जिल्ला ओखलढुंगा, खानेपानी तथा सरसफाई डिभिजन नं. २, मा कार्यरत सव-इन्जिनियर रामबाबु यादवको योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज रामबाबु यादवले श्री सुनसरी टेक्निकल कलेज, धरानबाट उत्तीर्ण गरेको भनी Diploma in Civil Engineering को प्रमाणपत्रहरु, लब्धांकपत्र, चारित्रिक प्रमाणपत्र र ट्रान्सक्रिप्ट्स, नक्कली बनाई सरकारी लाभ वा सुविधा प्राप्त गर्ने उद्देश्यले तत्कालीन खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, डिभिजन नं. २, ओखलढुंगामा पेश गरी २०७६ भाद्रदेखि २०७७ असार मसान्तसम्म बहाल रही लाभ र सुविधा लिएको देखिएकोले तत्कालीन निज रामबाबु यादवको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई ऐ.ऐ ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद सजाय र जरिवाना हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर भएको छ।
HWDrUC