जिल्ला सिरहा, राजपुर गा.वि.स.का सचिव केशव घिमिरेले आ.व. २०६९/०७० र २०७०/०७१ को आन्तरिक आयतर्फ गा.वि.स.मा आम्दानी भएको बिभिन्न शिर्षकको रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा साविक गा.वि.स. राजपुरका तत्कालीन सचिव केशव घिमिरेले सामाजिक सुरक्षा भत्ता, आन्तरिक आय बैंक दाखिला गर्नुपर्ने रकम, सिलाइकटाई तालिमको लागि लिएको पेश्की, दलित दलान निर्माणमा बिलभन्दा बढी भुक्तानी, विद्युत पोल खरिदमा बिल बमोजिमको समाग्री प्राप्त नभई भुक्तानी गरेको रकम, अर्को गा.वि.स.को कार्यालय अर्नमा प्र.रा.को रकम, सामाजिक सुरक्षा भत्ताको आ.व. २०७२।०७३ को दोस्रो किस्ताको रकम बैंकबाट झिकी वितरण नगरेको, कुनै श्रेस्ता बिल भरपाई नराखी खरिद आदेश, दाखिला आदेशसमेत नराखी चेक काटेर शीर्षक नखुलेको स्टेशनरी, कार्यालय संचालन खर्च, विकास निर्माणसमेतका शीर्षकहरुमा जम्मा रु. २४,९२,५१०।५ हिनामिना हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रु.२४,९२,५१०।५ (चौबीस लाख बयानब्बे हजार पाँच सय दस रुपैयाँ पचास पैसा) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा १ र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुन तथा निजले अन्य सामाग्री खरिद समेतमा जम्मा रु. २,६७,०२६।- झुठा बिल पेश गरी भुक्तानी लिने/दिने गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर भएकोले निजलाई बिगो रु. २,६७,०२६।- कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय मागदाबी लिइएको छ ।
गा.वि.स. राजपुरको तत्कालीन खाता संचालक सामाजिक विकास अधिकृत अरुण शाहले दलित दलान र विद्युत पोल खरिदमा भएको हिनामिना रकम रु. ६०,३२३।५० हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रु.६०,३२३।५० कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन तथा अन्य सामाग्री खरिदसमेतमा जम्मा रकम रु.२,६७,०२६।- (दुई लाख सत्सठ्ठी हजार छब्बीस रुपैया) रकम झुठ्ठा बिल पेश गरी भुक्तानी लिने/दिने गरेको कार्य सोही ऐनको दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर भएकोले निजलाई बिगो रु.२,६७,०२६।- कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
यसैगरी गा.वि.स.को कार्यालय अर्नमा प्र.रा.का खाता संचालक शिवजी कामती (अधिकृत छैठौं, सि.अ.हे.व.) कल्याणपुर नगरपालिका सिरहा) ले शीर्षक नखुलेको, स्टेशनरी, कार्यालय संचालन, विकास निर्माण रकम गरी जम्मा रु.२,८१,००२।- हिनामिना गरेको पुष्टि हुन आएकोले निज तत्कालीन खाता संचालक शिवजी कामतीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निजलाई बिगो रु. २,८१,००२।- (दुई लाख एकासी हजार दुई रुपैयाँ) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा १ र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
साथै साविक अर्नमा प्र.रा.को हिनामिना भएको रकम मध्ये प्रतिवादी केशव घिमिरे मात्रले हिनामिना गरेको रु. १९,८४,८७५।- निज प्रतिवादी केशव घिमिरेबाट र केशव घिमिरे र प्रतिवादी शिवजी कामतीले हिनामिना गरेको रकम रु.२,८१,००२।- दुवै प्रतिवादीहरुबाट साविक अर्नमा प्र.रा. गा.वि.स.को हाल कायम स्थानीय तहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम दिलाई भराई पाउन तथा साविक राजपुर गा.वि.स.को हिनामिना भएको रकममध्ये प्रतिवादी केशव घिमिरे मात्रले हिनामिना गरेको रकम रु. १,६६,३१०।- निज केशव घिमिरेबाट र केशव घिमिरे र प्रतिवादी अरुण शाहले हिनामिना गरेको रकम रु. ३,२७,३४९।५० निज दुवै प्रतिवादीहरुबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र दफा ८(१) बमोजिम साविकको राजपुर गा.वि.स.को हाल कायम स्थानीय तहलाई दिलाई भराई पाउन समेतको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम बिशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
हल्दिबारी वडा नम्बर २ मा सिलाइबुनाइमा भएको घोटालाको बिषय भने अहिले सम्म बाहिर आएको छैन । स्मरण रहोस गहुको बिउ खरिद मा समेत घोटाला भएको स्थानीयको आरोप लागेको हल्दिबारिमा सुशासन कायम हुन् सकिरहेको छैन सूचना अभियन्ता इस्वरा तिवारी, सुदिप गिरि, र दीपक जी हरु निरन्तर हल्दिबारी सुधार अभियान मा लागिरहनुभएको छ भोतिभोजा श्रेष्ठ हरुको निरन्तर खबरदारी को बिच पनि हल्दिबारिको भ्रस्टाचार भने कम भएको छैन ।