विगत केही दिनदेखि परेको अविरल बर्षाका कारण सप्तकोशी नदीको सतह बढेसँगै आएको बाढीले उदयपुर जिल्ला, बेलका नगरपालिका वडा नं. ८ मा अवस्थित लाहुरे खोच डुम्रीबोटे भन्ने स्थानबाट ५०० मिटर दक्षिण क्षेत्रमा पर्ने कोशी नदीको पश्चिम तटको बहाव बढ्न गएपछि साे क्षेत्रमा बसाेवास गर्ने स्थानीय जनताकाे बिचल्ली हुन पुगेकाे छ ।
बेलका नगरपालिकाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरी, लाहुरे खोच, ए.वि.सि. टापु, भाटेपुल, सिसौली टापु, रामनगर र चिलिया टापु इलाका डुवानमा परी जनजीवन प्रभावित भएको हुँदा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरि उद्धार गरिएकाे छ ।
समाचार अनुसार, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको सहयोगमा बाढी प्रभावित ईलाकाहरुका स्थानीयवासीहरुलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।