोरञ्जनका लागि प्रेम गरिरहेका हुनसक्छन् । अहिले त शरीरिक सम्बन्धका लागि जोडी बनाउने चलन छ । कतिले लहडमा प्रेमी, प्रेमिका बनाउँछन् कतिले देखासेखीमा, कतिले आफ्नो सुरक्षाका लागि पनि यस्तो जोडी बाँध्ने गरेको पाइन्छ यसले समाज, परिवार र तपाईलाई पनि ठुलो हानि गर्नेछ । जीवनमा कहिले सुख हुने छैन, भौतिक रुपले सुख भए पनि तपाईको मनमा जहिले त्रास हुनेछ ।

कस्ता प्रेमी, प्रेमिकासँग जीवन बिताउन सकिन्छ ?
यदि प्रेमी, प्रेमिकाले आफ्नो हरेक कुरामा चासो रख्छ, स्वास्थ्यस्थितीमा ख्याल राख्छ, पारिवारिक कुरा जान्न उत्सुक रहन्छ, करियरका लागि सरसल्लाह दिन्छ भने उनीहरु भावी जीवनसाथीको रुपमा स्विकार्न सकिन्छ ।

आफ्नो व्यक्तिगत जीवनमा कुनै न कुनै रुपमा सहयोग एवं सहकार्य गर्ने, दुखसुख साझेदार गर्ने प्रेमी र प्रेमिकासँग बिवाह भएमा त्यस किसिमको दाम्पत्य सम्बन्ध सुमधुर हुन्छ ।

आफ्नो स-सानो कुरामा ख्याल राख्ने, कस्तो लुगा सुहाउँछ र कस्तो सुहाउँदैन, के खायो, के खाएन भन्ने कुरामा यदि चासो राख्छन् र सही परामर्श दिने गरेका छन् भने त्यस्ता प्रेमी र प्रेमिका जीवनसाथीको रुपमा उपयुक्त हुन्छन् ।

बिवाह जीवनको यस्तो मोड हो, जहाँबाट गृहस्थी जीवनमा प्रवेश गरिन्छ । गृहस्थी सुखका लागि पति, पत्नीबीच आपसी समझदारी, सहकार्य, सद्भाव, प्रेम, सदिच्छा, विश्वास हुनुपर्छ । यसकारण आफ्ना पार्टनर कस्ता छन् भन्ने कुरा बिवाहअघि नै थाहा पाउनुपर्छ ।

अक्सर प्रेम सम्बन्धमा रहँदा आफ्ना पार्टनरको आनीबानी, चालचलन, प्रवृत्ति, सोंच, चिन्तन सबै कुरा थाहा पाउन सकिन्छ । त्यसैले प्रेम सम्बन्धमा रहेकै बेला यी कुराहरु थाहा हुनुपर्छ । किनभने बिवाह गरिसकेपछि फेरी त्यस्तो अवसर पाइँदैन ।

महिलाको व्यक्तित्वको बारेमा जान्ने इच्छा हरेक पुरुषमा हुने गर्दछ । त्यसमा पनि भन्ने गरिएको छ कि पूरुषहरुको दिमागमा हर हमेशा महिलाको बारेमा कुरा खेलिरहेको हुन्छ । आकृति विज्ञान एउटा यस्तो अध्ययन हो जसबाट महिलाको शरीरको अंङ्ग तथा चालढालबाट व्यक्तित्वको खोजीे गर्दछ । यहाँ हामीले पनि आँखा र नाकको बनावटबाट महिलाको व्यक्तित्व र स्वभाव कसरि जान्ने भन्ने बिषयका केहि टिप्सहरु ।

पहिलो जानौँ कस्ता नाक हुने महिला कस्ता स्वभाबका हुन्छन् ?

  • यदि कुनै महिलाको नाक बीचबाट फैलिएको छ वा अगाडिको भाग अधिक उच्च छ वा अधिक मोटो छ भने यस्ता महिला प्रेम, सहानुभूतिबाट बञ्चित हुन्छन् । यस्ता महिला दुष्ट प्रवृत्ति, चरित्रहीन वा निर्णय लिनमा हतार गर्ने प्रकारका हुन्छन् ।
  • सामान्य लम्बाई तथा सिधा नाक भएका महिलाहरु सुन्दर, बुद्धिमान, मेहनती तथा मिजासिला प्रकारका हुन्छन् ।
  • छोटो नाक भएका महिलाहरु चलाख, चतुर, शरारती हुन्छन् ।
  • यदि एउटी महिलाको नाक सुगाको जस्तो झुकेको छ भने उनी राम्रो स्वभाव, सम्पत्ति मन पराउने, चतुर तथा परिवारको हित चिताउने हुन्छिन ।
  • नाकमा रौं भएका महिलाको स्थिति चतुर र अशुभ हुने गर्दछ।
  • यदि नाकको टुप्पो छोटो छ भने यस्ता महिला दासले झै जीवन बिताउने प्रकारका हुन्छन् । नाकको टुप्पो लामो हुनु उनीहरुको कठोर स्वभावको प्रतिक हो । यदि टुप्पो फैलिएकोछ भने श्रीमानको दीर्घायु हुनुको प्रतिक हो।
  • यदि नाक बढी नै चौडा र मोटो छ भने यस्ता महिलाहरु आलसी, बलियो नेतृत्व, घमण्डी हुन्छन् ।

अब जानौँ कस्ता आँखा हुने महिला कस्ता स्वभावका हुन्छन ?

  • छोटो, सुस्त, उदास स्लेटी रङ्ग, गोलो र परेवाकोजस्तो आँखा भएका महिलाले कुरुपता प्रदर्शन गर्दछन् । यस्ता महिला चतुर हुन्छन् साथै उनीहरु जीवनमा अघि बढ्न चाहँदैनन् ।
  • रातो आँखा भएका महिलाहरु धोकेवाज र बेइमान हुन्छन् ।
  • यदि आँखा निकै लामो तथा हल्का लालिमायुक्त छ भने यस्ता महिला आवेशपूर्ण हुन्छन । यस्ता आँखा भएका महिला समाजमा निकै लोकप्रीय हुन्छन् ।
  • गोलो वा कालो आँखा भएका महिलाहरु निकै सेक्सी हुन्छन् ।
  • सधैं निंदमा झै रहने मदमस्त आँखा भएका महिला विपरीत लिङ्गीप्रति निकै आकर्षित हुन्छन् र चाँडै चरित्र त्याग गर्दछन् ।
  • नरम किनारा वा कालो पलवाला आँखा भएका महिला भाग्यशाली हुन्छन् ।
  • यदि आँखाको किनारमा हल्का रौं छ, आँखामा पँहेलोपन छ भने त्यस्ता महिला बढी विरामी हुन्छन् ।

कतिपय कुरा कसैलाई पनि भन्न नमिल्ने पनि हुन्छ । तर केही यस्ता कुरा छन् जो आफ्नो पार्टनरलाई भन्न छुटाउनु हुँदैन । यस्ता कुरा लुकाउँदा प्रेम जीवननै समस्यामा पर्न सक्छ । तसर्थ सुमधुर सम्बन्धकालागि पार्टनरलाई निम्न कुरा भन्नै पर्ने हुन्छ ।

पार्टनरसँगको अपेक्षा

विवाह नगर्दै पार्टनरसँग आफ्नो केही अपेक्षा छ भने त्यसलाई खुलस्त भन्न सक्नु पर्छ । यदि विवाह भइसक्यो भने पनि पार्टनरबाट आफूले के के अपेक्षा गरेको छ त्यसको बारेमा बताउन ढिलो गर्नु हुँदैन ।

निजी काम र एकान्तता

प्रेम सम्बन्धमा रहिरहदा पनि यदि कुनै निजी काममा जाँदै हुनुहुन्छ भने त्यसबारे पार्टनरलाई बताउन आवश्यक हुन्छ । साथै आफूलाई थोरै अलग राखेर एकान्तता खोज्नु भएको छ भने पनि यसलाई खुलस्त पार्टनरलाई भन्नु पर्ने हुन्छ । ताकी पछि यसका कारण कुनै द्वन्द्व सिर्जना नहोस् र सम्बन्धमा विश्वास रहिरहोस् ।

किनमेल

किनमेलका कुरामा पार्टनरबीच कुराकानी हुनु पर्दछ । साना वस्तु भन्दा पनि ठुलो बजेट वा महंगो चिज किन्दा यसको बारेमा पार्टनरलाई जानकारी गराउने र स्वीकृति लिनु पर्दछ । यसले खर्चको स्रोत र सम्बन्धमा आशंका पैदा हुनबाट बचाउँछ ।

परिवारको स्वभाव

विशेष गरी नयाँ सम्बन्ध गाँसिएपछि आफ्ना परिवारका सदस्यहरूको स्वभाव बारे पार्टनरलाई थाहा हुँदैन । तसर्थ यसबारे समय छँदै पार्टनरलाई सबैको स्वभाव बारे बताउँदा यसले सम्बन्धमा अड्चन आउने खतरा कम हुन्छ ।

यौन सम्पर्क

कहिलेकाहीँ आफूलाई मुड नभएको बेलामा पनि पार्टनरले तपाईँलाई यौन सम्पर्कका बारेमा आग्रह वा कर गर्न सक्छन् । पार्टनरकालागि यो चाहना स्वभाविक भए पनि आफूलाई मुड छैन भने यस बारे खुलस्त भन्नु पर्ने हुन्छ । दुबैजना तयार नभएसम्म गरिने यौनसम्पर्क रुचिकर हुँदैन साथै निरर्थक हुन्छ । त्यसैले यसबारे भन्न अप्ठेरो मान्नु हुँदैन ।

यो संसरमा जे जति छ सबै ईश्वरकै हो । ईश्वरद्वारा नै यो संसारको पनि सृष्टि भएको हो । धनलाई पनि ईश्वरकै अंश संझेर आवश्यकता अनुसार मात्र उपयोग गर्नुपर्छ । जतिले जीवन निर्वाह हुन्छ सो मात्र धनको प्रयोग गर्ने र अतिरिक्त धनका निम्ति लालसा नगर्ने गरियो भने सम्बन्ध दिर्घकाल सम्म रहन सक्छ । केहि धन अरुका निम्ति पनि दान दिने गर्नुपर्छ । अर्काको धनमा आँखा लगाऊन हुदैन । वास्तवमा त्यो धन पनि केवल ईश्वरकै हो यसमा घमण्ड गर्नु व्यर्थ छ ।

जब नाडीका नसा गल्न थाल्छन् अनि सबै कुरा टाढिदैजान्छन् । आफ्नो शक्ति क्षीण भएपछि स्वतः मान्छे निस्तेज र र्किकर्तव्यविमूढ अवस्थामा पुग्छ । त्यसैले ईशावास्योपनिषद्मा कुनै कुरा प्रति पनि आशक्ति नदेखाऊ भनिएको हो । धनको मद पनि व्यर्थ छ । धन वास्तवमा कसैको पनि होइन । हो त केवल ईश्वरकै मात्र हो ।

जसले धन मेरो भन्छ उसले आफ्नो जीवनलाई पनि अवनतिको गतिमा भसाइरहेको हुन्छ । धनको उपयोग न्युनतम आधारभूत आवश्यकता पूर्ति र दानका निम्ति मात्र हो । आफ्नो संझेर होइन ईश्वरको संझेर दान गर्नु पर्दछ । किनकि संसार त केवल ईश्वरको मात्र भन्ने नीति वचन मननीय छ 

धोकेबाज महिलाका सङ्केत

विवाह र परिवार थेरापिस्ट, ‘च्याटिङ अर चिटिङ’ पुस्तकका लेखिका सेरी मायर्सका अनुसार धोकेबाज महिला निम्न सङ्केत देखाउने गर्छन् र सोही सङ्केतका आधारमा आफ्नो महिला साथी, प्रेमिका वा श्रीमती धोकेबाज रहेको नरहेको बुझ्न सकिन्छः

फोनमा अत्यधिक समय व्यतीत
डिजिटल युगमा कम्प्युटर वा फोनको प्रयोगबाट अलग हुन सकिँदैन। त्यसैले यस गतिविधिलाई अस्वाभाविक मान्न सकिँदैन तर यसो भन्दैमा त्यसको अत्यधिक प्रयोग हुनु बिग्रँदै गरेको सम्बन्धको सूचक हुन सक्छ। मानौँ तपाईंको प्रेमिका साथमा छिन्, पहिलेभन्दा लामो अवधिसम्म फोन चलाउँछिन् र बारम्बार मुस्कुराउँछिन् भने तपाईंको प्रेमिकाको जीवनमा कुनै विशेष व्यक्तिको आगमन भइसकेको छ भन्ने अर्थ लाग्छ।

त्यसैगरी मानौँ तपाईंकी प्रेमिका फोनमा कुराकानी गर्दैछिन् र त्यही समय तपाईं त्यहाँ उपस्थित हुनु भयो। यस्तो अवस्थामा तपाईंको प्रेमिकाले बोलीको लवज वा वर्णक्रम परिवर्तन गर्छिन् अथवा फोन अचानक काट्छिन् भने तपाईंबाट प्रेमिकाले केही लुकाउँदैछिन् भन्ने अर्थ लाग्छ।

व्यक्तिगत ठाउँ र समयको माग

तपाईंको प्रेमिकाले अरु पुरुषसँग सम्बन्ध बढाएको अवस्थामा तपाईंको सम्पर्कमा रहन चाहँदिनन । सकेसम्म टाढिन चाहन्छिन । भेटका लागि आग्रह गरे कुनै न कुनै बहानामा भेट्न अस्वीकृति जनाउँछिन्। कहिलेकाहीँ भेट हुँदा फोनका लागि अतिरिक्त सुरक्षा विधि अपनाउँछिन । तपाईंलाई उनको फोन प्रयोग गर्ने अनुमति हुँदैन। तपाईंकी प्रेमिकाले यस्तो गतिविधि देखाउँछिन भने तपाईं धोकामा हुनुहुन्छ। र उनीले तपाईलाइ धोका दिइरहेकी छिन भनेर बुझ्नुहोस् ।

मतभिन्नता उत्पन्न हुँदा सम्बन्धको अन्त्यका विषयलाई प्रवेश गराउनुस् र प्रेमिका को कुरा बुझ्नुहोस्

सम्बन्धमा स–साना मतभेद वा मतभिन्नता सिर्जना हुनु सामान्य हो। यस्तो परिस्थितिमा तपाईंको प्रेमिका सम्बन्ध सुधारमा गम्भीर नभएर झन् थोरै नकारात्मक हुन्छिन् भने उनी सम्बन्धलाई अन्त्य गर्न चाहन्छिन् भन्ने बुझिन्छ। त्यसैगरी कतिपय अवस्थामा मतभेद हुँदा उनी भन्ने गर्छिन्, ‘हाम्रो सम्बन्ध अन्त्य भए के गर्नुहुन्छ ? यदि हाम्रो सम्बन्ध अगाडि बढ्न सकेन भने तपाईंलाई साथीको रुपमा प्रेम गर्नेछु।’ जब तपाईंको प्रेमिकामार्फत यस्ता भनाइ बारम्बार आउँछन्, उनी तपाईंलाई धोका दिँदैछिन् भन्ने बुझिन्छ।

अरु पुरूषसँगको सम्बन्धबारे रक्षात्मक हुनुस्,

मानौँ तपाईंले आफ्नो प्रेमिका वा महिला साथी अरु पुरुषसँग निकट रहेको अनुभूत गर्नुभयो। यस्तोमा तपाईंले त्यस पुरूषसँगको सम्बन्धबारे सोध्नुभयो तर उनी रक्षात्मक भइन्, छोटो स्पष्टीकरण वा अनावश्यक रुपमा अतिरिक्त वर्णन गर्न थालिन् भने उनी धोका दिने पक्षमा छिन् भन्ने बुझिन्छ।

शारीरिक सुन्दरता, रुपरङ र पोशाक

हरेक महिला सुन्दर र आकर्षक देखिन चाहन्छिन्। तपाईंकी प्रेमिका वा महिला साथी शारीरिक सुन्दरता र रुपरङप्रति अति नै सचेत हुन्छिन्, जिम हलमा भर्ना हुन्छिन्, चल्तीका फेसन अनुसरण गर्न लालायित हुन्छिन्, नयाँ–नयाँ डिजाइनका पोशाक खरिदमा पैसा खर्च गर्छिन् र अत्यधिक मेकअप (श्रृङ्गार) गर्छिन् भने उनी कुनै नयाँ पुरुषलाई आकर्षित गर्ने योजनामा छिन् भन्ने बुझिन्छ।

तपाईंको रुप र स्वभावप्रति आलोचनात्मक हुनुस्

कुनै पनि महिला तपाईंको रुप र स्वभाव देखेरै तपाईंप्रति आकर्षित हुन्छिन् र अन्ततः प्रेमिका वा महिला साथी हुन्छिन्। अब तिनै प्रेमिका वा महिला साथी तपाईंको त्यही रुप र स्वभावप्रति आलोचनात्मक हुन्छिन् भने उनी अरु पुरुषसँग नजिक हुन खोज्दैछिन् भन्ने बुझिन्छ।

यौनप्रति रुचि र उत्साहमा घटबढः

तपाईंकी प्रेमिका वा महिला साथीले तपाईंप्रति देखाउने यौनिक गतिविधि दुई किसिमका हुन सक्छन्। एक, तपाईंसँग शारीरिक घनिष्ठता अथवा यौनका लागि सहजै उपलब्ध नभइदिनु, स्नेही नहुनु तथा भावनात्मक सम्बन्ध मजबुत नहुनु। दुई, अचानक कामुक भइदिनु, ओछ्यानमा नयाँ यौन स’म्पर्क गर्ने तरिका परीक्षण गर्न अग्रसर हुनु। यदि तपाईंकी प्रेमिका वा महिला साथीले यी दुईमध्ये कुनै एक यौनिक गतिविधि देखाउँछिन् भने उनको धोखा दिने मनोभाव छ भन्ने बुझिन्छ।

समय समयमा तेस्रो व्यक्तिको उल्लेख

सम्बन्धमा विचार आदनप्रदान हुनु राम्रो हो। यद्यपि तपाईंकी प्रेमिका वा महिला साथीले एकै पटक दुई व्यक्तिलाई प्रेम गर्न सकिने वा नसकिने भनेर जिज्ञासा राखिन् र तपाईंको विचार जान्न चाहन्छिन् भने त्यो राम्रो सङ्केत होइन। उनी अरु पुरुषप्रति पनि उत्तिकै आकर्षित हुँदैछिन् र सम्बन्ध जोड्न चाहन्छिन् भन्ने बुझिन्छ।

अरु पुरुष साथीसँग आकर्षण बढ्दै गएको र तपाईंलाई त्यसको अनुभूति हुनुः
तपाईंकी प्रेमिका वा महिला साथीले अरु पुरुषसँग सम्बन्ध राखेको अवस्थामा निम्न व्यवहार देखाउने गर्छिन्। एक, तपाईं र प्रेमिका एकसाथ हुँदा त्यस पुरुष साथीको आगमनसँगै तपाईंको प्रेमिकाले गर्ने गतिविधि वा व्यवहार परिवर्तन हुनु। दुई, तपाईंसँग संवाद गर्दा प्रेमिकाले त्यस पुरुष साथीको अत्यधिक आलोचना गर्नु ताकि तपाईंमा प्रेमिकाप्रति कत्ति पनि शंका उत्पन्न नहोस्।

महिलालाई कसरी वफादार बनाउने ?

महिला साथी, प्रेमिका अथवा श्रीमतीलाई सम्बन्धमा वफादार बनाउने प्रक्रियामा सर्वप्रथम महिला धोकेबाज हुनुको मुख्य कारणहरू केलाउनुपर्ने हुन्छ। यति मात्र होइन, महिलाले धोका दिँदै गर्दा देखाउने सङ्केतहरूबारे पनि सचेत रहनुपर्ने हुन्छ। अनि त्यसपश्चात् निम्न विधि अवलम्बन गर्न सकिन्छः

(क) नियमित यौन:

सम्बन्धमा यौनको भूमिका महत्वपूर्ण रहन्छ। महिला वास्तविक पुरुष अर्थात् असली मर्दप्रति नै आकर्षित हुन्छन् र सम्बन्धमा रहन्छन्। उनीहरु सम्बन्धमा बसेपछि यौन प्रचुरता चाहन्छिन । उच्च स्तरको यौन प्रदर्शन अपेक्षा राखेका हुन्छन्। त्यसैले महिला साथी, प्रेमिका अथवा श्रीमतीसँग नियमित यौन सम्पर्क राख्नु बुद्धिमानी रहन्छ। यौन सम्पर्क राख्ने भन्दैमा मुडअनुसार त्यसतर्फ अग्रसर हुनु फलप्रद हुन सक्दैन। महिला साथीको पनि मनोभाव बुझ्न सक्नुपर्छ। यौन सम्पर्क राख्ने वातावरण सिर्जना नभए यौनमा विविधता ल्याउने कोसिस गर्नुपर्छ।

(ख) सशक्त संवाद:

सम्बन्ध सधैँ सुमधुर नहुन सक्छ। विभिन्न उतारचढाव र जटिलताहरु उत्पन्न हुन सक्छन्। यस्तोमा एकले अर्कालाई दोषारोपण गर्नु, अवमूल्यन गर्नु मुर्खता हो। त्यसैले ती यावत् उतारचढाव र टिलताहरू समाधान गर्न सशक्त संवाद गर्नुपर्ने हुन्छ। यसका लागि सुनाउने भन्दा पनि धेरै सुन्ने बानीको विकास गर्नोस्। प्रेमिकालाइ के–कस्ता समस्या आइपरेका छन्, ती सबै सुन्ने गर्नोस्। भावना र अभिप्राय बुझ्ने कोसिस गर्नोस्। जब तपाईं प्रेमिका अथवा श्रीमतीलाई गम्भीरतापूर्वक सुन्नुहुन्छ, उसले प्रेम अनुभूत गर्छिन र धोका दिँदिनन ।

(ग) खुसीको स्तर बढाउने:

हरेक महिलाको निश्चित अपेक्षा, आवश्यकता हुन्छन्। ती अपेक्षा, आवश्यकता पूर्ति नभएको खण्डमा दुःखी हुन्छन्। सम्बन्धमा खुसी हुन सक्दैनन्। त्यसैले महिला साथी, प्रेमिकाको अपेक्षा, आवश्यकता बुझ्ने कोसिस गर्नोस्। अनि क्षमताले भ्याएसम्म ती अपेक्षा, आवश्यकता पूर्ति गर्नोस्। यद्यपि त्यसो गर्न नसकेको अवस्थामा केही समय प्रतिक्षा गर्न आग्रह गर्नोस्।

प्रेमिकाको व्यक्तित्व प्रकार पहिचान गर्नोस्। सहमतता हो कि कर्तव्यनिष्ठ, बहिर्मुखी हो कि विषाक्त वा खुला मस्तिष्कको व्यक्तित्व प्रकार हो, त्यो पहिचान गरेर सोहीअनुरुप व्यवहार गर्नोस्। त्यसैगरी प्रेमिकाको प्राथमिक प्रेम भाषा पहिचान गर्न प्रयासरत हुनुस । गुणवत्ता समय हो कि प्रशंसा, शारीरिक स्पर्श हो कि सेवा उन्मुख कार्य वा उपहार ग्रहण गर्नु हो, त्यो पहिचान गरेर सोहीअनुरुप प्रेम व्यक्त गर्नोस्। यसो गर्नाले सम्बन्धमा खुसीको स्तर बढ्छ धोका दिने सम्भावना न्यून रहन्छ।

(घ) व्यक्तिगत तथा व्यावसायिक स्तर बढाउनेः

महिला सामाजिक एवं आर्थिक सुरक्षाको सुनिश्चितता चाहन्छन्। अन्यथा कुनै पनि बेला धोका दिन सक्छन्। सामाजिक र आर्थिक सुरक्षाको सुनिश्चितताका लागि व्यक्तिगत तथा व्यावसायिक स्तर बढाउनुपर्ने हुन्छ। यसका लागि व्यक्तित्व विकास कार्यमा संलग्न हुनोस्। करिअर निर्माण, व्यावसायिक सफलता र आर्थिक हैसियत बढाउन कठोर मिहिनेत गर्नोस्। कुनै पनि हालतमा तपाईंको व्यक्तिगत, व्यावसायिक र आर्थिक हैसियत प्रेमिका अथवा श्रीमतीको भन्दा अत्यधिक कम हुनु हुँदैन। कहिल्यै पनि प्रेमिका अथवा श्रीमतीमा निर्भर नहुनुस्। केही जानी प्रेमिका अथवा श्रीमतीको हैसियत तपाईंको भन्दा उच्च रहे त्यसमा दुःखी होइन खुसी हुनोस्।
यसो गर्नाले सम्बन्ध मजबुत हुँदै जान्छ र सम्बन्धमा धोका हुँदैन।

बिभिन्न सामाजिक संजाल मार्फत कलेक्सन गरिएको