अम्बानीलाइ जिते अदानीले

-


     सुचनाको हक     
     श्रावण ५ गते २०७९ मा प्रकाशित


अमेरिकी चर्चित म्यागेजिन फोर्ब्सले विश्वका धनीहरुको सूची सार्वजनिक गरेको छ । पछिल्लो सूचीमा टेस्लाका मालिक एलन मस्क सबैभन्दा अगाडि छन् । २३४ अर्ब डलरको सम्पत्तिसहित उनी पहिलो नम्बरमा पुगेका हुन् ।

दोस्रो नम्बरमा एलभीएमएच कम्पनीका मालिक बेनेर्ड अर्नल्ट देखिएका छन् । उनको कूल सम्पत्ति १५४ अर्ब डलर छ । अमेजनका जेफ बेजोस १४३ अर्ब डलरका साथ तेस्रो नम्बरमा आइपुगेका छन् ।

तर भारतका पूर्वाधार व्यवसायी गौतम अदानी ११५ अर्ब डलरसहित चौथो स्थानमा रहेको सूचीले बताउँछ । भारतीय डलर अर्बपति मुकेश अम्बानी टप टेनमा समेटिएका छन् । उनी सूचीको १० औं नम्बरमा परेका छन् ।

पाँचौं नम्बरमा रहेका बिल गेट्सको कूल सम्पत्ति १०४ अर्ब डलर छ भने ९९ अर्ब डलरसहित ल्यारी इलिशन छैठौं र ९८ अर्ब डलरको सम्पत्तिसहित वारेन बफेट सातौं नम्बरमा आएका हुन् ।

ल्यारी पेज आठौं,सर्गे ब्रिन नवौं र मुकेश अम्बानी दशौं स्थानमा छन् । उनीहरुको सम्पत्ति क्रमशः ९८, ९४ र ८८ अर्ब डलर छ ।