गाउँपालिका कै ‘सबैभन्दा कान्छो’अध्यक्षको निर्णय : एम्बुलेन्स निशुल्क गर्ने

-


     सुचनाको हक     
     असार १० गते २०७९ मा प्रकाशित


सम्भवतः देशको सबैभन्दा कान्छो गाउँपालिका अध्यक्ष हुन् पर्साको कालिकामाई गाउँपालिका अध्यक्ष बशिष्‍ट कुमार । दोब्बर उमेरका कांग्रेस उम्मेदवार अजय कुमारलाई हराउँदै जनता समाजवादीबाट निर्वाचित बशिष्टले गरेको निर्णय देशभर चर्चामा रहेको छ ।

उनले कार्यपालिकाको पहिलो बैठकबाट एम्बुलेन्स सेवा निःशुल्क गर्ने निर्णय गरेका छन् । कालिकामाई गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय जारी गरेको सूचना अनुसार सम्पूर्ण गर्भावती महिलाहरूका लागि यो सेवा प्राप्त हुनेछ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीद्वारा जारी सूचनामा भनिएको छ, ‘गाउँपालिकाका सम्पूर्ण गर्भावती महिलाहरूका स्वास्थ्य जाँच गर्न यस गाउँपालिकाको स्वास्थ्य चौकीबाट अन्य ठाउँमा स्वास्थ्य जाँच गर्नको लागि पठाउँदा यस गाउँपालिकाद्वारा संचालित “एम्बुलेन्सबाट निशुल्क सेवा’ उपलब्ध गराईने व्यहोरा जानकारी गराईन्छ ।’

उक्त सूचनासँगै एम्बुलेन्स चालक र उनीहरुको मोवाइल नम्बर पनि सार्वजनिक गरिएको छ । यो निर्णयले एक पछि अर्को कमाल गरिरहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई ठूलो शिक्षाको विषय बन्न सक्छ । उनले पनि बृद्ध, बृद्धा, गर्भवती महिलाका लागि यस्तै सेवा संचालन गर्न सक्छन् ।