सूचना आयोग को उपस्थिति स्थानीय तहमा देखिन थाल्यो

-


     सुचनाको हक     
     फागुन २३ गते २०७८ मा प्रकाशित


राष्ट्रिय सूचना आयाेगले स्थानीय तह केन्द्रित भएर कार्यक्रम शुरु गरेको छ । स्थानीय तहका जनप्रतिनिधि , कर्मचारी र समूहहरुसंग को छलफललाई ब्यापक रुपमा आयोग ले अगाडी बढाएको छ । प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरुङ आफै पालिका सम्म पुगेर जनचेतन जगाउन सक्रिय रुपमा अगाडी बढ्नु भएको छ । आयोगले केहि काम गर्न नसकेको आरोप आयुक्तहरुलाई आइरहेको बेला माइ नगरपालिकाका जनप्रतिनिधी कर्मचारी नागरिक समाज सूचनाकाे हकका अभियन्ता तथा स‌चारकर्मीका लागि सूचनाकाे हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोगले सम्पन्न गरि आयोग को उपस्थिति तल सम्म रहने कुरालाई पुस्टि गरेको छ । कार्यक्रममा नगरपालिका मेयर दिपक थेवे आयाेगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ र सचिव, प्रमुख प्रशासकिय अधिकृत, अभियन्ता र नागरिक समाज को उपस्थिति रहेको थियो ।