नेपालमा आइरन लेडि को रुपले परिचित भ्रष्टाचार बिरोधी अभियन्ता उत्कृष्ट सूचना अभियन्ता पुरस्कारले पुरस्कृत अभियन्ता शारदा भुसाल झाले सूचना आयोग लाई कहिल्यै नसुध्रने आयोग को रुपमा चित्रित गर्दै सामाजिक संजाल मार्फत आफ्ना कुरा ब्यक्त गरुभएको छ उहाँ लेख्नुहुन्छ ।
कहिले गल्ती नसुधार्ने निकाय भनेकाे राष्ट्रिय सूचना अायाेग हाे ।
कुनै पनि सूचना मांग कर्ताले मांग गरेकाे सुचना उपर पुनरावेदन गरेकाे खण्डमा अायाेगकाे काम अादेश दिने मात्र हुन्छ । सम्बन्धित निकायले उक्त अायाेगकाे अादेशकाे जवाफ दिंदा के कस्ताे जवाफ मांग कर्तालाइ दियाे याे पढ्ने फुर्सद अायाेगलाइ छैन । सम्बन्धित निकायले सूचना दियाे तपाइँकाे सूचना हामी तपाइँलाइ प्रतिलिपि उपलब्ध गराउँछाैं । त्यसैले लगत कट्टा गरिएकाे जानकारी फाेन मार्फत दिन्छ । सूचना लिन अायाेग गयाे प्रतिलिपि लियाे हामीले मागेकाे सूचनाकाे जवाफ पढ्दा मांग कर्ता कति सन्तुष्ट भए वा त्याे जवाफले मांग कर्तालाइ कस्ताे परिणाम दियाे ? अायाेगलाइ कुनै मतलब छैन ।
जस्ताेः मैले २०७७।०८।०८ मा ७५३ वटै स्थानिय निकायमा सूचना मांग गरें ३७० वटाले अझै सूचना दिएका छैनन । मैले अायाेग समक्ष उजुरी गर्न छाेडेकी छैन तर अायाेगले अादेश गर्न बिर्सिसक्याे । तथापी जुन अायाेगकाे अादेश उपर अाउने जवाफ हुन्छन नि ति विषैला अाहत गर्न शब्द प्रयाेग गरिएकाे छ । तथानाम जवाफ लेखेर पठाइएकाे छ । सूचना दिनु त परै जाअाेस् मलाइ यति तकलिफ भयाे अाँसु झर्याे । असम्बन्धित सूचना दिइयाे । सम्बन्धित निकाय ले जथाभावी अाराेप लगायाे । पैसा असुल्ने उद्देश्य भन्याे । कति कष्ट भए हाेला मलाइ ? तर अायाेगले एक पटक सम्बन्धित निकायले पठाएकाे जवाफ अायाेगले पढेन । उसलाइ धेरै सूचना मांग गरिदिने पुनरावेदन बढि भन्दा बढि दर्ता गरिदिने उनीहरूले गरेकाे कार्य बढि देखियाेस त्यस संग मात्र चाँसाे छ । अन्य चाँसाे भए देखि अाज सम्म एक पटक पनि कुनै स्थानिय निकाय हाेस वा अन्य कुनै पनि निकायकाे वेभसाइट समेत अवलाेकन गरेकाे छैन अायाेगले । वेभसाइटमा समेत सूचना अधिकारी छैनन भए पनि कुनैमा सम्पर्क नम्बर छैन, कुनैमा इमेल अाइडि छैन, कुनैमा सूचना अधिकारी नै छैन, कुनैमा सूचना अधिकारी छ उनकाे इमेल अाइडी व्यक्तिगत छ अफिसियल छैन अनि सूचना माग्याे त्याे कर्मचारीले भन्छ म त सरूवा भइसकें धेरै समय भइसक्याे । इमेल बाट सूचना मांग गर्ने संग शुल्क मागिन्छ, इमेल बाट सूचना मांग गर्नेलाइ अाफै उपस्थित भएर सूचना लैजा भनिन्छ तर अायाेगलाइ याे सबै हेर्ने पढ्ने कुनै फुर्सदै छैन । सबै निकायका कुनै कुनै त्रुटीहरू छन तर अायाेग याे सुधार गर्न कहिले लागेन । इमेलकाे त याे हरिगति छ भने, उपस्थित नै भएर सूचना मांग गर्दा अझ कति झेल्नु पर्छ हाेला यसकाे अनुमान अायाेगले कहिले लगाउन नै सक्दैन । तालिम दिने, भत्ता कमाउने जिल्ला जिल्ला घुम्ने, फाेटाे खिचाउने र फेसबुकमा पाेष्ट गर्ने बाहेक अायाेगले अन्य कुनै काम गर्दैन । यसरी नै उहाले अर्को पोस्ट मा आयोग को चर्तिकला लेख्नुभएको छ ।
अायाेगहरूका चर्तिकला ।
जवसम्म राजनितिक नियुक्ति हुन्छ । जवसम्म राजनितिक टिकालाइ याेग्य मानिन्छ तव सम्म यस्तै हुन्छ ।
-राष्ट्रिय सूचना अायाेगमा पुनरावेदन गर्नु मेराे रूची हाेइन बाध्यता हाे तर अायाेगले त्याे बाध्यताकाे फाइदा उठाउँछ ।
-अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगमा प्रमाण सहित उजुरी दिंदा कारवाही भइरहेकाे छ भनेर जवाफ दिन लागेकाे पनि वर्षाैं वर्ष भइसक्याे । उसले कुनै कारवाही गरेकाे भए पाे जवाफ देअाेस त ।
-निर्वाचन अायाेगमा सूचना मागेकाे त्याे सूचनाले ८ वर्ष झुलायाे अन्तमा सूचना दिने शर्तमा हस्ताक्षर सूचना अायाेग समक्ष गर्याे तर अहिले सम्म सूचना दिएकाे छैन । सूचना र प्राप्त गर्ने इच्छा अझै जिवित छ ।
-मानव अधिकार अायाेग जहाँ एउटा हत्या केसकाे उजुरी गरेकाे १२, १३ वर्ष भयाे । अपराधी खुलेयाम घुमिरहेका छन तर अायाेग निरिह बनिरह्याे ।
-महिला अायाेग जहाँ उजुरी लिएर कयाैं पटक धाएँ त्यस पछि हार मानेर जानै छाेडिदिएँ ।