आर.के.म्यानपावरमाथि ठगी र तस्करीको आरोप 

-


     सुचनाको हक     
     वैशाख ५ गते २०७९ मा प्रकाशित


आर.के. म्यानपावर ग्रुपका सञ्चालक शीतल यादव(एसपी यादव)ले रजनीतिक शक्तिकेन्द्रको आडमा वैदेशिक रोजगारीमा जानेलाई मानव तस्करी र ठगी धन्दाको माध्यम बनाएको समाचार छ । वैदेशिक रोजगार विभागमा दर्ता कायम रहेको दर्ता नं. ७७५÷०६५÷०६६ म्यान पावरले साउदी अरबस्थित सोफा बनाउने कम्पनीमा काम मिलाइदिने भन्दै ९ जनाबाट जनही २ लाख उठाएर ठगि गरेको हो ।  

यसरी ठगिनेमा रबिन्द्र कुमार दास पासपोर्ट नं. ११२३०७८८, रामचन्द्र दास पासपोर्ट नं.०७०२७८८५, सुरेन कुमार दास पासपोर्ट नं.१०००५३६५१, वीरेन्द्र दास पासपोर्ट नं.०९५६५२१४, शैलेन्द्र कुमार दास पासपोर्ट नं.१२२२७३९०, मुक्तिनाथ कटेल पासपोर्ट नं. Online poker and online slots are played for fun as what casino has crab legs tonight well as a way to make money. ०९०७०२३३, शिव कुमार दास पासपोर्ट नं.१२३३०९७५ अन्य २ जनाको नाम र पासपोर्ट पत्ता नलागेका छन् । एल.टी.नं.२५२१९४, चलानी नं. ६०१६९२२०० श्रम स्वीकृति मिति सन २०२२ फेब्रुअरी २८ बिल्डिङ ओनर जनरल कन्ट्याक्ट इष्ट कम्पनिमा सन् २०२१ नोबेम्बर ३० मा ५० जना नेपाली कामदारहरु पठाउने गरी पूर्व स्वीकृति लिएका थिए । 

ठगिएका व्यक्तिहरु सुनसरी तत्कालीन देवानगंज गाउँपालिका १ मध्यहर्षहीका अन्यन्तै निम्न आय भएका व्यक्ति रहेको बताइएको छ । उनीहरुले आफ्नो जग्गा जमिन साहुलाई बुझाएर साहुबाट ऋण लिई वैदेशिक रोजगारीको लागि साउदी अरब गएका थिए । आफ्ना छोरा साउदी अरबमा अलपत्र परेका थाहा पाएर अभिभावकले यादवको म्यानपावर रहेको रातोपुल स्थित कार्यालयमा पुग्दा कहीं, कतै खबर गरे मारेर खोलामा फालिदने धम्की दिएको पीडितका अभिभावकहरुले जानकारी दिएका छन् । साउदी अरबमा अलपत्र परेका युवाहरुका अभिभावकको मोवाइल नम्बरः ९८२५०२०८९५, ९८०३२९१९१५,९८२६३६१७६९ रहेको बताइन्छ ।

कोभिड १९ यता मेनपावर सञ्चालक यादवले कसैलाई श्रम सम्झौता विपरित त केहीलाई भिजिट भिजामा वैदेशिक रोजगारीमा पठाउँदै आएका छन् । यादवले तराइका गरिब नागरिकलाई खाडी लगायतका मुलुकमा वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने गरेको दशक भन्दा बढी भइसकेको समाचार स्रोत बताउँछ । 

राजनीतिक र प्रशासनिक आडमा यादवले रोजगारीमा जानेसँग लागत खर्च भन्दा तीन दोब्बर रकम लिने गरेको पीडितहरुले जानकारी दिएका छन् । यादवले खाडी र मलेशियामा रोजगारीमा जाने कामदारसँग जनही एक लाख ५० हजार देखि दुई लाखसम्म रकम असुल्ने गरेको आरोप छ । कोभिड १९ का कारण अहिले मलेशियामा कामदार पठाउन उतैबाट बन्द गरेको भएपनि भरखरै खुल्ला गरिएको छ । नेपाल सरकारले कामदारसँग १० हजार भन्दा बढी रकम उठाउन नपाउने व्यवस्था गरे पनि व्यवसायीहरुले सरकारले जारी गरेको ऐन, नियमको उलंघन गर्दै रकम असुल्दै आएको समाचारहरु निरन्तर रुपमा बाहिर आइरहेका छन् । 

मानव तस्करी गरेर सञ्चालक शीतल यादवले छोटो समयमा काठमाडौं उपत्यकामा भव्य तीन महल र महङ्गा बिलासी गाडी खरिद गरी चढदै आएका छन् । यादवको बहुराष्ट्रिय कम्पनीमासमेत लगानी रहेको समाचार स्रोतको दावी छ । 

उनै यादवले तराईका गरीब, निरक्षर नागरिकलाई वैदेशिक रोजगारीमा पठाउने नाममा ठगी गरेर ललितपुरको भैंसेपाटीस्थित निजी जग्गामा ब्लक उद्योग स्थापना गरेको बताइएको छ । रोजगारीमा कामदार पठाए पनि नेपालमा सहमति गरे बमोजिमको सेवासुविधा नपाएर  कयौं अलपत्रमा परेको र रकम असुलेर लामो समय वैदेशिक रोजगारीमा जान नपाएका नेपाली कामदारलाई गुण्डा र प्रशासनको धम्की दिएर थप धम्काउने गरेको समाचार स्रोत बताउँछ । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ, सचिव एकनारायण अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलसँग आफ्नो निकट सम्वन्ध रहेको भन्दै उनीहरुको हवाला दिएर ठग्ने गरेको पीडितहरुले बताएका छन । वैदेशिक रोजगारीमा जाने युवा युवतीको रकम ठगी गरेको भन्दै पीडितहरुले कार्यलय भित्रै तर्साउने र कुटपिट गरे पनि उनको चेत खुल्न नसकेको जानकारस्रोत बताउँछ । 

यादवको ठगी धन्दालाई वैदेशिक रोजगार विभागले कारवाही गर्ने भन्दा पनि प्रोत्साहन गर्ने गरेको पीडितहरुले गुनासो गरेका छन । यादवको मुख्य संचालक रहेको आर.के.म्यानपावरको उजुरी दर्ता हुनु पूर्व नै विभागका केही कर्मचारी, परिसर वरपर लेखनदासको आवरणमा रहेका बिचौलियाले यादवलाई पहिले नै खबर गर्ने गरेको पीडितहरु बताउँछन् ।