तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक्री गरी सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन महेन्द्रनगर नगर विकास समितिका पदाधिकारीहरु तथा कर्मचारीहरुले नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा समितिमा कार्यरत कर्मचारीहरुलाई मिति २०४९।०४।१२ मा नगर विकास समितिका तत्कालीन अध्यक्ष एवं कञ्चनपुर जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको नगर विकास समितिको बैठकको निर्णयलाई तोडमरोड र अपव्याख्या गरी मिति २०६९।०५।०६ मा समितिका तत्कालीन अध्यक्ष पल्टु रानाबाट टिप्पणी सदर गरी गराई समितिमा कार्यरत पुष्पराज भट्टसमेतका कर्मचारीहरुलाई गैरकानुनी रुपमा जग्गाको हक हस्तान्तरण गरेको देखिएकाले सो कार्यमा संलग्न निम्नबमोजिमका तत्कालीन महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष, समितिमा कार्यरत कर्मचारीहरु र सो जग्गा दर्ता स्रेस्ता कायम गर्ने कार्यमा संलग्न मालपोत कार्यालय, कन्चनपुर तथा नापी कार्यालय, कन्चनपुरका कर्मचारीहरुको हकमा देहायबमोजिमको कसुरमा देहायबमोजिमको सजाय मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ ।
Akhatiyar-1