प्रहरीका ४०२ जना लेखा प्रमुखहरूकाे सरूवा 

-


     सुचनाको हक     
     श्रावण ४ गते २०७९ मा प्रकाशित


नेपाल प्रहरीकाे २ वर्षदेखि राेकिएकाे लेखापालहरूकाे सरूवा भएकाे छ । धिरज प्रताप सिंह आईजीपी नियुक्त भएपछि सरूवा र बढुवा नियमित रूपमा हुन थालेकाे छ । दामकामकाे काराेवार हुने र  हाकिमहरूकाे अति निकट भएर काम गर्न पाउने भएकाले नेपाल प्रहरीमा लेखा प्रमुखहरूकाे सरूवालाई निकै महत्वका साथ हेरिन्छ ।


 नेपाल प्रहरीका इन्स्पेक्टर, वरिष्ठ सई र सई गरेर ४०२ जनाकाे यस पटक २०७९ साउन १ गतेदिखे नै लागु हुने गरी साउन  ३ गते साँझ  काज सरूवा निस्किएकाे छ ।  प्रहरीमा लेखापाल भएर अतिरिक्त आम्दानी गरेर कराेडपति समेत बनेकाे इतिहास रचेका विगतलाई  सम्झिनेहरूले आफूले भनेकाे स्थान खास गरी ठूला जिल्लाहरूमा सरूवा हुन राजनीतिक साेर्सफाेर्स र घुस ख्वाउने, भनसुन गर्ने समेत काम गर्दछन् ।  साेर्सफाेर्सलाई थाम्न नसकेर हाेला हेरक वर्ष हुनु पर्ने लेखापालहरूकाे सरूवा  आईजीपी शैलेश थापा क्षेत्रीकाे अन्तिम कार्यकाल गत आर्थिक वर्षमा भएन ।


यस पटक भने १२ जना प्रहरी निरीक्षक, १२३ जना प्रहरी वरिष्ठ नायब निरीक्षक र  २७९ प्रहरी नायब निरीक्षकहरूकाे समेत गरेर ४०२ जना लेखापालहरूकाे सरूवा भएकाे छ । सरूवालाई सरसर्ती हेर्दा साेर्सफाेर्स हुनेले जिल्लाबाट जिल्ला नै र  प्रदेशबाटै साेही प्रदेशमा भएकाे पाएकाे देखिन्छ ।  


१२ जना इन्स्पेक्टर(लेखा प्रमुख)हरूमा कल्पना सापकाेटा सीआईबीबाट काठमाडाैं उपत्यका प्रहरी कार्यालय रानीपाेखरी, टिकाराम राई इलाका प्रहरी कार्यालय कटारी उदयपुरकाे अपराध नियन्त्रण शाखाबाट १ न. प्रदेश प्रहरी कार्यालय विराटनगर, थम्मन जिसी राेल्पा जिल्ला अपराध नियन्त्रण शाखाबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, दिनेश प्रसाद खरेल  नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाबाट बागमती प्रदेश प्रहरी कार्यालय  हेटाैंडा, दिपेन्द्र भट्ट अपराध अनुसन्धान विभाग नक्सालबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज पाउने भाग्यमानीमा परेका छन् ।


त्यसैगरी सरूवा हुने लेखा प्रमुखका अन्य प्र.नि.हरूमा ध्रुववहादुर विष्ट  जिल्ला प्रहरी कार्यालय अछामबाट मधेश प्रदेश प्रहरी, बिजय वहादुर घले नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा, रविन ढकाल विशेष व्युराे, रविन्द्र थापा इलाका प्रहरी कार्यालय पकली सुनसरीबाट गण्डकी प्रदेश प्रहरी कार्यालय पाेखरा, राेजश पन्थी प्रहरी अस्पताल महाराजगञ्ज, प्रशासनबाट केन्द्रीय अनुसन्धान व्युराे, वीरदत्त पन्त कर्णाली प्रदेश प्रहरी कार्यालय, सुरेन्द्र केसी कर्णाली प्रदेश प्रहरी कार्यालयबाट नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा काज सरूवा हुने भाग्यमानी प्रहरी निरीक्षकमा परेका छन् । वार्षिक कराेडाैं कराेडकाे खरिद हुने प्रहरी अस्पताल प्रहरीका लेखा प्रमुखहरूका लागि सबै भन्दा आकर्षक कार्यालयमा पर्दछ ।

सुची

lekha