फरार रहेका प्रतिवादी पक्राउ

-


     सुचनाको हक     
     श्रावण १ गते २०७९ मा प्रकाशित


Modern metal handcuffs. Vector illustration in flat style

बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी झापाबाट पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका-६ ठेगाना भएका ४७ वर्षीय टेकनाथ ढुंगानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत विराटनगर इलाम इजलासको २०७८ चैत १६ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १ महिना कैद र २८ लाख २२ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत चन्द्रगढी झापामा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।