पोखरा महानगरपालिका वडा नं १७ मा चुनावी माहोल तातिरहेको छ । अघिल्लो निर्वाचनमा नेकपा एमालेले बिजय हासिल गरेको भएपनि यो पटक एमाले चुनाव जित्ने कुरामा निस्चिन्त हुन नसकेको देखिएको छ । एमाले उम्मेदवारहरुमा नदेखिएको चमक भने नेकपा माओबादी केन्द्रका उम्मेदवार ओम बहादुर पौडेलमा देखिन थालेको छ । बिहान घरदैलोमा जादै गर्दा उनले एक जना एमालेमा भोट हाल्नुभएकी बृद्ध आमाले आर्शिबाद दिनुभयो । पैसा कमाउने लालच भएको भए त तिमी दरबार बस्थौ तर डिग्री पास गरेर पनि सुकुम्वासीमा छौ । मेरो भोट यो पटक गोलाकार भित्रको हसिया हतौडामा जान्छ , ति बृद्धको कुरा पछि ओम बहादुर पौडेलको अनुहारमा चमक आयो । पहिलोदिन उनिसंग घरदैलौमा ५० जना थिए । तर यो क्रम प्रत्येक दिन बढ्दै गएका छ । अहिले करिव दुई दुई सय जना ओम बहादुरको टिममा घरदैलोमा हिड्ने गरेका छन । अघिल्लो पटक भोट हालेर पछुतो मानेका थुप्रै रहेछन । हामी जनताकोमा जाँदा पो थाहा पायौ । बृद्धभत्ताको लोभ देखाएर भोट हालेको पौडेल सुनाउछन ।
रामेछाप, तामाकोशी, लिंखु गाऊपालिकामा जन्मेका पौडेलले राजनिती शास्त्रमा डिग्री पास गरेका छन । तर उनि भुमिहीनहरुको आन्दोलनमा निरन्तर लाग्छन । सुकुम्वासी हुँ भन्दा लाज मान्नेहरु पनि सुकुम्वासीमा बसेको अनुभव सुनाउदै उनले आफु सुकुम्वासी, भुमिहिन, दलित तथा उत्पीडिहरुको बिचमा रहदा गर्व लाग्ने गरेको बताउछन । उनि वडाअध्यक्षको उम्मेदवार भएको सुन्ने बित्तीकै कास्की जिल्लाका भुमिहिनहरु, मजदुर, किसान, दलित नेताहरु घरमै आएर आर्शिबाद मात्र दिएनन् , चुनावमा लाग्ने खर्च समेत दिन थाले । सुकुम्वासी बस्तीमा पैसा खर्च गरेर भोट खरिद गरिन्छ भन्ने आरोप ब्यापक छ । तर पौडेललाई तिनै भुमिहिनहरुले सहयोग गरिरहेका छन । पैसामा होइन अब ब्याक्ति हेरेर भोट हालिन्छ , एक भुमिहिनले पौडेल संग भने ।
२०३३ सालमा जन्मेका पौडेलले सुकुम्वासीमा किराना पसल बाट गुजारा चलाएका छन । बजारमा बसेपछि पनि सरकारी बिद्यालयमा छोराछोरी किन पढाएको भनेर आफन्तहरुले भन्ने गरेको उनि सुनाउछन । २०५३ सालबाट सुकुम्वासीमा बसोबास गरेका पौडेलललाई मतदाताले बिभिन्न खालका प्रश्नहरु गरेको स्मरण गर्दै वडामा बिजय भएपछि साना साना तर जनतालाई सहज हुने कामको सुधार बाट सुरु गर्ने पौडेलको अनुभव छ । पैसा कमाउनका लागि राजनिती गरेकाहरुलाई पौडेलले नयाँ सन्देश दिएका छन ।