“नागरिकले मतदानको माध्यमबाट आफ्नो अधिकार प्रयोग गर्छन् । निर्वाचन भनेको मतलाई सिटमा रुपान्तरण गर्ने विधि र तरिका हो । निर्वाचनको प्रकृति अनुसार विधि र तरिका पनि फरक फरक हुन सक्छन् । त्यसलाई हामी निर्वाचन प्रणाली भन्ने गर्छौं ।
१ छनोट गरिएको निर्वाचन प्रणालीबाट मतदाताले खसाएको मतलाई संख्या परिणत गर्छ । हारजितमा रुपान्तरण गर्छ ।” “निर्वाचनको आवश्यकता अनुसार निर्वाचन प्रणाली निर्धारण हुन्छ । निर्वाचन प्रणालीका विधि तयार गर्न केही आधारहरू लिइएको हुन्छ ।”
२ त्यस्ता आधारहरू मध्ये एउटा आधार भनेको– ‘देशको भौगोलिक, सामाजिक, सांस्कृतिक र शैक्षिक स्थिति हो । अर्को आधार– ‘उपलब्ध प्राविधिक, प्रशासनिक तथा आर्थिक स्रोतहरू पर्छन् ।’ न्यूनतम सिट निर्धारण र न्यूनतम प्रतिशत मत चाहिनु पनि आधार हो । त्यस्तै निर्वाचनका प्रतिस्पर्धी राजनीतिक दल, दलका उम्मेद्वार वा स्वतन्त्र उम्मेद्वारहरू पनि आधार हुन् । मूलतः निर्वाचन क्षेत्रको आकार, मतपत्रको ढाँचा, र निर्वाचन सुत्र (मतपत्रहरू) सिटमा रुपान्तरण गर्ने तरिकालाई निर्वाचन प्रणाली तय गर्ने मुख्य तीन आधार मानिन्छ । यसैगरी, दर्ता भएका मतदाताका आधारमा प्रतिनिधिहरूको अनुपात, महिला तथा अल्पसङ्ख्यकको अनिवार्य प्रतिनिधित्व र लोकतन्त्रको अवस्था पनि निर्वाचन पद्धतिका आधार हुन् ।” बढीमत र बहुमत निर्वाचन प्रणाली सामान्यतः उस्तै देखिन्छ तर त्यस्तो होइन ।
“बढीमत भनेको निर्वाचनमा अरु उम्मेद्वार भन्दा एक वा एक भन्दा बढी मत ल्याएमा विजयी हुने प्रणाली हो । बहुमत प्रणालीमा भने, कुल खसेको सदर मतको आधा भन्दा बढी मत (पचास प्रतिशत भन्दा माथि) ल्याउने वा बहुमत पाउने उम्मेद्वार विजयी हुनु हो “उठेका उम्मेद्वारहरू मध्ये जसले सदर मतको सबै भन्दा बढी मत पाएको हुन्छ उसलाई विजयी घोषणा गरिन्छ । यो प्रणाली एक सदस्यीय निर्वाचन क्षेत्रमा लागु हुन्छ ।” यो प्रणालीमा सदर मतको पूर्ण बहुमत नभए पनि अरूभन्दा बढी मत प्राप्त गर्ने उम्मेद्वार विजयी हुन्छन् । साथै मतदाताले राजनीतिक दललाई नभई उम्मेद्वारलाई मत दिन्छन् । नेपालको प्रतिनिधि सभा २ सय ७५ सिटको हुन्छ । त्यसको १ सय ६५ स्थानको र प्रदेश संसदका लागि कुल सदस्यको ६० प्रतिशत स्थानको चुनाव यसै पद्धतिबाट गरिन्छ । साथै स्थानीय तहको निर्वाचन पनि यसै निर्वाचन प्रणालीबाट निर्वाचन गरिन्छ ।” दुई चरण प्रणाली अन्तर्गत चरण चरणमा निर्वाचन हुन्छ । पहिलो चरणको निर्वाचनमा कुल मतको ५० प्रतिशत भन्दा माथि मत पाउने विजयी हुन्छ । सो मत ल्याउन नसकेमा फेरि निर्वाचन गर्नु पर्छ । यसरी दोस्रोपटक निर्वाचन गर्दा, पहिलो निर्वाचनमा मत ल्याउने मध्ये पहिलो र दोस्रो हुने उम्मेद्वार बीच मात्र प्रतिस्पर्धा हुन्छ । ती दुई मध्ये जसले कूल मतको पचास प्रतिशत भन्दा बढी मत प्राप्त गर्छ उसैले जित्छ । नेपालको राष्ट्रपति निर्वाचन यही निर्वाचन पद्धतिको आधारमा गरिन्छ । समानुपातिक प्रतिनिधित्व प्रणाली अन्तर्गत सम्पूर्ण मुलुकलाई एक निर्वाचन क्षेत्र मानिन्छ । संविधानले एकमुष्ट सिट तोकिदिएको हुन्छ । देशको कानुनमा नै महिला, दलित, उत्पीडित लगायतका अन्य समूहहरू समेतको समानुपातिक प्रतिनिधित्व हुने व्यवस्था गरिएको हुन्छ । उम्मेद्वारको नाम दलहरूले बन्द सूचीमा निर्वाचन अगावै निर्वाचन आयोगमा पठाउँछन् ।” “देशभरबाट प्राप्त सदर मतलाई कूल सिटमा भाग गरिन्छ । त्यसबाट प्राप्त प्रतिशतको आधारमा दलले पठाएको बन्द सूचीमा रहेको प्राथमिकताको क्रम अनुसार निर्वाचित हुन्छन् । प्रतिशत पुगेका दलका उम्मेद्वार विजयी घोषणा गरिन्छ । नेपालको संघीय संसदको २ सय ७५ सिट मध्ये १ सय १० सिटको निर्वाचन समानुपातिक निर्वाचन पद्धति अनुसार गरिन्छ । त्यसैगरी प्रदेश सभाका २२० सीटहरू पनि यस्तै विधि अपनाएर निर्वाचन गरिन्छ । प्रदेशको हकमा भने दलले प्रदेश भरिबाट प्राप्त गरेको कूल मतको आधारमा सीट निर्धारण हुन्छ । ” “कानुनले व्यवस्था गरे अनुसार राजनीतिक दलले उम्मेद्वारको नाम समावेश गरी आयोग समक्ष पेश गरेको सूची नै बन्द सूची हो । दलहरूले आयोग समक्ष पेश गरेको अन्तिम उम्मेद्वारको नाम भएको सूची उपर कसैले थपघट वा परिवर्तन गर्न पाउँदैन । त्यसैले यसलाई बन्द सूची भनिएको हो । उम्मेद्वारको बन्द सूचीमा रहेको नामावली निर्वाचन आयोगले सार्वजनिक गर्नेछ ।” कस्तो भोगोलिक अवस्था र वातावरण कस्तो छ भन्ने जस्ता कुराले खुला सूचीमा मतदानमा प्रभाव पर्छ । यिनै कुरालाई दृष्टिगत गरी मतदाताको योग्यता, अधिकार, दायित्व र कर्तव्य समेत किटान गरिएको हुन्छ । नेपालमा मतदाता हुनका लागि पुग्ने योग्यता भनेको नागरिकता प्राप्त गर्नु हो । व्यक्ति १६ वर्ष उमेर पुरा भएपछि मात्र मतदाता नामावलीमा नाम दर्ताका लागि योग्य मानिन्छ । मतदाता नामावलीमा नाम दर्ता गरेको व्यक्ति १८ वर्ष पुरा गरेपछि मतदाता बन्न पाउनेछ । मतदाताका लागि कुनै गाउँपालिका वा नगरपालीकामा स्थायी बसोबास गरेको हुनुपर्छ । मतदाताको अधिकार तथा कर्तव्य कानुनले तोकेको हुन्छ । “निर्वाचन भनेकै परिणाममूखी व्यवस्था हो । यसले निश्चित परिणाम प्रदान गर्छ । निर्वाचन गर्नुपर्ने आवश्यकताको प्रकृति अनुसार निर्वाचन पद्धतिले स्वच्छ, निष्पक्ष निर्वाचनका लागि सहयोग गर्छ । यसका बारेमा जानकारी राख्नु निर्वाचन शिक्षाको महत्वपूर्ण पक्ष रहन्छ । दोहोरो नाम दर्ता नगर्ने, फर्जी मतदान नगर्ने, नगराउने । स्वतन्त्र, निष्पक्ष एवं विश्वसनीय निर्वाचन सम्पन्न गराउन निर्वाचन व्यवस्थापन निकायलाई सहयोग गर्ने । मतदादा नामावलीमा आफु र आप्mनो परिवारको नामावली दर्ता गर्ने र गराउने । राजनीतिक दलको घोषणा पत्रको अध्ययन विश्लेषण र तुलना गरी मत दिने दल वा उम्मेद्वार छनोट गर्ने । मतदानमा भाग लिन, उम्मेद्वार हुन, चुन्न र चुनिन पाउने अधिकारको प्रयोग गर्ने । निर्वाचन हिंसा विवाद न्यूनीकरण गर्न सुरक्षा निकाय, सञ्चार माध्यम र पर्यवेक्षकलाई सूचना उपलब्ध गराउने ”
छलफलका लागि प्रश्नहरू १. निर्वाचन प्रणाली के हो ? २. निर्वाचनको प्रणाली कसरी निर्धारण हुन्छ ? ३. निर्वाचन प्रणालीका विधि तयार गर्ने आधारहरू कस्ता कस्ता हुन्छन् ? ४. निर्वाचन प्रणाली कस्ता कस्ता हुन्छन् ? ५. बढिमत÷बहु मत कस्तो निर्वाचन प्रणाली हो ? ६. समानुपातिक निर्वाचन प्रणाली कस्तो हुन्छ ? ७. पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली कस्तो हुन्छ ? ८. दुई चरण प्रणाली कस्तो प्रणाली हो ? ९. समानुपातिक प्रतिनिधित्व कसरी गराइन्छ ? १०. बन्द सूची भनेको के हो ? ११. खुला सूची भनेर कस्तो सूचिलाई भनिन्छ ? १२. मिश्रित प्रणाली कस्तो प्रणाली हो ? १३. अन्य प्रणालीमा कुन कुन प्रणाली पर्छ ? १४. पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका फाइदाहरू र बेफाइदाहरू के के हुन् ? १५. समानुपातिक निर्वाचन प्रणालीका फाइदाहरू र बेफाइदाहरू के के हुन् ?