अबैध उत्खनन् मा प्रयोग गरिएका स्काभेटर र टिप्पर प्रहरी नियन्त्रणमा

-


     सुचनाको हक     
     असार ६ गते २०७९ मा प्रकाशित


असार १ देखि भाद्र मसान्तसम्म नदिजन्य बस्तु उत्खनन तथा ओसारपसार गर्न नेपाल सरकारले बन्देज लगाए छ। तर पोखरा महानगरले भने उक्त मापदण्ड बिपरित पोखरा ३२ खुदिखोलामा अबैध रुपमा मेसिन संचालन गरि गैह्रकानुनि रुपमा निकासि गर्ने अनुमति दिएको छ। आज डाडाको नाक प्रहरि कार्यलयले खोलामा उत्खनन गर्दै गर्दा २ वटा टिप्पर सहित एउटा स्काभेटर समाति कारबाहि अगाडि बढाएको छ। पोखरा महानगर आफैले निकालेको सूचनामा पनि असार १ गते बाट भाद्र मसान्तसम्म उत्खनन कार्य रोक्न भनेको छ। यस बिसयमा स्थानीयको चर्को बिरोध भएपछि प्रहरिले कार्वाही अगाडी बढाएको हो। महानगरले ज्येष्ठ २८ देखि असार ८ सम्म खोलामै मेसिन चलाउने गैह्रकानुनि अनुमति दिएको भन्ने हल्लाले अहिले पोखरा तातेको छ । अबैध उत्खनन् भएको वडामा नेपाली काङ्ग्रेस ले जितेको छ । सोही काङ्ग्रेसको मत ले अहिले पोखरामा धनराजले जितेको भन्ने हल्ला चलाउदै काङ्ग्रेस हरुका बिरुद्द बोल्न नसक्ने बनाइएको छ धनराज लाई भन्दै स्थानियले जानकारी गराए । अबैध उत्खनन् को सूचना मेयर लाई दिए पनि काङ्ग्रेस कै वडा अध्यक्षको वडा भएको कारण मेयरले केही गर्न नसकेको र लाचार भएको स्थानिय बताउछन ।