गोयनका ग्रुपको ठगि: खाद्यबस्तुमा अखाद्य बस्तुको मिसावट 

-


     सुचनाको हक     
     असार १० गते २०७९ मा प्रकाशित


गोयनका ग्रुपद्वारा उत्पादन गरी बिक्री हुदै आएको खाद्यबस्तुमा अखाद्य बस्तु मिसाई उपभोक्ता ठगी गरेको खुलेको छ । सो ग्रुपले उत्पादन गरेको सनहाई ब्राण्डको उत्पादनमा अखाद्यवस्तु भएको आशंकामा सरकारी निकायबाट अनुगमन गरी कम्पनीमा छापा मारेसंगै सो पुष्टी भएको छ ।

ओमसतिया गाउँपालिका वडा नम्बर २ स्थित पडसरीमा रहेको उद्योगमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीले अनुगमन गरेको हो । अखाद्य वस्तु रहेको भन्ने उजुरी परे पछि चेकजाँच तथा नमुना संकलनको लागि उद्योगको निरिक्षण गरेको कार्यालयले जनाएको छ ।

सनहाई ब्राण्डको आटा, मैदा र सुजीमा अखाद्यवस्तु रहेको भन्ने उजुरी र जनगुनासो आए पश्चात खाद्य निरिक्षक पदमराज भूसालको नेतृत्वमा उद्योगमा पुगेर नमुना संकलन गरिएको जनाएको छ । गोयनका गु्रपका सञ्चालक अरुण गोयनका सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाका उपाध्यक्ष समेत रहेका छन् ।

पछिल्लो समय खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीले बजार तथा खाद्य उद्योगको अनुगमनलाई तीब्रता पारेको छ । उद्योगले खाद्यवस्तुमा मिसावट गरेर बिक्री वितरण गर्ने गरेको गुनासो आएपछि गुणस्तर र मापदण्ड अनुसारको भए नभएको चेक जाँच गर्दै आएको निरिक्षक भूसालले बताएका छन् ।