धनगढीको सेती प्रादेशिक अस्पताल नजिकबाट स्रोत नखुलेको १७ लाख ६६ हजार ६७० भारु रुपैयाँसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १ शान्तिनगर बस्ने १७ वर्षीय विवेक चन्द र १८ वर्षीय सरोज धामी रहेको सशस्त्र प्रहरी बल नेपाल ३४ नं गणका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक देवराज जोशीले जानकारी दिएका हुन् ।
सशस्त्र प्रहरी बलको इन्टिलीजेन्स ब्युरोको सूचनाको आधारमा उनीहरू लाई पक्राउ गर्न सफल भएको उनले बताए । उनका अनुसार स्रोत नखुलेको सो रुपैयाँ सहित आज बिहान साढे ५ बजे साइकलमा धनगढीको चौराहतिर जाँदै गरेको अवस्थामा अस्पताल नजिक बाट पक्राउ गरिएको हो । उक्त रकम बारे दुवै जनाले हामी लाई यथार्थ कुरा भनिरहेको अवस्था छैन उनले भने रकम सहित दुवै जनालाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाउने तयारी भइरहेको छ ।