डिशहोमको सम्पूर्ण सेवाहरु अनलाइन

-


     सुचनाको हक     
     श्रावण १७ गते २०७९ मा प्रकाशित


डिशहोमको सम्पूर्ण सेवाहरु अव अनलाइनबाटै गर्न सकिने भएको छ ।

डिशहोमले प्रदान गर्ने हरेक सेवाहरु फाइबरनेट, डीटीएच र फाइबरनेट+डीटीएच कोम्बो अव नेपालमा उपलव्ध अनलाइन सेवा मार्फत गर्न सकिने भएको हो ।

अब आईएमई पे, ई–सेवा, खल्ती र प्रभु पे मार्फत माथिउल्लेखित सेवाहरु सजिलै अनलाइनबाटै रिचार्ज गर्न सकिने भएको छ ।

रिचार्ज गर्ने क्रममा अफूले कुन सेवा लिएको हो त्यसलाई राम्रोसँग बुझेर मात्र रिचार्ज गर्नुपर्ने हुन्छ । जस्तै : डिशहोम डीटीएच मात्र प्रयोग गरेको छ भने, टीभी सेगमेन्टमा गएर डिशहोममा क्लिक गरेर रिचार्ज गर्न सकिन्छ ।

त्यस्तै डिशहोम फाइबरनेट मात्र चलाएको हो भने ईन्टरनेट सेगमेन्टमा गएर डिशहोम फाइबरनेटमा क्लिक गरेर रिचार्ज गर्न सकिनेछ ।

फाइबरनेट+डीटीएच कोम्बो प्याकेज लिएको हो भने यसको लागि पनि टीभी सेगमेन्टमा गएर डिशहोम कोम्बो प्याकेजमा क्लिक गरेर आफ्नो कोम्बो प्याकेज रिचार्ज गर्न सकिनेछ ।

यदी अनलाइन रिचार्जको क्रममा केही समस्या आएमा ग्राहक सेवा केन्द्रको ९८०१५४४००० मा सम्पर्क गरेर पनि सेवा तुरुन्त सुचारु गर्न सकिनेछ ।