यदि तपाईं एक सामान्य नेपाली नागरिक हुनुहुन्छ भने तपाईंका लागि सूचनाको हकसम्बन्धी कानुन एउटा सबैभन्दा प्रभावकारी सहयोगी औजार हो । यो हकले तपाईंलाई सार्वभौमसत्ता सम्पन्न नागरिकको भूमिका प्रदान गरेको छ । यसको प्रयोगद्वारा आफ्नो अधिकार र आफूले प्राप्त गर्नुपर्ने सेवा सुविधा प्राप्त गर्न तथा आफ्ना समस्याहरू समाधान गर्न मद्दत पु¥याउँछ । यो हकमार्फत तपाईं आफ्नो सरोकारका विषयका सूचना प्राप्त गर्न सक्नुहुन्छ भने सार्वजनिक सरोकारका सूचना थाहा पाएर एक सक्रिय नागरिक बन्न सक्नुहुनेछ । तपाईंलाई तपाईंले तिरेको तिरो, कर तथा तपाईंको मिहेनतको हिसाब राज्यले कहाँ कसरी राखेको छ, कहाँ कसरी खर्च गरेको छ र त्यसबाट के कसरी काम भइरहेको छ भनी राज्यका काम, निर्णय आदिबाट तपाईंको जीवनमा के असर पर्न सक्छ भन्ने लगायतका सबै विषय जान्ने अधिकार छ । त्यसैले, सार्वजनिक निकायमा सूचना माग गरौं,
सूचना माग गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण प्रकृयाहरु ः
सूचना माग निवेदनमा सूचना अधिकारीलाई सम्बोधन गरिनुपर्दछ ।
निवेदनमा मिति उल्लेख गर्नु पर्दछ ।
सूचना माग गरिएको निकायको सुनिश्चितता हुनु पर्दछ ।
उद्देश्य वा प्रयोजन उल्लेख हुनुपर्दछ ।
मागेको सूचना निश्चित हुनुपर्दछ, (के सूचना हो ? के माग्न खोजिएको हो ? स्पष्ट हुनुपर्दछ ।)
नागरिकको हैसियतमा सूचना माग गर्नुपर्दछ ।
सूचनाको हकसम्बन्धी ऐनको आधार (दफा ३) उल्लेख गर्नुपर्दछ ।
सूचना उपलब्ध गराउँदा लाग्ने शुल्क उपलब्ध गराउने कुरा उल्लेख गर्नुपर्दछ ।
निवेदकको नाम, ठेगाना, हस्ताक्षर र सम्पर्क नम्बर उल्लेख गर्नुपर्दछ ।
सूचना कुन स्वरूपमा चाहिएको हो सो उल्लेख गर्नुपर्दछ ।
माग गर्न खोजेको सूचना पहिलेनै सार्वजनिक भैसकेको वा प्रकाशन भएको वा वेबसाइटमा प्रकाशन भएको छ÷छैन हेरेर मात्र माग गर्नु पर्दछ ।
दस्तावेज वा विवरणहरू प्रमाणित स्वरूपमा चाहिएको भए प्रमाणित (छाप र हस्ताक्षर) गरेर दिनुहुन भनी भन्नुपर्दछ ।
सूचना माग्ने÷खोज्ने व्यक्ति निरक्षर हुनुहुन्छ वा अशक्तता भएका व्यक्ति हुनुहुन्छ भने सूचना अधिकारी समक्ष मौखिक अनुरोध गरी निवेदन बनाइदिन भन्न सकिन्छ । र, सूचना अधिकारीले पनि त्यस्तो व्यक्तिको निवेदन आफैँले तयार पारी दर्ता गराइदिनुपर्दछ ।
सूचना मागसम्बन्धी निवेदन इमेल वा अन्य डिजिटल माध्यमबाट पनि गर्न सकिन्छ ।
सूचना माग प्रकृयामा तपाईलाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने निकायहरु ः
नागरिकलाई कुनै पनि सार्वजनिक सरो
कारको वा आफ्नो सरोकारको कुनै पनि सूचना आफ्नो आवश्यकताअनुसार सार्वजनिक निकायसँग माग्न पाउने र प्राप्त गर्ने अधिकार छ । सूचनाको हकसम्बन्धी ऐन २०६४ ले सोको व्यवस्था गरेकोछ । तर, यसका लागि सूचना मागकर्ताले केही प्रक्रिया पूरा गर्नुपर्छ ।
१ निवेदन
सूचना माग गर्दा नागरिकले सूचना माग गर्नुको कारण खुलाई सूचना अधिकारीसमक्ष तोकिएको ढाँचामा निवेदन दिनुपर्ने हुन्छ । तर, निरक्षर र शारीरिक अशक्तता भएका व्यक्तिले मौखिक रूपमा पनि त्यस्तो निवेदन दर्ता गराउन सक्नेछन् । उनीहरूको मौखिक निवेदनलाई सूचना अधिकारीले आफंैले लेखेर तयार पारेर दर्ता गर्ने व्यवस्था मिलाउनुपर्छ । साथै सूचना माग निवेदन ईमेल मार्फत पनि पठाउन सकिन्छ ।
२ सूचना प्रदान
माग भएअनुसारको सूचना उपलब्ध छ भने निवेदन दिएको लगत्तै सूचना उपलब्ध गराउनु सूचना अधिकारीको दायित्व हो । कुनै विशेष सूचना जो तत्काल उपलब्ध छैन र सूचना तयार गर्न र खोज्न समय लाग्न सक्ने सम्भावनालाई ध्यानमा राखी बढीमा १५ दिनभित्र उपलब्ध गराउनै पर्ने व्यवस्था सूचनाको हक सम्बन्धि ऐन २०६४ ले गरेको छ । नागरिकले माग गरेको सूचना निजको जिउज्यानको सुरक्षासँग सम्बन्धित भए सूचना अधिकारीले २४ घण्टाभित्र उपलब्ध गराउनुपर्नेछ । नागरिकले कुनै लिखत, सामग्री वा काम कारबाहीको अध्ययन वा अवलोकन गर्नको लागि निवेदन दिएको भए सूचना अधिकारीले निवेदनलाई त्यस्तो लिखत, सामग्री वा काम कारबाहीको अध्ययन वा अवलोकनको निमित्त मुनासिव समय उपलब्ध गराउनुपर्नेछ ।
३ उजुरी
सूचना अधिकारीबाट निर्धारित समयमा सूचना मागको सम्बोधन नभए वा सम्बोधन गरिएको चित्त नबुझे ७ दिनभित्र सोही कार्यालयका प्रमुख समक्ष सूचना अधिकारी विरुद्ध उजुरी गर्न सकिन्छ । कार्यालय प्रमुखले यसरी प्राप्त उजुरीमाथि ७ दिनभित्र सूचना मागकर्तालाई उचित जवाफ र सूचना दिनुपर्छ ।
कार्यालय प्रमुखबाट निर्धारित समयमा उजुरीको सम्बोधन नभए वा सम्बोधन भए पनि त्यसप्रति चित्त नबुझे सूचना मागकर्तालाई राष्ट्रिय सूचना आयोग समक्ष जाने अधिकार छ । राष्ट्रिय सूचना आयोगमा जाने ३ प्रक्रिया छन्, पहिलो उजुरी, दोस्रो पुनरावेदन र तेस्रो निवेदन ।
४ सूचनाको शुल्क
सूचना निःशुल्क प्राप्त हुने कुरा हो । वास्तवमा यसको कुनै मूल्य हुँदैन । यो अमूल्य हुन्छ । सिद्धान्तः कुनै पनि सूचना लिँदा कसैले सूचना वापतको शुल्क तिर्नुपर्दैन । सूचना मागकर्ताले तिर्नुपर्ने शुल्कका बारेमा सूचनाको हकसम्बन्धी ऐन र नियमावलीले स्पष्ट व्यवस्था गरेको छ ।
सूचना प्राप्तिका लागि अहिलेको ऐनको दफा ८ को १,२,३ र ४ तथा नियमावलीको नियम ४ अनुसार
क) एफोर साइजका कागजको प्रतिलिपिको पहिलो १० पृष्ठ निःशुल्क र त्यसपछि प्रति पृष्ठ रु. ५÷–
ख) एफोर साइज भन्दा ठूलो आकारको कागजमा पहिलो १० पृष्ठ निःशुल्क र त्यसपछि प्रति पृष्ठ रु. १० ÷–
ग) सिडी, पेनड्राइभ, डिस्केट वा अन्य विद्युतीय माध्यमबाट लिँदा रु. ५०÷–
घ) पहिलो आधाघण्टाको अवलोकन निःशुल्क र त्यसपछि प्रतिव्यक्ति घण्टाको रु. ५०÷–
५ सूचना नदिए के हुन्छ ?
सूचनाको हकसम्बन्धी ऐनअनुसार कुनै पनि सूचना अधिकारीले सूचना नदिएमा कार्यालय प्रमुख समक्ष उजुरी गर्न सकिन्छ ।
कार्यालय प्रमुखले पनि नदिए राष्ट्रिय सूचना आयोगमा उजुरी वा पुनरावेदन गर्न सकिन्छ ।
ऐनले सूचना दिने वा नदिने सम्बन्धमा आयोगको फैसला नै अन्तिम हुने उल्लेख गरिएको छ । तर, आयोगले गरेको कारबाही र दण्ड सजाय चित्त नबुझे यसविरुद्ध अदालत जाने अधिकार सुरक्षित गरेको छ ।
गलत नियतले सूचना नदिने कार्यालय प्रमुख र सूचना अधिकारीलाई आयोगले दण्ड जरिवाना गर्न सक्छ । यस्ता अधिकारीलाई २५ हजार रुपैयाँसम्म जरिवाना पनि हुनसक्छ र विभागीय कारबाही पनि हुन सक्छ ।
सूचना माग गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण बुँदाहरु ः
सूचना माग निवेदनमा सूचना अधिकारीलाई सम्बोधन गरिनुपर्दछ ।
निवेदनमा मिति उल्लेख गर्नु पर्दछ ।
सूचना माग गरिएको निकायको सुनिश्चितता हुनु पर्दछ ।
उद्देश्य वा प्रयोजन उल्लेख हुनुपर्दछ ।
मागेको सूचना निश्चित हुनुपर्दछ, (के सूचना हो ? के माग्न खोजिएको हो ? स्पष्ट हुनुपर्दछ ।)
नागरिकको हैसियतमा सूचना माग गर्नुपर्दछ ।
सूचनाको हकसम्बन्धी ऐनको आधार (दफा ३) उल्लेख गर्नुपर्दछ ।
सूचना उपलब्ध गराउँदा लाग्ने शुल्क उपलब्ध गराउने कुरा उल्लेख गर्नुपर्दछ ।
निवेदकको नाम, ठेगाना, हस्ताक्षर र सम्पर्क नम्बर उल्लेख गर्नुपर्दछ ।
सूचना कुन स्वरूपमा चाहिएको हो सो उल्लेख गर्नुपर्दछ ।
माग गर्न खोजेको सूचना पहिलेनै सार्वजनिक भैसकेको वा प्रकाशन भएको वा वेबसाइटमा प्रकाशन भएको छ÷छैन हेरेर मात्र माग गर्नु पर्दछ ।
दस्तावेज वा विवरणहरू प्रमाणित स्वरूपमा चाहिएको भए प्रमाणित (छाप र हस्ताक्षर) गरेर दिनुहुन भनी भन्नुपर्दछ ।
सूचना माग्ने÷खोज्ने व्यक्ति निरक्षर हुनुहुन्छ वा अशक्तता भएका व्यक्ति हुनुहुन्छ भने सूचना अधिकारी समक्ष मौखिक अनुरोध गरी निवेदन बनाइदिन भन्न सकिन्छ । र, सूचना अधिकारीले पनि त्यस्तो व्यक्तिको निवेदन आफैँले तयार पारी दर्ता गराइदिनुपर्दछ ।
सूचना मागसम्बन्धी निवेदन इमेल वा अन्य डिजिटल माध्यमबाट पनि गर्न सकिन्छ ।
सूचना माग गर्ने निवेदनको ढाँचा ः
मितिः
श्री सूचना अधिकारीज्यू,
(सूचना माग गरिएको कार्यालयको नाम)
…………………………………………
विषयः सूचना पाउँ भन्ने बारे ।
महोदय,
उपरोक्त सम्बन्धमा मेरो जानकारी तथा अध्ययन प्रयोजनका लागि यस कार्यालयमा रहेको तपसिलका सूचनाहरू नेपालको संविधानको धरा २७ र सूचनाको हकसम्बन्धी ऐन २०६४ दफा ३, बमोजिम पाउँ भनी यो निवेदन गर्दछु । साथै सूचना प्राप्त गर्न लाग्ने दस्तुर बुझाउन तयार छु ।
तपसिल ः
१……………………………………………………………………………………………….।
२……………………………………………………………………………………………….।
३………………………………………………………………………………………………..।
निवेदक
–––––––––––––
नामः–
ठेगानाः–
फो नं ः
ईमेल ः