सूचना नदिने धरान उपमहानगरपालिका का कार्यकारी लक्ष्मी प्रसाद पौडेललाई १० हजार जरिवाना सहित विभागीय कारबाही को निर्णय भएको छ

-


     सुचनाको हक     
     चैत्र १९ गते २०७८ मा प्रकाशित


धरान उपमहानगरपालिका कार्यकारी लक्ष्मी प्रसाद पौडेल

एमालेले जितेको धरान उपमहानगरपालिका मा हाल मेयर नेपालि कांग्रेश का तिलक राइ हुनुहुन्छ भने उपमेयर एमालेबाट निर्बाचित मन्जु भण्डारी हुनुहुन्छ l यो बिषयमा मेयर तिलक राइलाइ सोध्दा आफुलाई कुनै जानकारी नभएको बताउनुभयो भने कार्यकारी लक्ष्मीप्रसाद पौडेल संग सम्पर्क गर्दा आफुलाई थाहा नभएको के रहेछ कार्यालय पुगेपछि थाहा हुने बताउदै नियम अनुसार जरिवाना तिर्न पर्ने भए कारबाही भोग्न पर्ने भए गरौला तर आफु आएको बल्ल केहि महिना मात्र भएको कारण आफुलाई बिस्तृत थाहा नभएको बताउनुभयो l कार्यकारी पटक पटक परिबर्तन भएको कारण कारबाहीमा समस्या भएको ले धेरै पटक पत्राचार गर्नुपरेको आयोगले बतायो l आयोगका अनुसार सूचना पाउने नागरिकको मौलिक हक हो यो हक को सम्मान नगर्नेलाई कारबाही गर्न कुनै कसुर आयोग ले राख्ने छैन l हाललाई १० हजार जरिवाना र विभागीय कारबाहीको लागि संघिय मामिला मन्त्रालय लाइ पत्राचार गरिने गरि आयोगले निर्णय गरको छ l सूचना जसले नदिएको भएपनि अन्तिममा त्यो बेलामा जो कार्यकारी छ उसैलाई दण्ड दिने गरिएको पाइन्छ यसरी दण्डित भएका स्थानीय पालिका का जनप्रतिनिधि बिशेस गरि प्रमुख र उपप्रमुख लाइ समेत चुनाब मा उठ्न नपाउने र अन्य संघ संस्थामा रहन नपाउने ब्यबस्था समेत कानुन मा हुन् पर्ने कुरा सूचनाको हकका लागि राष्ट्रिय महासंघ कि केन्द्रीय कोषाध्यक्ष दुर्गा आचार्य बताउनुहुन्छ l स्थानीय पालिकाको बिज्ञ उहाका अनुसार स्थायी नेतृत्व जनप्रतिनिधि भएको हुँदा उनीहरुलाई पूर्ण छुट को कल्पना गर्न नसकिने कुरा ब्यक्त गर्नुहुन्छ l केहि समय अगाडी मात्र पालिकाको कार्यकारी भएर आफु आएको र यो बिषयमा पूर्ण ज्ञान आफुलाई नभएको कुरा समेत पौडेल ले व्यक्त गर्नुभयो l

सात दिनको समय सिमा भित्र सूचना नदिने कार्याकरी सरुवा भएर गए पनि निजलाई समेत कारबाही हुनुपर्ने कुरा सूचनाका हकका राष्ट्रिय महासंघ का उपाध्यक्ष दीपक आचार्यको जिकिर रहेको छ