२०० बढी प्रमुख उपप्रमुख दोहोरिए, झण्डै ४०० अस्वीकृत

-


     सुचनाको हक     
     जेठ १० गते २०७९ मा प्रकाशित


स्थानीय तहको प्रमुख/उपप्रमुखबाट राजीनामा दिएर करिव ६०० जना चुनावी प्रतिस्पर्धामा होमिएका थिए । उनीहरुमध्ये करिव एक तिहाई पुन: निर्वाचित भएका छन् भने करिव ४०० लाई मतदाताले अनुमोदन गरेनन् ।

निर्वाचन आयोगको आइतबार अपरान्हसम्मको तथ्यांक हेर्दा, २११ जना प्रमुख/उपप्रमुख पुन: निर्वाचित भएका छन् । नाम र थर लेख्ने क्रममा केही फरक परेकाले यो संख्या केही तलमाथि हुनसक्ने निर्वाचन आयोगका अधिकारीहरु बताउँछन् ।

काभ्रेको पाँचखालमा महेश खरेल, मोरङको रंगेली नगरपनलिकामा दिलीप अग्रवाल लगायतका केही पुन: प्रमुख चुनिएका छन्, जुन तथ्यांक यसमा समावेश छैन । अन्तिम परिणाम आउन बाँकी भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल र ललितपुरको मेयरमा चिरिबाबु महजर्नले फराकिलो अग्रता बनाएका छन् ।

हालसम्म प्राप्त तथ्यांकमा भने अघिल्लो पटक प्रमुख/उपप्रमुख रहेर यो पटक फेरि चुनाव लडेका करिव दुई तिहाईलाई भने जनताले अस्वीकार गरेका छन् । ‘स्थानीय तहमा अधिकार गइसकेपछि जनप्रतिनिधिहरु दोहोरिन खोज्छन् ।

यसअघि २०४८ र २०५४ सालमा पनि यस्तै देखिएको थियो’ स्थानीय शासनविज्ञ डा. श्यामकृष्ण भूर्तेल भन्छन्, ‘त्यतिबेला पहिले (२०४८ सालमा) कांग्रेस र पछि एमालेले एउटा लहर ल्याएको थियो । अहिले त्यो भन्दापति व्यक्तिको पृष्ठभूमि र क्षमताका आधारमा मत गएको छ ।’

स्थानीय तहको प्रमुख दुई पदमा दोहोरिनेमध्ये नेपाली कांग्रेसका ९० जना छन् । माओवादी केन्द्रबाट २८ जना दोहोरिएको देखिन्छ । अघिल्लोपटक एमालेबाट निर्वाचित ५ जना यसपटक एकिकृत समाजवादीबाट निर्वाचित भए । एमालेका अघिल्लो पटक प्रमुख/उपप्रमुख रहेका ७० जना दोस्रोपटक निर्वाचित भए ।

अघिल्लोपटक दलबाट उम्मेदवारी दिएर अहिले स्वतन्त्र रुपमा निर्वाचित भएका एकाध छन् ।

यस्तै नगर र गाउँपालिकामध्ये ४९ नगरपालिकामा मेयर दोहोरिएका छन् भने २९ नगरपालिकामा उपमेयर दोहोरिएका छन् । ८१ गाउँपालिकामा अध्यक्ष दोहोरिएर निर्वाचित भए । उपाध्यक्ष दोहोरिने गाउँपालिकाको संख्या ५२ छ ।

संख्याको आधारमा हेर्दा प्रमुख पदमा पुरुष र उपप्रमुख दलमा महिला बढी दोहोरिएको देखिन्छ । प्रमुख र उपप्रमुख मध्ये एक पदमा महिला अनिवार्य उम्मेदवार हुनुपर्ने व्यवस्थाका कारण अघिल्लोपटक दलहरुले उपमेयरमा धेरै महिला उठाए ।

त्यसअनुसार उपप्रमुख पदमा महिलाको उपस्थिति उत्साहजनक थियो । यसपाली प्रमुख/अध्यक्ष पदमा मात्र होइन, उपप्रमुख पदमै महिलाको उम्मेदवारी कम भयो । दलहरुले चुनावी गठबन्धन गरेर प्रमुख र उप्रमुख फरक फरक दलले लिँदा दुबै पदमा पुरुष नै पुरुषको उम्मेदवारी परेको थियो ।

र, १५० भन्दा बढी पालिकाको प्रमुख र उपप्रमुख दुबै पुरुष चुनिएका छन् । त्यसका बाबजुद केही उपप्रमुख महिला दोहोरिएर जितेका छन् ।

स्थानीय शासनविज्ञ डा. भूर्तेलको विचारमा कतिपय जनप्रतिनिधिलाई स्थानीय तहमै रमाउने स्वभाव हुन्छ । ‘अन्य मुलुकहरुमा पनि मेयर बनेर लामो समय विताएका उदाहरण छन् । उनीहरु त्यही रमाउँछन्, अरु रुची हुँदैन’ डा. भूर्तेल भन्छन्, ‘चार वर्षमा जसले राम्रो काम गरे, ती दोहोरिएका छन् । राम्रो काम गर्न नसक्नेहरुको केही उपाय लागेन । यो एकदमै ठिक भएको छ ।’

दोहोरिने रहर गरेकामध्ये दुई तिहाई पुराना जनप्रतिनिधिमाथि जनताले विश्वास गरेनन् । कतिपय ठाँउमा राम्रा काम गरेकाहरु पनि निर्वाचित हुन नसकेको र कतिपयमा औसतभन्दा कम नतिजा दिएकाहरु पनि तालमेल र अन्य कारणले निर्वाचित भएको उनले बताए । डा. भूर्तेलले भने, ‘अब काम गरिएन भने कुनै दलका कारणले मात्रै जनताले मत दिँदा रहेनछन् भन्ने सन्देश गएको छ ।’

५ जनाले पाए थप जिम्मेवारी

दोहोरिएकामध्ये एकजना महिला मात्रै अघिल्लो र यसपटक पनि प्रमुखमा निर्वाचित भइन् । सिन्धुली सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा बोहरा यसपटकपनि त्यही पदमा निर्वाचित भइन् ।

दोहोरिएकामध्ये पाँच जनाले मात्रै अघिल्लो पटकको तुलनामा यसपटक थप जिम्मेवारी पाए । पाँच महिला उपप्रमुख/उपाध्यक्षहरु यसपटक प्रमुख/अध्यक्षमा निर्वाचित भए । चितवन माडी नगरपालिकाकी उपप्रमुख तारा कुमारी महतो यसपटक प्रमुख निर्वाचित भइन् ।

झापा विर्तामोडीकी उपप्रमुख पवित्रा देवी महतरा यसपटक मेयरमा निर्वाचित भइन् । सिन्धुलीको फक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवार पनि यसपटक अध्यक्ष निर्वाचित भइन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा अघिल्लोपटक उपमेयर रहेकी मोहन माया भण्डारी यस पटक मेयर चुनिइन् । अघिल्लोपटक उपाध्यक्ष भएर यसपालि अध्यक्ष बन्नेमा प्यूठानको गौमुखी गाउँपालिकाका विष्णु कुमार गिरी एक्ला पुरुष हुन् ।

वडाध्यक्षहरु पनि दोहोरिए

अघिल्लो कार्यकालका वडाध्यक्ष/वडा सदस्यहरु माथिल्लो पदमा प्रतिस्पर्धा गरेर निर्वाचित भएकाले दोहोरिने कुल जनप्रतिनिधिको संख्या अझै बढी हुन्छ ।

निर्वाचन आयोगका अधिकारीहरु, हरेक पालिकामा एकाध वडाध्यक्ष दोहोरिएकाले दोहोरिने वडाध्यक्ष कम्तिमा पनि एक हजारको हाराहारीमा हुने अनुमान गर्छन् ।

स्थानीय तहको प्रमुख/उपप्रमुखमा दोहोरिएका जनप्रतिनिधिको विवरण :

क्र.सं.नामजिल्लास्थानीय तहपददलकैफियत
1अंगद कुमार रानाडोल्पाकाईके गाउँपालिकाअध्यक्षएकिकृत समाजवादीयसअघि नेकपा एमाले
2अकली  सहनीसर्लाहीधनकौल गाउँपालिकाउपाध्यक्षनेपाली  काँग्रेस
3अनिता देवी यादवसुनसरीकोशी गाउँपालिकाउपाध्यक्षनेपाली  काँग्रेस
4अन्‍जना कुशवाहासर्लाहीगोडैटा नगरपालिकाउपप्रमुखलोसपा नेपालयसअघि राष्ट्रिय जनता पार्टी नेपाल
5अमर राज माखिमपाँचथरमिक्लाजुङ गाउँपालिकाअध्यक्षनेकपा(माके)
6अमरिता बोहोराडोल्पाजगदुल्ला गाउँपालिकाउपाध्यक्षनेकपा(माके)
7अमृता कुमारी गच्छदारमोरङ्गबुढीगंगा गाउँपालिकाउपाध्यक्षनेपाली काँग्रेसयसअघि मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
8अम्विका कुमारी चलाउनेअछामपञ्चदेवल विनायक नगरपालिकाउपप्रमुखनेपाली काँग्रेस
9अर्जुन गुरुङलमजुंगमर्स्याङदी गाउँपालिकाअध्यक्षनेकपा एमाले
10अर्जुन मावोहाङतेर्हथुमलालिगुँरास नगरपालिकाप्रमुखनेपाली काँग्रेस
11अशोक कुमार ब्याञ्जुकाभ्रेपलाञ्चोकधुलिखेल नगरपालिकाप्रमुखनेकपा एमाले
12अशोक राईभोजपुरआमचोक गाउँपालिकाअध्यक्षनेकपा(माके)
13अातेश कुमार सिहसप्तरीबोदे बरसाइन नगरपालिकाप्रमुखजसपा नेपालयसअघि संघीय समाजवादी फोरम, नेपाल
14आसा तामाङनुवाकोटमेघाङ गाउँपालिकाअध्यक्षनेपाली काँग्रेस
15इन्दिरा तिवारीगोरखाशहिद लखन गाउँपालिकाउपाध्यक्षनेकपा(माके)
16इश्तियाक अहमद शाहबाँकेनरैनापुर गाउँपालिकाअध्यक्षजसपा नेपालयसअघि संघीय समाजवादी फोरम, नेपाल
17उपेन्द्र प्रसाद यादवबारामहागढीमाई नगरपालिकाप्रमुखनेपाली  काँग्रेस
18उमा कुमारी लामामकवानपुरईन्द्र सरोवर गाउँपालिकाउपाध्यक्षनेकपा एमाले
19उमेश प्रसाद भट्टडडेलधुराअजयमेरु गाउँपालिकाअध्यक्षनेकपा(माके)
20उषा देवीसर्लाहीविष्णु गाउँपालिकाउपाध्यक्षनेपाली काँग्रेसयसअघि नेपाल लोकतान्त्रिक फोरम
21ऐयुव अंसारीसुनसरीकोशी गाउँपालिकाअध्यक्षनेपाली काँग्रेस
22कमल बहादूर गडसीलाडोटीबोगटान गाउँपालिकाअध्यक्षनेकपा(माके)
23कमला बस्‍नेतदोलखाभिमेश्वर नगरपालिकाउपप्रमुखनेकपा एमाले
24कर्ण बहादुर मगरसिन्धुलीतिनपाटन गाउँपालिकाअध्यक्षनेपाली काँग्रेस
25कर्ण बहादुर रावलहुम्लाखार्पुनाथ गाउँपालिकाअध्यक्षनेपाली काँग्रेस
26कर्ण सिंह साउदबैतडीशिवनाथ गाउँपालिकाअध्यक्षनेपाली काँग्रेस
27कल्पना नेपालीगोरखाआरूघाट गाउँपालिकाउपाध्यक्षनेपाली काँग्रेस
28कान्छा लाल जिम्वाकाभ्रेपलाञ्चोकमहाभारत गाउँपालिकाअध्यक्षनेकपा(माके)
29कुमारी प्रियंका शाही सिहरुपन्देहीसम्मरीमाई गाउँपालिकाउपाध्यक्षनेपाली काँग्रेस
30कृष्ण कुमारी पोखरेलमोरङ्गलेटाङ नगरपालिकाउपप्रमुखनेकपा एमाले
31कृष्ण प्रसाद शर्माबागलुङवरेङ गाउँपालिकाअध्यक्षराष्ट्रिय जनमोर्चा
32कृष्ण माया बुढाथोकी(खड्का)दोलखाजिरी नगरपालिकाउपप्रमुखनेकपा एमाले
33केशव कुमार श्रेष्‍ठकपिलवस्तुबुद्धभूमी नगरपालिकाप्रमुखनेपाली काँग्रेस
34कैलाश कुमार आलेभोजपुरभोजपुर नगरपालिकाप्रमुखनेपाली काँग्रेस
35कैसाङ नुर्पु तामाङरसुवागोसाईकुण्ड गाउँपालिकाअध्यक्षनेकपा एमाले
36खिम नारायण मानन्धरस्याङ्जाहरीनास गाउँपालिकाअध्यक्षनेकपा एमाले
37खिम बहादुर थापास्याङ्जाकालीगण्डकी गाउँपालिकाअध्यक्षनेकपा एमाले
38गजेन्द्र महर्जनललितपुरगोदावरी नगरपालिकाप्रमुखनेपाली काँग्रेस
39गिता बन्जाराकाभ्रेपलाञ्चोकपनौती नगरपालिकाउपप्रमुखनेकपा एमाले
40गिता विष्‍ट(चौलागाई)रामेछापसुनापती गाउँपालिकाउपाध्यक्षनेकपा(माके)
41गिनु माया थापातनहुँऋषिङ्ग गाउँपालिकाउपाध्यक्षनेपाली काँग्रेस
42गीता देवी तिम्सिनातेर्हथुममेन्छयायेम गाउँपालिकाउपाध्यक्षनेपाली काँग्रेस
43गुमान सिंह अर्याललमजुंगबेसीशहर नगरपालिकाप्रमुखनेकपा एमाले
44गुलाव देवी चौधरीसिराहानरहा गाउँपालिकाउपाध्यक्षनेकपा एमाले
45गोपाल बहादुर थापाकपिलवस्तुविजयनगर गाउँपालिकाअध्यक्षनेकपा एमाले
46गोरख बहादुर चन्दबैतडीपन्चेश्वर गाउँपालिकाअध्यक्षनेकपा एमाले
47घन श्याम गिरीकाठमाडौंचन्द्रागिरी नगरपालिकाप्रमुखनेपाली काँग्रेस
48घनश्‍याम सुवेदीस्याङ्जाफेदीखोला गाउँपालिकाअध्यक्षनेकपा एमाले
49चक्र पाणी अर्यालकपिलवस्तुबाणगंगा नगरपालिकाउपप्रमुखनेकपा एमाले
50चक्र बहादुर कार्कीबैतडीदोगडाकेदार गाउँपालिकाअध्यक्षनेकपा एमाले
51चन्द्र प्रकाश घर्तीजाजरकोटभेरी नगरपालिकाप्रमुखनेकपा एमाले
52चमेली गुरुङरसुवाउत्तरगया गाउँपालिकाउपाध्यक्षनेकपा एमाले
53चिन्तन तामाङ्गधनकुटाधनकुटा नगरपालिकाप्रमुखनेकपा एमाले
54छवि लामादोलखावैतेश्वर गाउँपालिकाअध्यक्षनेपाली काँग्रेस
55छिरिङ क्याप्ने लामामुगुमुगुम कार्मारोंग गाउँपालिकाअध्यक्षनेपाली काँग्रेस
56छिरिङ् तामाङमुगुमुगुम कार्मारोंग गाउँपालिकाउपाध्यक्षनेकपा एमाले
57जगत बहादुर भोलनसिन्धुलीघ्याङलेख गाउँपालिकाअध्यक्षनेपाली काँग्रेस
58जमान सिंह के.सी.बर्दियागेरुवा गाउँपालिकाअध्यक्षनेपाली काँग्रेस
59जमुना कुमारी बोहरा(रोकाया)डोटीजोरायल गाउँपालिकाउपाध्यक्षनेकपा एमाले
60जय नारायण शाहझापाझापा गाउँपालिकाअध्यक्षनेपाली काँग्रेस
61जयान्ति देवि श्रीवास्तवाबाँकेनरैनापुर गाउँपालिकाउपाध्यक्षजसपा नेपालयसअघि  संघीय समाजवादी फोरम, नेपाल
62जवाहर लाल यादवसर्लाहीविष्णु गाउँपालिकाअध्यक्षनेपाल लोकतान्त्रिक फोरम
63जिवछी देवी –सिराहामिर्चैया नगरपालिकाउपप्रमुखनेकपा(माके)
64जोकलाल बुढाबागलुङतमानखोला गाउँपालिकाअध्यक्षनेपाली काँग्रेस
65झग बहादुर विश्‍वकर्माप्यूठानसरुमारानी गाउँपालिकाअध्यक्षनेकपा एमाले
66टासी लामासिन्धुपाल्चोकपाँचपोखरी थाङपाल गाउँपालिकाअध्यक्षनेकपा एमाले
67टासी ल्हमु शेर्पासोलुखुम्बुखुम्वु पासाङल्हमु गाउँपालिकाउपाध्यक्षनेकपा एमाले
68टोक बहादुर तामाङकाभ्रेपलाञ्चोकमण्डनदेउपुर नगरपालिकाप्रमुखएकिकृत समाजवादीयसअघि  नेकपा एमाले
69तारा कुमारी काजी महतोचितवनमाडी नगरपालिकाप्रमुखनेकपा एमालेयसअघि उपप्रमुख
70तारा खरेलतेर्हथुमछथर गाउँपालिकाउपाध्यक्षनेकपा एमाले
71तेज बहादुर तमाङनुवाकोटपञ्चकन्या गाउँपालिकाअध्यक्षनेकपा(माके)
72दत्त बहादुर शाहीडोल्पामुड्केचुला गाउँपालिकाअध्यक्षनेकपा(माके)
73दान वहादुर खत्री के.सीसल्यानकालीमाटी गाउँपालिकाअध्यक्षनेकपा एमाले
74दावुटी शेर्पा(लामा)सिन्धुपाल्चोकभोटेकोशी गाउँपालिकाउपाध्यक्षनेकपा(माके)
75दिपा वोहोरा-दाहालसिन्धुलीसुनकोशी गाउँपालिकाअध्यक्षनेकपा(माके)
76देव कुमार नेपालीबागलुङढोरपाटन नगरपालिकाप्रमुखनेकपा एमाले
77धनपती देवी यादवदाङराजपुर गाउँपालिकाउपाध्यक्षनेपाली काँग्रेस
78धावा सम्डुक गुरुङडोल्पाशे फोक्सुन्डो गाउँपालिकाउपाध्यक्षनेकपा एमालेयसअघि  स्वतन्त्र
79ध्रुब श्रेष्‍ठनुवाकोटलिखु गाउँपालिकाअध्यक्षनेपाली काँग्रेस
80ध्रुव नारायण चौधरीरुपन्देहीमायादेवी गाउँपालिकाअध्यक्षनेपाली काँग्रेस
81नरुलाल चौधरीदाङघोराही उपमहानगरपालिकाप्रमुखनेकपा एमाले
82नरेन्द्र कुमार चौधरीबाँकेडुडुवा गाउँपालिकाअध्यक्षनेपाली काँग्रेस
83नवराज ओझाकास्कीरूपा गाउँपालिकाअध्यक्षनेकपा एमाले
84नवराज के.सी(खत्री)ओखलढुंगाचम्पादेवी गाउँपालिकाअध्यक्षनेपाली काँग्रेस
85नवील विक्रम शाहप्यूठानऐरावती गाउँपालिकाअध्यक्षनेपाली काँग्रेस
86नसीमा वानोमोरङ्गधनपालथान गाउँपालिकाउपाध्यक्षनेपाली काँग्रेस
87नागीना देवी यादवमहोत्तरीसाम्सी गाउँपालिकाउपाध्यक्षनेकपा(माके)
88नाम्गेल जाङबु शेर्पासोलुखुम्बुसोलु दुधकुण्ड नगरपालिकाप्रमुखनेपाली काँग्रेस
89नारा सिं रोकायाडोल्पाजगदुल्ला गाउँपालिकाअध्यक्षनेकपा(माके)
90नारायण बहादुर कार्कीपाल्पारिब्दिकोट गाउँपालिकाअध्यक्षनेकपा(माके)यसअघि  नेकपा एमाले
91निम बहादुर के.सी.सल्यानदार्मा गाउँपालिकाअध्यक्षनेकपा(माके)
92निमा ग्याजेन शेर्पासिन्धुपाल्चोकहेलम्बु गाउँपालिकाअध्यक्षनेपाली काँग्रेस
93निशान्त शर्मा बास्तोलाओखलढुंगाचिशंखुगढी गाउँपालिकाअध्यक्षनेकपा(माके)
94नुन बहादुर थापापाल्पापूर्वखोला गाउँपालिकाअध्यक्षनेकपा एमाले
95नुर्वु स्याङवो घलेरसुवानौकुण्ड गाउँपालिकाअध्यक्षनेपाली काँग्रेस
96पदम बहादुर बोहराअछाममंगलसेन नगरपालिकाप्रमुखनेकपा एमाले
97पवित्रा देवी महताराझापाविर्तामोड नगरपालिकाप्रमुखनेकपा एमालेयसअघि उपप्रमुख
98पवी माया राईइलामदेउमाई नगरपालिकाउपप्रमुखनेकपा एमाले
99पार्वता तिवारीनवलपरासी (बर्दघाट सुस्ता पूर्व)देवचुली नगरपालिकाउपप्रमुखनेकपा एमाले
100पार्वती सुनुवारसिन्धुलीफिक्कल गाउँपालिकाअध्यक्षनेकपा एमालेयसअघि उपाध्यक्ष
101पासाङ नुर्वु शेर्पासंखुवासभाचिचिला गाउँपालिकाअध्यक्षनेपाली काँग्रेस
102पिमा कुमारी वलीदाङदंगीशरण गाउँपालिकाउपाध्यक्षनेपाली काँग्रेस
103पोती लाल चौधरीकन्चनपुरबेलौरी नगरपालिकाप्रमुखनेकपा(माके)
104प्रकाश अधिकारीकाठमाडौंटोखा नगरपालिकाप्रमुखनेकपा एमाले
105प्रेम कुमार राईभोजपुरहतुवागढी गाउँपालिकाअध्यक्षनेकपा एमाले
106बसन्‍ती तामाङ्गकाठमाडौंदक्षिणकाली नगरपालिकाउपप्रमुखनेपाली काँग्रेस
107बालेश्‍वर मंण्‍डलधनुषाधनुषाधाम नगरपालिकाप्रमुखनेपाली काँग्रेस
108बासु देव थापाभक्तपुरसूर्यविनायक नगरपालिकाप्रमुखनेकपा एमाले
109बिनीता ढकालभोजपुरअरुण गाउँपालिकाउपाध्यक्षनेपाली काँग्रेस
110बीर बहादुर लोप्चनललितपुरबाग्मती गाउँपालिकाअध्यक्षनेपाली काँग्रेस
111बेद नारायण गच्छदारसुनसरीदुहवी नगरपालिकाप्रमुखनेपाली काँग्रेसयसअघि मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
112बेद बहादुर थापागुल्मीकालीगण्डकी गाउँपालिकाअध्यक्षनेपाली काँग्रेस
113भरत कुमार थापासर्लाहीबागमती नगरपालिकाप्रमुखनेकपा(माके)
114भरत शर्माबागलुङगल्कोट नगरपालिकाप्रमुखनेपाली काँग्रेस
115भव बहादुर भण्डारीम्याग्दीरघुगंगा गाउँपालिकाअध्यक्षनेपाली काँग्रेस
116भागिरथि शर्मा (भट्टराई)पाल्पापूर्वखोला गाउँपालिकाउपाध्यक्षनेकपा एमाले
117भीम प्रसाद ढुङ्गानाधादिङ्गनिलकण्ठ नगरपालिकाप्रमुखनेपाली काँग्रेस
118भुपाल पोखरेलगुल्मीधुर्कोट गाउँपालिकाअध्यक्षनेकपा(माके)
119मञ्जु कुमारी कार्की ( अधिकारी )धनकुटामहालक्ष्मी नगरपालिकाउपप्रमुखनेकपा एमाले
120मनोज कुमारपर्साछिपहरमाई गाउँपालिकाअध्यक्षनेकपा एमालेयसअघि नेकपा(माके)
121मन्जु देवकोटासिन्धुलीकमलामाई नगरपालिकाउपप्रमुखनेकपा एमाले
122मन्जु बुढाथोकीनुवाकोटसुर्यगढी गाउँपालिकाउपाध्यक्षनेपाली काँग्रेस
123ममता महतोपर्सापटेर्वा सुगौली गाउँपालिकाउपाध्यक्षनेपाली काँग्रेस
124महजबी खातुनमहोत्तरीएकडारा गाउँपालिकाउपाध्यक्षजसपा नेपालयसअघि राष्ट्रिय जनता पार्टी नेपाल
125माधवी जोशीदार्चुलालेकम गाउँपालिकाउपाध्यक्षनेकपा एमाले
126मान वहादुर केप्छाकी मगरउदयपुरउदयपुरगढी गाउँपालिकाअध्यक्षएकिकृत समाजवादीयसअघि नेकपा एमाले
127मिना देवी विष्‍टडोटीके.आई.सिं. गाउँपालिकाउपाध्यक्षनेपाली काँग्रेस
128मीरा थारुकपिलवस्तुबुद्धभूमी नगरपालिकाउपप्रमुखनेपाली काँग्रेस
129मुक्त बहादुर सारुपाल्पानिस्दी गाउँपालिकाअध्यक्षनेकपा एमाले
130मुक्ति देबी रेग्मीसुर्खेतपञ्चपुरी नगरपालिकाउपप्रमुखनेपाली काँग्रेस
131मुक्ति नाथ यादवबर्दियागुलरिया नगरपालिकाप्रमुखनेपाली काँग्रेस
132मुना अधिकारीललितपुरगोदावरी नगरपालिकाउपप्रमुखनेपाली काँग्रेस
133मैना बि.कसुर्खेतगुर्भाकोट नगरपालिकाउपप्रमुखनेपाली काँग्रेस
134मोहन बस्नेतकाठमाडौंदक्षिणकाली नगरपालिकाप्रमुखनेपाली काँग्रेस
135मोहन बहादुर बस्नेतकाठमाडौंनागार्जुन नगरपालिकाप्रमुखनेपाली काँग्रेस
136मोहन माया भण्डारीसुर्खेतबीरेन्द्रनगर नगरपालिकाप्रमुखनेकपा एमालेयसअघि उपप्रमुख
137यादव बहादुर खापुङ्गतेर्हथुममेन्छयायेम गाउँपालिकाअध्यक्षनेकपा एमाले
138रजत प्रताप शाहकपिलवस्तुकृष्णनगर नगरपालिकाप्रमुखनेपाली काँग्रेसयसअघि स्वतन्त्र
139रजनी जोशीभक्तपुरभक्तपुर नगरपालिकाउपप्रमुखनेपाल मजदुर किसान पार्टी
140रण बहादुर तामाङधादिङ्गखनियाबास गाउँपालिकाअध्यक्षनेपाली काँग्रेस
141रन बहादुर राईइलामसूर्योदय नगरपालिकाप्रमुखनेकपा एमाले
142रमण वहादुर थापापाल्पारामपुर नगरपालिकाप्रमुखनेपाली काँग्रेस
143रमेश कुमार पाण्डेलमजुंगमध्यनेपाल नगरपालिकाप्रमुखनेपाली काँग्रेस
144रमेश वाबु थापा मगरगोरखाशहिद लखन गाउँपालिकाअध्यक्षनेकपा(माके)
145रविन्द्र प्रसाद लिङदेनझापाहल्दीवारी गाउँपालिकाअध्यक्षराष्ट्रिय प्रजातन्त्र पार्टी
146राज कुमार मल्लमकवानपुरराक्सिराङ्ग गाउँपालिकाअध्यक्षनेपाली काँग्रेस
147राजमति इङ्गनाममोरङ्गकानेपोखरी गाउँपालिकाउपाध्यक्षनेकपा एमाले
148राजेन्द्र कुमार पोखरेलझापाकन्काई नगरपालिकाप्रमुखनेकपा एमाले
149राजेन्द्र कृष्ण श्रेष्ठतनहुँऋषिङ्ग गाउँपालिकाअध्यक्षनेपाली काँग्रेस
150राम चन्द्र जोशीपर्वतकुश्मा नगरपालिकाप्रमुखनेपाली काँग्रेस
151रामआश्रय साहसर्लाहीधनकौल गाउँपालिकाअध्यक्षनेपाली काँग्रेस
152रामवती देवी मंडलधनुषाधनौजी गाउँपालिकाउपाध्यक्षनेपाली काँग्रेस
153रिता देवकोटागोरखासिरानचोक गाउँपालिकाउपाध्यक्षनेपाली काँग्रेस
154रिमझिम कुमारी भगतसुनसरीहरिनगरा गाउँपालिकाउपाध्यक्षनेपाली काँग्रेस
155रीना कुमारी साहरौतहटमौलापुर नगरपालिकाप्रमुखनेकपा एमालेयसअघि नेकपा(माके)
156रेणु झामहोत्तरीऔरही नगरपालिकाउपप्रमुखलोसपा नेपालराष्ट्रिय जनता पार्टी नेपाल
157लक्ष्मी गौतमअर्घाखांचीपाणिनी गाउँपालिकाउपाध्यक्षनेपाली काँग्रेसयसअघि नेकपा एमाले
158लक्ष्‍मी देवी पाण्‍डेनवलपरासी (बर्दघाट सुस्ता पूर्व)हुप्सेकोट गाउँपालिकाअध्यक्षनेपाली काँग्रेस
159ललिता अधिकारीगोरखागण्डकी गाउँपालिकाउपाध्यक्षनेपाली काँग्रेस
160लाल सुवा गुरुङ्गकास्कीरूपा गाउँपालिकाउपाध्यक्षनेकपा एमाले
161लीला कुमारी मुक्तानसर्लाहीबागमती नगरपालिकाउपप्रमुखनेकपा(माके)
162लोकेन्द्र बहादुर शाहीडोटीके.आई.सिं. गाउँपालिकाअध्यक्षनेपाली काँग्रेस
163लोकेन्द्र वहादुर घलेमनाङ्गचामे गाउँपालिकाअध्यक्षनेकपा एमाले
164वाल कृष्‍ण आचार्यधादिङ्गधुनीबेंशी नगरपालिकाप्रमुखएकिकृत समाजवादीयसअघि नेकपा एमाले
165वाल कृष्ण घिमिरेतनहुँम्याग्दे गाउँपालिकाउपाध्यक्षनेपाली काँग्रेस
166विधा देवी भुजेलधनुषाधनुषाधाम नगरपालिकाउपप्रमुखनेपाली काँग्रेस
167विधा लक्ष्मि गुरुङ्गरुपन्देहीदेवदह नगरपालिकाउपप्रमुखनेकपा एमाले
168विना भट्टबैतडीपन्चेश्वर गाउँपालिकाउपाध्यक्षनेकपा एमाले
169विना रानारुपन्देहीसैनामैना नगरपालिकाउपप्रमुखनेकपा एमाले
170विपना कुलुङसोलुखुम्बुमहाकुलुङ गाउँपालिकाउपाध्यक्षनेपाली काँग्रेस
171विपीन राईसंखुवासभापाँचखपन नगरपालिकाप्रमुखनेपाली काँग्रेस
172विमला राईखोटाङ्गहलेसी तुवाचुङ नगरपालिकाप्रमुखनेपाली काँग्रेसयसअघि उपप्रमुख
173विष्णु कुमार गिरीप्यूठानगौमुखी गाउँपालिकाअध्यक्षनेपाली काँग्रेस
174वेचन दास तत्माधनुषाविदेह नगरपालिकाप्रमुखनेकपा एमालेयसअघि नेकपा(माके)
175वैजु प्रसाद गुप्तानवलपरासी (बर्दघाट सुस्ता पश्चिम)पाल्हीनन्दन गाउँपालिकाअध्यक्षनेकपा(माके)
176शहिदा बानोबाँकेडुडुवा गाउँपालिकाउपाध्यक्षनेपाली काँग्रेस
177शारदा खनालतनहुँभिमाद नगरपालिकाउपप्रमुखनेकपा एमाले
1178शालिक राम बन्जराखोटाङ्गबराहपोखरी गाउँपालिकाअध्यक्षनेपाली काँग्रेस
179शिला देवी मण्डलधनुषाकमला नगरपालिकाउपप्रमुखनेपाली काँग्रेस
180शिव कान्ती चमाररुपन्देहीरोहिणी गाउँपालिकाउपाध्यक्षराष्ट्रिय प्रजातन्त्र पार्टी
181शिव कुमारी चौधरीकपिलवस्तुशिवराज नगरपालिकाउपप्रमुखनेकपा एमाले
182शुशिला अधिकारीकाठमाडौंनागार्जुन नगरपालिकाउपप्रमुखनेकपा एमाले
183शेख वकिलरौतहटपरोहा नगरपालिकाप्रमुखनेपाली काँग्रेस
184शेर वहादुर सुनुवाररामेछापउमाकुण्ड गाउँपालिकाअध्यक्षनेकपा एमाले
185शैलेन्‍द्र कुमार यादवमहोत्तरीलोहरपट्टी नगरपालिकाप्रमुखनेपाली काँग्रेस
186श्रवण कुमार यादवसिराहामिर्चैया नगरपालिकाप्रमुखनेकपा(माके)
187संजीव वलीदोलखाविगु गाउँपालिकाउपाध्यक्षनेकपा(माके)
188सञ्जय कुमार तुम्वाहाङफेतेर्हथुमम्याङलुङ नगरपालिकाप्रमुखनेकपा एमाले
189सत प्रसाद रोकाम्याग्दीमंगला गाउँपालिकाअध्यक्षनेकपा एमाले
190सनसिल्ता वली(डी.सी.)सल्यानकालीमाटी गाउँपालिकाउपाध्यक्षनेकपा एमाले
191सन्त बहादुर तामाङनुवाकोटसुर्यगढी गाउँपालिकाअध्यक्षनेपाली काँग्रेस
192सन्त वीर लिम्बुतेर्हथुमछथर गाउँपालिकाअध्यक्षनेकपा एमाले
193सन्तोष कुमार महतोसिराहाबरियारपट्टी गाउँपालिकाअध्यक्षजसपा नेपालयसअघि संघीय समाजवादी फोरम, नेपाल
194सरिता खड्कागुल्मीमदाने गाउँपालिकाउपाध्यक्षनेकपा एमाले
195सरिता शर्मामहोत्तरीलोहरपट्टी नगरपालिकाउपप्रमुखनेपाली काँग्रेस
196सर्केश घलानमकवानपुरबाग्मती गाउँपालिकाअध्यक्षनेकपा(माके)
197सावित्रा कोइरालास्याङ्जाकालीगण्डकी गाउँपालिकाउपाध्यक्षनेकपा एमाले
198सिता रोकाया थापाबाजुरागौमुल गाउँपालिकाउपाध्यक्षनेकपा एमाले
199सीता राईभोजपुरआमचोक गाउँपालिकाउपाध्यक्षनेकपा(माके)
200सुगन्धी गिरीरौतहटपरोहा नगरपालिकाउपप्रमुखनेपाली काँग्रेस
201सुनिता अधिकारीसिन्धुपाल्चोकपाँचपोखरी थाङपाल गाउँपालिकाउपाध्यक्षनेकपा एमाले
202सुनिल प्रजापतिभक्तपुरभक्तपुर नगरपालिकाप्रमुखनेपाल मजदुर किसान पार्टी
203सुशिला तामाङओखलढुंगाखिजिदेम्वा गाउँपालिकाउपाध्यक्षनेपाली काँग्रेस
204सूर्य प्रसाद पोख्रेलइलामदेउमाई नगरपालिकाप्रमुखनेकपा एमाले
205सेनाङ गुरुङडोल्पाछार्का ताङसोङ गाउँपालिकाअध्यक्षएकिकृत समाजवादीयसअघि स्वतन्त्र
206हरि चन्द्र बस्नेतजाजरकोटकुसे गाउँपालिकाअध्यक्षनेपाली काँग्रेस
207हरि प्रसाद मण्डलमहोत्तरीमटिहानी नगरपालिकाप्रमुखराष्ट्रिय जनता पार्टी नेपाल
208हरी वहादुर रोकायाबाजुरागौमुल गाउँपालिकाअध्यक्षनेकपा एमाले
209हरी सिंह धामीबैतडीसिगास गाउँपालिकाअध्यक्षनेपाली काँग्रेस
210हस्त पुनसुर्खेतगुर्भाकोट नगरपालिकाप्रमुखनेपाली काँग्रेस
211हिदम लामामकवानपुरभीमफेदी गाउँपालिकाअध्यक्षनेकपा एमाले