आज नेपालीहरु विदेशको हरेक ठाउँमा पुगेका छन् l हरेक संग हरेक अनुभब छन् पछिल्लो चरण नेपालमा रहने हरु भनेका काम नभएका छनोट नागरिक मात्र रहेका छन् भन्ने आम सर्वसाधारणको बुझाई रहेको छ l राज्यकै निकायमा रहेका अदक्ष कर्मचारीका कमजोरीहरु छ्याप्छ्याप्ती समाजमा देखिएका छन् l अहिले हालसालै बेनी नगरपालिका यस्तै विषयमा विवादित बनेको छ २०७९-०४-१२ गते अन्तर्वार्ता सम्बन्धि पालिकाले निकालेको सुचनामा निशा सुबेदी , बिष्णु बानिया, कमला कंडेल शर्मा निहुरे , धनमाया श्रेष्ठ , प्रीस्का श्रीस मगर र रिता पौडेलको नाम अन्तर्वार्ताको लागि निस्केको थियो तर नियुक्ति दिनी बेलामा भने अन्तर्वार्तामा कार्यालय सहयोगीमा १३ नम्बरमा नाम निस्केकी साधना के.सी लाइ नियुक्ति दिइएको छ l यो बिषय बाहिर आए पछी पाकिकाले निज साधना केसीको नाम केन्द्र प्रमुखमा पनि रहेको तर भुल बस अन्तर्वार्ता सम्बन्धि सुचनामा छुटेको भनि प्रमुख प्रशासकीय अधिकृत धोलाकराज ढकालले स्पस्ट पार्नु भएको छl