१०० ग्राम सुन पनि नछिर्ने भन्सारबाट सुन कै लौरो छिर्यो

-


     सुचनाको हक     
     असार ४ गते २०७९ मा प्रकाशित


नेपाल भ्रमणमा रहेका दुबईका राजकुमार जुमा अल मोक्तुमले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई दिएको सुनको लौरो उपहार अहिले विवादमा तानिएको छ । नेपालको विद्यमान भन्सार ऐन अनुसार ठूलो मात्रामा सुन नेपाल ल्याउन नपाउने ऐनलाई समेत लत्याउदै दुबईका राजकुमार जुमले सो सुनको लौरो कुन ऐन अनुसार नेपाल भित्राए भन्नेबारेमा अहिले चर्चा चलेको छ ।

श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत झापाको चन्द्रगढी विमानस्थल अवतरण गरेका राजकुमारले जुमले प्रसाईलाई विमानस्थलमै सुनको लौरो हस्तान्तरण गरेसंगै नेपालको विद्यमान ऐन र नियमावली विपरित सो कार्य भएको भन्दै सम्बन्धित निकायका कर्मचारीमाथी कारबाही गरिनु पर्ने आवाज समेत उठेको छ। पर्यटक भिसामा आएको मानिसले कसरी सुनको लौरी नेपाल ल्याउन पाउँने कानुन छैन ।

तर, दुबाईका राजकुमार जुमले सो लौरो ल्याउन त्रिभुबन अन्तराष्ट्रिय विभान स्थल भन्सार कार्यालयले कसरी अनुमती दियो भन्ने बारे अहिले चौतर्फी बहस सुरु भएको छ । सो बहसमा भनिएको छ,‘सर्वसाधारणले औठी र सिक्री लगाएर आएपनि जफत गर्ने भन्सार कार्यालयले सो परिमाणको सुनको लौरो कुन ऐन अनुसार ल्याउन दिईयो, के भिआईपीलाई छुट्टै ऐन कानुन रहेको छ र ? हैन भने एकै स्थानमा दुई वटा नियम किन ?’ भन्दै प्रश्न गरेका छन् ।

राजकुमार मोक्तुमलाई विमानस्थल प्रसाईंले स्वागत गरेका थिए । बिर्तामोडमा रहेको बिएण्डसी तथा पूर्वाञ्चल क्यानसर अस्पतालको अवलोकनका लागि पुगेका राजकुमार झापामा २ दिन बस्ने कार्यक्रम रहेको बताइएको छ । उनले काठमाडौं र पोखराका विभिन्न स्थानको भ्रमण गर्ने समेत जनाइएको छ । राजकुमार मोक्तुम एमाले केन्द्रीय सदस्य समेत रहेका प्रसाईंको निमन्त्रणमा नेपाल भ्रमणमा आएको बताइएको छ ।