सूचनाको हक प्रवर्द्धनका लागि अभिमुखिकरण कार्यक्रम

-


     सुचनाको हक     
     भाद्र २६ गते २०७९ मा प्रकाशित


सूचनाको हकको कानूनको व्यवहरिक प्रयोगका लागि अभियन्ता उत्पादन गर्ने सूचनाको हकका लागि राष्ट्रिय महासँघले सनिबार एक अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रमपछि सूचनाको हक प्रयोग गरेर सूचना मागकर्ताको सँख्यामा बढोत्तरी हुने विश्वास गरिएको अभिमूखिकरण कार्यक्रममा करिव २० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले सूचनाको हकको कानूनको महत्व र यसको प्रयोगले आमनागरिकलाई पुग्न सक्ने फाइदा र राष्ट्रिय सूचना आयोगले खेलेको भुमिका बारे चर्चा गरेका थिए ।

अभिमूखिकरण कार्यक्रमको सूचनाको हकका लागि राष्ट्रिय महासँघका राष्ट्रिय अध्यक्ष उमीद बागचन्दले सहजीकरण गर्दै यसरी गरिने कार्यक्रमहरुले सूचनाको हकको प्रवर्द्धन र व्यवहारिक रुपमा प्रयोगमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन ।

आफ्नै कार्यालय अनामनगरमा आयोजना गरिएको सूचनाको हक सम्बन्धि अभिमूखिकरण कार्यक्रमका सहभागिहरुले पहिलो पटक सूचनाको हक बारे जान्ने मौका पाएको र सूचना माग्न सहज हुने पनि विश्वास गरेका छन ।

सूचनाको हकका लागि राष्ट्रिय महासँघले आगामी दिनमा हरेक महिनामा २ पटक यस किसिमको सूचनाको हक सम्बन्धि अभिमूखिकरण कार्यक्रम आयोजना गरिने समेत जनाएको छ ।