रद्द भएको उत्तरपुस्तिका हेर्न पाउनुपर्ने माग गर्दै

-


     सुचनाको हक     
     असार २० गते २०७९ मा प्रकाशित


आफ्नो उत्तरपुस्तिका रद्द भएको सूचीमा परेपछि परीक्षार्थी खैसरा काफ्लेले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगमा उत्तरपुस्तिका हेर्न पाउँ भनि निवेदन दिएकी छन् ।

२०७८ साल कात्तिक २८ गतेदेखि ३० गतेसम्म आयोगले लिएको शाखा अधिकृत र लेखा अधिकृतको परीक्षा आफुले पनि दिएको तर आफ्नो सिम्बोल नम्बर ‘उत्तरपुस्तिका रद्ध भएको सूची’ आएको देख्दा आफु आश्यचर्यचकित भएको भन्दै उनले आफ्नो उत्तरपुस्तिका आत्मासन्तुष्टिकै लागि भएपनि हेर्न पाऊँ भन्ने निवेदन दिएकी हुन् ।

उनले आफुले परीक्षाको मर्यादा विपरित कुनै गतिविधि नगरेको तर असार १४ गते प्रकाशित नतिजामा आफ्ना सिम्बोल नम्बरहरु उत्तरपुस्तिका रद्द भएको सूचीमा परेको थाहा भएको भन्दै त्यसको कारण पनि माग गरेकी छन् ।

त्रिवि सेवा आयोगले उत्तरपुस्तिका प्रयोग तथा परीक्षा नियमनसम्बन्धी कार्यविधि २०७७ मा भएको व्यवस्था तथा प्रवेश पत्र एवम् उत्तरपुस्तिकाको पहिलो पानामा लेखिएको निर्देशनविपरित कार्य गरेको पाइएकोले उत्तरपुस्तिकाहरु रद्द भएको सूचना सार्बजनिक गरेको छ ।

गत असार १४ र १५ गते प्रकाशित नतीजामा विभिन्न तहका परीक्षामा सहभागि भएका मध्ये २ सय ३८ भन्दा बढी परीक्षार्थीको उत्तरपुस्तिका रद्द भएको आयोगले जनाएको छ ।
आयोगले विभिन्न विषयमा परीक्षा लिएकोमा अधिकांश विषयमा एकैजनापनि परीक्षार्थी उत्तिर्ण हुन सकेका थिएनन् ।