मानव बेचबिखन मुद्दामा फरार आरोपी १२ वर्षपछि समातिएका छन् । धनुषाको जनकपुर उपमहानगरपालिका–४ स्थित भैरव चोकबाट उक्त मुद्दामा फरार रहँदै आएका विनोद सहनीलाई प्रहरीले हिजो नियन्त्रणमा लिएको हो ।
महोत्तरीका सहनीले एउटी युवतीलाई भारत लगेर बेचेका थिए । उनीविरुद्ध परेको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला प्रहरी कार्यालय धनुषाबाट अनुसन्धान भइरहेको अवस्थामा २०६७ साउन १२ गतेदेखि फरार भएका हुन् ।
आइतबार पक्राउ परेका सहनीलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।