मुक्तक

-


     अम्बिका भन्डारि    
     असार ८ गते २०७९ मा प्रकाशित


मुक्तक (1)

घाम भन्दानी चर्को भयो महंगी अचेल बजारमा ।
किलो को त कुरै छोडैउँ पाउँ आउदैन हजारमा।।
दुईछाक टार्न केले होला जनतालाई पीडा भाछ।
कमिसन कै तस्बिर घुम्छ सरकारको नजरमा ।।

मुक्तक (2)

छोड् कुरा जित हारको अब देश बनाउनु छ
खाका कोर बिकाशको अब बजेट खनाउनु छ।।
घर बाडियो भोट बाडियो आबश्यकता जे जे थियो।
मन बाडिएको छैन् है एकताको सन्देश जनाउँनु छ।।

मुक्तक (3)
चुलो सगै आगो सगँ जल्ने पनि नारी तिमी
धर्ति बनी पीडा सगँ बल्ने पनि नारी तिमी।
कसले बुझ्छ तिम्रो ब्याथा अस्तित्व र #ममताको
प्रकुति भैइ सुवास छर्दै फल्ने पनि नारी तिमी

अम्बिका भण्डारी अन्नपूर्ण 2 ढिकुरपोखरी हाल पोखरा 5