सुनको बेरुवा औठी र iPhone हरु भन्सार छली लैजान लागेको अवस्थामा फेला

-


     सुचनाको हक     
     श्रावण २० गते २०७९ मा प्रकाशित


२०७९ साउन २० गते हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाण्डौ आएका यात्रुहरुको गतिविधि शंकास्पद देखिएकोले निजहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेट (Welcome Gate) बाट प्रहरीले नियन्त्रणमा लिएकाे छ । प्रहरीले चेकजाँच गर्दा निजहरुकाे साथबाट सुनको बेरुवा औठी र iPhone हरु अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारेको  प्रहरीले बताएकाे छ ।

सल्यान जिल्ला कालिमाटी गा.पा.वडा नं. ३ का भुपेन्द्र घर्ती मगरको साथबाट आइफाेन सेभेन प्लस तीन थान र २५ ग्रामकाे  सुनको बेरुवा औंठी एक थान,  सिन्धुपाल्चोक ठुलोपाखर गा.पा.वडा नं. ८ का भिम बहादुर तामाङको साथबाट iPhone 8 Plus  २ थान र आइफाेन  सेभेन प्लस एक थान फेला पारेकाे थियाे । 

सुनको बेरुवा औठी (अन्दाजी तौल २५ ग्राम) एक थान र  आवश्‍यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले बताएकाे छ । 

iPhone 8 Plus  र आइफाेन  सेभेन प्लसलाई  बजारमा चाहिं डेट एक्स्पाएर फाेन सेटकाे रूपमा लिइन्छ । विदेशबाट आएका व्यक्तिहरूले आफन्तका लागि काेसेलीका रूपमा १/२ थान माेवाइल सेट ल्याएका पनि हुन सक्छन् ।


भंसारले विदेशबाट आउने व्यक्तिहरूले भन्सार डिक्लिएर गर्नुपर्ने विषयमा जानकारी नदिंदा, कति वर्ष विदेशमा बस्दा के कति सामानहरू भन्सार तिर्नेगरी र नतिर्नेगरी सुविधामा ल्याउन पाउछन् अनि  भन्ने बारेमा स्पष्ट सूचना नदिंदा र जानकारी नगराउँदा पनि विदेशमा पसिना बगाएर स्वदेश फर्किदा प्रहरी र भन्सारले दुख दिने गरेकाे गुनासाे सुन्ने गरिन्छ  ।