“कास्की आदर्शको चाहना सभ्य र सम्बृद समाजको स्थापना” भन्ने मूल नाराका साथ सन् २००२ मा स्थापित आदर्श समाज कतारको मिति २०२२ जुन २४ शुक्रबारको दिन सम्पन्न आठौ अधिबेसन बाट अग्निधर देवकोटा सर्बसम्मत सर्बसम्मत अध्यक्ष चयन हुनुभएको छ । उहाँ संगै अध्यक्ष पदको उमेदवारी दिनुभयका प्रकाश बिक ज्युले आफ्नो उमेदवारी फिर्ता लियर अग्निधर लाई सर्बसम्मत रुपमा अध्यक्ष जस्तो गरिमामय पदमा निर्बाचित गरि नेतृत्व प्रदान गर्नुभएकोमा नबनिर्बाचित अध्यक्ष देबकोटाले कास्की आदर्श समाजकतारका निवर्तमान संरक्षक ज्यु निवर्तमान प्रमुख सल्लाहकार ज्यु निबर्तमान सल्लाहकार सदस्यज्युहरु निवर्तमान अध्यक्ष ज्यु लगायत कार्यसमितिका साथीहरु सस्थाका आजिबन/साधारण सदस्य ज्युहरु लगायत सम्पूर्ण कस्केली दाजुभाई तथा दिदीबहिनी हरुमा हार्दिक नमनका साथ आभार प्रकट गर्नु भएको छ। आफ्नो उमेदवारी फिर्ता लियर अझ आफुलाई उचाईमा राख्नु भयकोमा सस्थाका नि. सल्लाहकार सदस्य आदरणीय प्रकाश बि.क प्रति पनि हार्दिक नमनका साथ आभार प्रकट गर्नु भयो । त्यसै गरि निर्बाचन समितिका संयोजक श्री आश बहादुर गुरुङ सदस्य श्री कृष्ण बहादुर कार्की र सदस्य श्री डिल्ली राम सापकोटा ज्यु बिधान संसोधन समितिका संयोजक श्री मन प्रसाद रानामगर सदस्य रेसम बस्नेत र सदस्य नबिन पौडेल ज्यु हरुलाई पनि हार्दिक धन्यवाद दिनु भएको छ। उहाहरुले पनि आफ्नो जिम्मेबारी सफलता पुर्बक पुरा गर्नु भयको मा हार्दिक बधाई तथा शुभकामना साथ धन्यबाद ब्यक्त गर्नु भयो।
आश बहादुर गुरुङ मार्फत सन २०११ मा कास्की आदर्शमा साधारण सदस्यबाट प्रवेश गर्नु भएका अग्निधर आजिबन सदस्य,कार्यसमिति सदस्य, सह-कोषाध्यक्ष,कोषाध्यक्ष ,बरिष्ट उपाध्यक्ष हुदै आज संस्थाको नेतृत्व गर्ने ठाउँ सम्म आईपुग्दा उहाको जिम्मेवारी पक्कै बढेको छ। प्राप्त जिम्मेवारी लाई प्रभावकारी ढंगबाट अघि बढाउन हर प्रयास गर्ने प्रतिबद्धता पनि ब्यक्त गर्नु भएको छ। बिगतका कार्यकालहरु बाट सिकेका, बुझेका अनुभवहरु र अग्रजहरुको सल्लाह सुझाब र मार्गनिर्देशन लाई सदैब आत्मासाथ गर्दै समाजको हक र हितको लागि आफुले सके जति प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
यस नबनिर्बाचित कार्यसमितिलाई शुभकामना र बधाई दिनुहुने सम्पूर्ण संघ सस्था तथा अग्रज व्यक्तित्व ज्युहरु लगायत सम्पूर्ण व्यक्तित्व हरुलाई हार्दिक हार्दिक धन्यवाद सहित आभार ब्यक्त गर्दै, नबनिर्बाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्य ज्यु हरुलाई पनि उहाले आफ्नो तर्फ बाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको छ र नि-वर्तमान हुनुभयको अध्यक्ष श्री बिक्की बिक ज्यु लगायत कार्यसमितिका सदस्यहरुलाई पनि कार्यकाल सफलता पुर्बक सम्पन्न गर्नु भयकोमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्नु भयो।
कार्यक्रम सफल बनाउन उपस्थित हुनुहुने प्रमुख अतिथि गैर आबसिय नेपाली संघ राष्ट्रिय समन्वय समिति कतारका अध्यक्ष मोहमद मुक्तादा मुसलमान ज्यु, कतारमा स्थापीत सम्पुर्ण बैचारिक, सामाजिक संघ – संस्थाका प्रमुख तथा प्रतिनिधि , बुद्धिजीवी, पत्रकार,समाजसेबी ,सन्चारकर्मी, कलाकार , खेलाडी लगाएत सस्थाका आजिबन /साधारण सदस्य ज्युहरु सम्पुर्ण कस्केली तथा गैर कस्केली दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थितिले कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको भन्दै उपस्थित सम्पूर्ण लाई धन्यवाद ब्यक्त गर्नु भयो ।
नबनिर्बाचित कार्यसमिति (२०२२-२०२४) पदाधिकारी र सदस्यहरुको नामावली तपसिल रहेको छ ।
अध्यक्ष-श्री अग्निधर देवकोटा
बरिष्ट उपाध्यक्ष-श्री सुरज रानाभाट
उपाध्यक्ष-श्री अमृत बिश्वकर्मा
उपाध्यक्ष-श्री गोबिन्द बराल
सचिब -श्री सन्तोष तिमिल्सिना
सह-सचिब-श्री बिष्णु प्रसाद तिमिल्सिना
कोषाध्यक्ष-श्री केशु गुरुङ
सह -कोषाध्यक्ष-श्री बसन्त श्रेष्ठ
सदस्य -श्री पुष्पराज तिमिल्सिना
सदस्य -श्री रामदास भुर्तेल
सदस्य -श्री राजकुमार बिक
सदस्य -श्री रामकृष्ण भण्डारी
सदस्य -श्री तुलसी रानाभाट
सदस्य -श्री जित बहादुर गुरुङ
सदस्य -श्री कृष्ण भण्डारी
स्मरण रहोस देबकोटा जागौ नेपाल राष्ट्रिय अभियान का प्रबक्ता समेत हुनुहुन्छ ।