मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका, वडा नं. १० स्थित तीनमुखेदेखि लुवाबान्नासम्म सिंचाई कुलो निर्माणको लागि कृषि विकास कार्यालय, मुगुबाट आ.व. २०७६/०७७ मा बजेट विनियोजन भएकोमा उपभोक्ता समिति र कृषि विकास कार्यालय, मुगुका कर्मचारीहरुसमेतको मिलेमतोमा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तीनमुखेदेखि लुवाबान्नासम्म सिंचाई कुलो निर्माणमा गैरकानुनी लाभ वा हानी पुर्याई देहायका ब्यक्तिहरुले देहायबमोजिम कसुर गरेकोले निजहरुलाई देहायबमोजिम सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर भएको छ।
k5Rn6K