धुनीबेशी–४ का वडाध्यक्ष सहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारि

-


     सुचनाको हक     
     मंसिर २३ गते २०८१ मा प्रकाशित


धादिङको धुनीबेशी नगरपालिका–४ का वडाध्यक्ष र सचिवसहित लगायतलाई जिल्ला अदालत धादिङबाट पक्राउ पुर्जी जारी भएको हो । उनीहरू विरुद्ध १२ मंसिरमा अदालतबाट पक्राउ पुर्जी जारी भएको धादिङ प्रहरी स्रोतले बतायो ।

जमुना परियारको जेठाजु गणेश परियारको किटानी जाहेरिमा निजहरुलाई पक्राउ पुर्जी जारि भएको र सूचना चुहिएको कारण र प्रहरीले समयमै पक्राउ नगरेको कारण वडा अध्यक्ष लगायत फरार रहेका छन्

पक्राउ पुर्जी जारी हुनेहरूमा वडाध्यक्ष हरिप्रसाद सुवेदी, वडासचिव मिलन कुमार सुवेदी, उक्त वडाका अर्का कर्मचारी निर्मल गौतम, धादिङकै थाक्रे गाउँपालिका–८ का २९ वर्षीय रविन्द्र तामाङ, धुनीवेशी–४ का ३० वर्षीय राजु तामाङ, धुनीवेशी–४ कै ५५ वर्षीय मदन दमाई र काठमाडौंको तार्केश्वर नगरपालिका–४ पुरोना गुहेश्वरी बस्ने ३६ वर्षीय जमुना परियार छिन् । यसमध्य कार्यालय सहयोगी निर्मल गौतम शुक्रबार पक्राउ परेका छन्

उनीहरूविरुद्ध कीर्तेको कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो बिहिबार कार्यालयमा नै बैठक बसेको र आफु हरु बिरुद्ध पक्राउ पुर्जी जर् भएको कुरा वडा अध्यक्षले केहि सदस्यलाई बताएका थिए ।

उनीहरूविरुद्ध सरकारी कागजात कीर्ते गरेको आरोप छ । प्रहरी स्रोतका अनुसार पक्राउ पुर्जी जारी भएकी जमुना परियारको छोराको उमेर बढाएर दोस्रो जन्मदर्ता बनाइएको थियो ।

जमुना र नाबालक छोराको नाममा जग्गा रहेको र उक्त जग्गा बेच्नका लागि कीर्ते जन्मदर्ता बनाएर नाबालकलाई साबालक बनाइएको थियो । त्यसपछि साबालक छोराको समेत अनुमति भनेर करोड भन्दा बढी मूल्यको जग्गा बेचेको खुलेको एक अनुसन्धान अधिकृतले बताए ।

यसवापत यो समूहले केही रकम समेत लिएको प्रहरीको भनाई छ । ‘मिलेमतोमा नाबालकलाई साबालक हुनेगरी जन्मदर्ता बनाइए जग्गा बेचबिखन गरेर रकम समेत बाँडफाँड गरिएको भन्ने सूचना छ । यसबारेमा प्रतिवादीहरुलाई पक्राउ गरेपछि सत्यतथ्य पत्ता लाग्ला,’ एक अनुसन्धान अधिकृतले भने ।

यता पक्राउ पुर्जी जारी भएपछि वडाध्यक्ष सुवेदी भने मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन् । जमुना का श्रीमान् कान्छो रहेको र उहाको देहाबसन् भएको अवस्थामा छोराको लागि समेत भनि राख्देको जग्गा मिलेमतोमा बिक्रि गरि छोरालाई सुकुम्बासी बनाउन लागेको भनि माइलो बुवाले किटानी जाहेरी दिएको बुझिन्छ । वडा सचिब मिलन कुमार सुबेदी हिजो देखि नै सचिब को रुपमा रहेका र साबिक जीवनपुर गाविसकै भएको कारण उनीले समेत नरोकेकोमा आफन्त चिन्तित रहेका छन् ।