जिल्ला मुगु, सोरु गाउँपालिका वडा नं. ४ स्थित दैरीखोला रावलवाडा तटबन्धन कार्यक्रम उपभोक्ता समितिका अध्यक्षसमेतले तटवन्ध निर्माणको लागि आएको तारको जाली बिक्री गरी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा मुगु, जिल्लाको सोरु गाउँपालिका वडा नं. ४ स्थित दैरीखोला रावलवाडा तटबन्धन आयोजनामा कार्यको मूल्याङ्कनभन्दा बढी रु. १८,१०,०८४।९६ भुक्तानी लिने/दिने गरी आफूलाई गैरकानूनी लाभ पुर्याई नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पुर्याउने देहायका व्यक्तिहरुलाई देहाय बमोजिम सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ ।
2F6KLd